07/11/2020
नेपालका बालबालिका तथा युवाहरूको आवाजलाई सशक्त बनाउन राकुटेन भाइबर र युनिसेफ नेपालको सहकार्य
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालका-बालबालिका-तथा-युवाहरूको-आवाजलाई-सशक्त-बनाउन-राकुटेन-भाइबर-र-युनिसेफ-नेपालको
काठमाडौँ, ,, आषाढ २६, ,, २०७७, :,   नि:शुल्क एवं सुरक्षित रूपमा सन्देश आदानप्रदान गर्न सकिने विश्वमै लोकप्रिय  एप्लिकेसन राकुटेन भाइबर र नेपालमा बाल अधिकारको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को सहकार्यमा भाइबरमा  U-Report Nepal, नामक नयाँ च्याटबटको सुरुवात गरिएको छ।    U-Report Nepal  समुदायसँग जोडिनको लागि एउटा उपयुक्त माध्यम हो, जसको प्रयोग  मार्फत युवाहरूले आफ्नो समुदायमा सकारात्मक परिवर्तनको वकालत गर्न सक्छन् ।   साथै,   ‘ कोभिडको कुरा / Covidko Kura ’ नामक निशुल्क भाइबर स्टिकर प्याकको पनि शुरुवात गरिएको छ ।   भाइबरमा च्याटबटको रूपमा रहेको U-Report Nepal मार्फत…
07/08/2020
नेपाल वहुसूचक सर्वेक्षण २०७५/७६ को मुख्य सूचकहरूको नतिजा सार्वजनिक
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपाल-वहुसूचक-सर्वेक्षण-२०७५७६-को-मुख्य-सूचकहरूको-नतिजा-सार्वजनिक
आज २०७७ साल आषाढ २४ गते बुधबार, केन्द्रीय तथ्याङ्क विभागद्वारा सञ्चालित नेपाल वहुसूचक सर्वेक्षण, २०७५/७६ (Nepal Multiple Indicator Cluster Survey-NMICS 2019) को मुख्य सूचकहरूको नतिजा सार्वजनिक गरिएको छ ।  नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरु…, मुख्य नतिजाहरु, :,  , बाल मृत्यु, बि.सं. २०७१ सालमा प्रति १००० जीवित जन्मेका शिशुहरुमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियो भन्ने हालको सर्वेक्षण (२०७६) अनुसार सो घटेर २५ जनामा झरेको छ।सोही अवधिमा ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति १००० जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको छ।त्यसै गरी प्रति १००० जीवित…, विद्युत तथा टेलिफोनमा पहुँच, ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९८.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (४४.६ प्रतिशत) रहेको छ। नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोवाइल फोन) सुविधाको पहुँच रहेको छ भने प्रदेशगत आधार अनुसार सबैभन्दा धेरै बागमती प्रदेश (९८.० प्रतिशत) र  सबैभन्दा…, आमसञ्चार र सूचना सञ्चार प्रविधिमा पहुँच, १५-४९ वर्ष उमेर समूहका महिलाहरुले हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चार पत्रपत्रिका पढ्ने, रेडिया सुन्ने र टेलिभिजन हेर्ने गरेको ११.० प्रतिशतले पाइयो भने सोही उमेर समूहका १२.९ प्रतिशत पुरुषले गर्ने गरेको देखिन्छ। प्रत्येक दुई जनामध्ये एक जना (५१.१ प्रतिशत) घरपरिवारसँग इन्टरनेटको पहुँचमा कुनै उपकरणको माध्यमद्वारा प्रयोग गरेको पाइयो। १५-४९…, सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन, नेपालमा ६.१ प्रतिशत तथा ४५.२ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरु तथा पुरुषहरुले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो। ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक पूरा चुरोट सेवन गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाहरुले कम्तीमा एक पटक एक महिनाको कुनै दिनमा…, प्रजजन् तथा मातृत्व स्वास्थ्य, कूल प्रजजन दर प्रति महिला (१५-४९) वर्ष उमेर समूहले २.० जीवित बच्चा जन्माएका पाइयो। १५-१९ वर्ष उमेर समूहको किशोरीको प्रजजन् दर प्रति १००० किशोरीहरुले ६३ जीवित बच्चा जन्माएका पाइयो भने ६ जना महिलामध्ये १ जना (१३.८ प्रतिशत), २०-२४ वर्ष उमेर समूहका महिलाहरुले १८ वर्षअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका हालै विवाहित…, बाल स्वास्थ्य, ,, पोषण तथा विकास, सर्वेक्षणको पाँच वर्ष अवधिमा ५ वर्षमुनिका बालबालिकाहरुको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरु (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरु (पुड्को) बि.सं.२०७१ मा क्रमशः ३०.१ प्रतिशत र ३७.५ प्रतिशतबाट घटेर बि.सं.२०७६ मा क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशत भएको पाइएको छ। त्यसै गरी उचाई अनुसार…, शिक्षा, प्राथमिक विद्यालय (१-५ कक्षा) मा ५.६ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६-८ कक्षा) मा ४.३ प्रतिशत र माध्यमिक विद्यालय (९-१२) मा १५.१ प्रतिशत विद्यालय बाहिर रहेको बालबालिका देखिन्छ। प्राथमिक विद्यालय (१-५ कक्षा) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरु ३९.८ प्रतिशत रहेको पाइयो। प्राथमिक विद्यालय (१-५ कक्षा) मा ८१.८ प्रतिशत, निम्न माध्यमिक…, हिंसा तथा शोषणको सुरक्षा, ५ वर्षमुनिका बालबालिकाका आमा/स्याहारसुसार गर्ने व्यक्तिहरुमध्ये ८०.० प्रतिशतले नेपालमा जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइयो। त्यसैगरी, ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता ७७.२ प्रतिशत रहेको पाइयो। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी (८९.१ प्रतिशत) ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता सुदूरपश्चिम प्रदेशमा रहेको थियो भने सबैभन्दा कम (७०.८…, खानेपानी तथा सरसफा, इ, नेपालको कूल जनसंख्याको ९७.१ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानी स्रोत प्रयोग गरेको देखिन्छ। पानीको गुणस्तर परिक्षण गर्दा ८५.१ प्रतिशत घरपरिवार सदस्यहरुले पिउने पानीमा E-coli को जीवाणु ->=1cfu/100ml_ पाइयो। नेपालको कूल जनसंख्याको ९३.८ प्रतिशतले सुधारिएको चर्पीहरुको प्रयोग गरेको र ७९.२ प्रतिशतले सुधारिएको चर्पीहरु परिवारका सदस्यहरु वाहेक…, स्वास्थ्य, बी, मा, १५-१९ वर्ष उमेर समूहका महिला (५.८ प्रतिशत) तथा पुरुष (५.२ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो। त्यसै गरी ५-१७ वर्ष उमेर समूहका बालबालिका (४.४ प्रतिशत) तथा ५ वर्षमुनि बालबालिका (३.७ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो।  , जीवन सन्तुष्टि, १५-४९ वर्ष उमेर समूहका महिलाहरु (६२.४ प्रतिशत) तथा सोही उमेर समूहका पुरुषहरु (६४.७ प्रतिश)ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरेका पाइयो। त्यसै गरी १५-२४ वर्ष उमेर समूहका युवतीहरु (६८.० प्रतिशत) तथा सोही उमेर समूहका युवाहरु (६९.६ प्रतिश) ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरिएको पाइयो। १५-४९ वर्ष उमेर समूहका महिला (४५.४ प्रतिशत) तथा…, बहुसूचक सर्वेक्षण महिला , बालबालिका तथा घरपरिवार सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने विभिन्न स्रोतहरुमध्ये एक बृहत् तथ्याङ्कीय स्रोत हो । यो सर्वेक्षण संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) बाट विकसित गरिएको अन्तर्राष्ट्रियस्तरको घरपरिवार सर्वेक्षण (Multiple Indicator Cluster Survey - MICS) विधि अपनाइ सञ्चालन गरिएको हो ।,   This image shows MICS enumerator Mahesh Bikram Bohara conducting a survey with girl child Mamita Pari in Bajura District in Nepal’s far-west UNICEF Nepal/2019/MNepal MICS enumerator Mahesh Bikram Bohara (left) conducting a survey with local student Mamita Pari (right) in Bajura District in Nepal’s far-west.