05/30/2019
बालबालिकालाई पूरक खाना कसरी खुवाउने?
https://www.unicef.org/nepal/ne/कथा/बालबालिकालाई-पूरक-खाना-कसरी-खुवाउने
बालबालिका ६ महिना पूरा भएपछि चाहिने सबै पोषक तत्वहरू आमाको दूधबाट मात्र नपुग्ने भएकाले आमाको दूधको साथै थप खाना खुवाउनु पर्छ । थप खाना खुवाउँदा बालबालिकाको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा ध्यान दिनु पर्छ । ६ देखि ९ महिनासम्मका बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक थप खाना खुवाउनु पर्दछ । खाना शुरु गर्दा २ देखि ३ चम्चाबाट…, “, हरेक बार खाना चार”, हरेक दिनको थप खानामा पनि (१) अन्न वा कन्दमूल, (२) गेडागुडी / तेलहन, (३) पशुपंक्षिजन्य श्रोतका खानेकुरा (दूध तथा दूग्ध पदार्थ, माछा/मासु, अण्डा) र (४) हरियो सागपात र फलफूल समूह मिलाएर खुवाउनु पर्दछ । लिटो, जाउलो, गहुँ, कोदो, मकै, फापर, दाल, पालुङ्गो, मिचेको केरा, तरबुजा/खरबुजा, मेवा, स्याउ र मिचेको काउली, गाजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न…