05/29/2019
बालबालिकासँग कुराकानी
https://www.unicef.org/nepal/ne/कथा/बालबालिकासँग-कुराकानी
सञ्चार गर्ने क्षमताको जग निर्माण गर्भावस्थादेखिनै हुन्छ । गर्भमा शिशुले बाहिरको आवाज सुन्न सक्छ । गर्भावस्थामा नै आमा बुबा तथा परिवारको आवाज सुनेर शिशु पेटभित्र चल्न थाल्छ । शिशुले जन्मने वित्तिकै सञ्चार गर्न थाल्छ । शुरुमा आँखा जुधाउनु र रुनु नै मुख्य सञ्चार हुन्छ । विस्तारै विभिन्न आवाज निकाल्दै, मुस्कुराउँदै, हाउभाउ वा शारीरिक सञ्चालन गर्दै,…, सकारात्मक सञ्चार, सकारात्क वा सही सञ्चारले बालबालिकाको आधारभूत सुनाइ बोलाइ सीप सुनिश्चित हुन्छ । बालबालिकाले सकारात्मक हुन सिक्छन् तथा साँचो, स्पष्ट र सही बोल्न सिक्छन् । कुरा गर्नु अघि बालबालिकालाई ध्यानाकर्षण गर्ने । बालबालिकाको तहमा एक अर्काले देखिने गरी हेर्ने । बालबालिका बोल्नुको अर्थ या महङ्खव दिने । आवश्यकता अनुसार मागदर्शन गर्ने । नम्रता, अनुरोध, आग्रह…, कमजोर सञ्चार, बढी निर्देशन, कडा र ठूलो आवाजमा, हेपेर कुरा गर्नु । बेकार या वाहियात ठानेर कुरा गर्नु । चेपारो पारेर कुरा गर्नु । नकारात्मक: नगर, नहेर, नभन मात्र प्रयोग गर्ने । खिल्ली उडाउने, विज्याई गर्ने । गालीगलौज गर्दै प्रतिक्रिया गर्ने । शिशुले जन्मने वित्तिकै सञ्चार गर्न थाल्छ UNICEF Nepal/2018
05/29/2019
बाबुको जिम्मेवारी: आमा गर्भवती भएको बेला
https://www.unicef.org/nepal/ne/कथा/बाबुको-जिम्मेवारी-आमा-गर्भवती-भएको-बेला
बालबालिका हुर्काउनु आमाबाबुको साझा जिम्मेवारी हो । बालबालिकाको लालनपालनमा बाबु सहभागी भएमा बालबालिकाको वृद्धि विकास, सामाजिक र भावनात्मक सन्तुलन गर्ने क्षमता विकास हुन्छ । गर्भावस्थादेखि नै बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी बुबाले निर्वाह गर्दा परिवारमा शान्ति हुनुका साथै सबै खुशी हुन्छन् ।, आमा गर्भवती भएको बेला, बुबाले…., ….. दैनिक काममा सघाएर शिशुको उचित विकासमा टेवा पुर्‍याउनु पर्दछ । ….. ठूला एवम् गह्रुँङ्गा चिजहरू उचाल्न लगाउनु हुँदैन । ….. खेतबारीका काम गर्न मद्दत गर्नु पर्दछ । ….. घरका कामहरू गर्न मद्दत गर्नु पर्दछ । …… शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नु पर्दछ । …… गर्भावस्थामा शरीरमा आउने परिवर्तन र भविष्यका बारेमा धैर्यताका साथ…, प्रसवको दौरान र पश्चात्…., …. प्रसव व्यथाको समय कष्टपूर्ण हुने भएकोले श्रीमानले सहानुभूति गरी आवश्यक शारीरिक एवम् भावनात्मक सामिप्य र सहयोग पुर्‍याउनु पर्दछ । ….. नवजात शिशुलाई आमाबाबुसँग स्नेहपूर्वक टाँसेर राख्नाले शिशुलाई आराम र सुरक्षा मिल्दछ । यसरी उनीहरूको स्वास्थ्य र विकासमा फाइदा पुग्दछ ।
05/29/2019
बाबुको जिम्मेवारीः शिशुको हेरचाह
https://www.unicef.org/nepal/ne/कथा/बाबुको-जिम्मेवारीः-शिशुको-हेरचाह
शिशुको हेरचाहमा आमाको साथसाथै बाबुको पनि उत्तिकै जिम्मेवारी हुन्छ । हरेक बाबुले आफ्नो छोराछोरीका लागि दैनिक खेल्ने, सिक्ने, कथा भन्ने, गीत गाउने समय दिनुपर्छ ।  घरमा उनीहरूको लागि खेल्ने र सिक्ने अवसर र वातावरणको व्यवस्था गरिदिनु पर्दछ । आमाबाबु दुवैले काम कर्त्तव्य बुझेर सहमतिपूर्वक शिशुको स्याहार गर्नु र माया ममता दिनु पर्दछ । बाबुबाट स्याहार र…, शिशु हुर्किने क्रममा बाबुले…., …. शिशुसँग खेल्नु पर्दछ । …. शिशुलाई खुवाउने, सुताउने वा नुहाइदिने काममा सघाउनु पर्दछ । दिउँसोको समयमा बाबु घरमा बस्ने भएमा बढी समय दिएर बाबु र शिशुबीच सम्बन्ध कायम गर्नु पर्दछ । …. शिशुलाई सुताउने बेलामा कुरा गर्ने, सुमसुमाउने र कथा सुनाउने गर्नु पर्दछ । … शिशुप्रति स्नेहपूर्वक प्रतिक्रिया जनाउने, उनीहरू रोए, अवज्ञा गरे वा रिसाएमा धैर्य गरी…, साथै…., …. घर झगडा, गाली वा दुर्व्यवहारले गर्भमा रहेको शिशु खेर जान सक्छ वा जन्मिने बच्चालाई अपाङ्ग बनाउन सक्छ । ….. धुम्रपान, मद्यपानले आमा र शिशु दुवैको फोक्सो र रगतमा असर पर्दछ । हरेक बाबुले आफ्नो छोराछोरीका लागि दैनिक खेल्ने, सिक्ने, कथा भन्ने, गीत गाउने समय दिनुपर्छ
05/29/2019
नवजात शिशुलाई उत्प्रेरणा
https://www.unicef.org/nepal/ne/कथा/नवजात-शिशुलाई-उत्प्रेरणा
बालबालिकाको मस्तिष्क विकासमा वंशाणु तथा वातावरणको प्रमुख भूमिका हुन्छ । जन्मनु अगावै मस्तिष्कको जटिल प्रणालीको स्थापना भइसकेको हुन्छ । उक्त जटिल प्रणालीको क्षमताको विकास जन्मपश्चात प्राप्त पोषण, वातावरण तथा उत्प्रेरणामा निर्भर गर्दछ । प्रारम्भिक बाल्यावस्थामा जति धेरै अनुभव गरीयो उति नै धेरै मस्तिष्कको संरचना तथा क्षमताको अभिवृद्धि हुन्छ । साथै…, उत्प्रेरणालाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ:, १) संवेदी उत्प्रेरणा, भन्नाले संवेदी अंग अर्थात ज्ञानेन्द्रियद्वारा मस्तिष्कमा दिईने उत्प्रेरणा बुझिन्छ । बालबालिकाले ज्ञानेन्द्रियहरू जति धेरै प्रयोग गर्छन् उत्ति नै उनीहरूको मस्तिष्कको विकास र सिकाइ सबल हुन्छ । संवेदी उत्प्रेरणालाई पाँच भागमा विभाजन गरीएको छ । ती यसप्रकार छन् । दृष्य उत्प्रेरणा श्रब्य उत्प्रेरणा स्पर्श सम्बन्धी उत्प्रेरणा स्वाद सम्बन्धी उत्प्रेरणा…, गत्यात्मक उत्प्रेरणा, भन्नाले शारीरिक चाल तथा गतिद्वारा मस्तिष्कमा दिइने उत्प्रेरणा बुझिन्छ । बालबालिकाले शुरुमा हात खुट्टा चलाएर पछि शरीरका अन्य भागहरू कौशलतापूर्वक चलाउन सिक्दछन् । शरीरलाई सन्तुलन गर्न, सामानहरू उचित ढंगले चलाउन तथा प्रयोग गर्न सिक्दछन् । यस्ता क्रियाकलाप गर्ने अवसर जन्मनासाथ प्राप्त भएमा पर्याप्त गत्यात्मक उत्प्रेरणा पाउँदछन् र गत्यात्मक तथा शारीरिक…, नवजात शिशुको उत्प्रेरणाको लागि केही क्रियाकलापका उदाहरणहरू:, नवजात अवस्थामा शिशुलाई हेरेर, छोएर तथा मसिनो आवाज सुन्ने र सुघ्ने उपयुक्त अवसर दिएर उत्प्रेरणा गर्नु पर्दछ । नवजात शिशुको अनुहारमा हेर्दै उनीहरूको भावलाई सहानभूति गरेर कुरा गर्ने, उनीहरूले निकालेको आवाजको उत्तर दिने, मधुर सङ्गीत बजाउने, सुमसुमाउने र विभिन्न आवाज सुनाउने साथसाथै रङ्गीन खेलौनाहरू झुण्ड्याउनु पर्दछ । नवजात शिशुलाई तेल मालिस गर्ने,…
05/29/2019
बालबालिकाको विकासमा खेलको भूमिका
https://www.unicef.org/nepal/ne/कथा/बालबालिकाको-विकासमा-खेलको-भूमिका
बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो । खेल खेल्नु शिशु/बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो । खेलबिना उनीहरूको वृद्धि र सर्वाङ्गीन विकास आशा गर्न सकिदैन । खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो । सबै बालबालिकाले खेल्न पाउनु पर्दछ ।    खेलको माध्यमबाट बालबालिकाको भाषा, सञ्चार, कल्पना र सोचाइ; शारीरिक…, उमेर अनुसारको खेल क्रियाकलाप,  , एकदेखि दुई वर्षका शिशुसँग गरीने खेल क्रियाकलापः, नरम बल फाल्ने र समाउन लगाउनु पर्दछ । तोकिएको सामान लिएर आफूतिर बोलाउनु पर्दछ । ब्लक (काठका टुक्रा), डब्बा आदि एक माथि अर्को राख्न लगाउनु पर्दछ । आफूसँग भर्‍याङ्ग, खुड्किला चढ्न र तल झर्न सहयोग गर्नु पर्दछ । चित्रकथाका किताब हेर्न, चित्र चिन्न, सँगसँगै कथा भन्ने र कुराकानी गर्नु पर्दछ । हिँड्न र दगुर्न साथ दिनु पर्दछ । उमेर अनुसारको खेल क्रियाकलाप…, दुईदेखि तीन वर्षका बालबालिकासँग खेल क्रियाकलाप:, रङ्गीन कलमले कागजमा केरकार गर्न लगाउनु पर्दछ । चित्र कथाका किताब हेर्न, चित्र चिन्न, सँगसँगै कथा भन्ने र कुराकानी गर्नु पर्दछ । चित्रमा भएका वस्तु जीव, मान्छेहरूका नाम भन्ने र उनीहरूलाई चिन्न लगाउनु पर्दछ । विभिन्न वस्तु छुन, जान्न र हेर्न लगाउनु पर्दछ । बनाउन वा बिगार्न मिल्ने खेलौनासँग खेल्न दिनु पर्दछ । तीन शब्दसम्मको वाक्य बोल्न सिकाउनु पर्दछ…, चारदेखि पाँच वर्ष उमेरका बालबालिकासँग खेल क्रियाकलाप:, चार वर्षको उमेरमा बालबालिका २ वा ३ जनाको सानो समूहमा खेल्न थाल्दछन् । बालबालिकाह आफैँ वा कहिलेकाहीँ जोडीमा खेल खेल्ने गर्दछन् । यस उमेरका बालबालिकाले घरेलु क्रियाकलाप खेलको माध्यमबाट सघाउन थाल्छन् र सिकाइ अनुभव गर्दछन् । उनीहरूले गर्न सक्ने क्रियाकलापमा संलग्न गराउनु पर्दछ । खेलौना र सिकाइ सामग्रीको प्रयोग गरी खेलाउनाले उनीहरूको भाषा, गणित,…
05/29/2019
प्रारम्भिक बालविकास: मानव विकासको जग
https://www.unicef.org/nepal/ne/कथा/प्रारम्भिक-बालविकास-मानव-विकासको-जग
मानव जीवन सफल हुनका लागि निरोगी, तन्दुरुस्त, असल, विवेकशिल, शिक्षित, सहयोगी, सदाचारी, सदगुणी, मिहेनती र भावनात्मक सन्तुलन भएको व्यक्तित्व हुनु आवश्यक हुन्छ । यी गुण, सीपहरूको आधार वंशाणुगत तथा बालबालिका हुर्कने वातावरणले प्रदान गर्दछ । वंशाणुगत गुणलाई वातावरणले गतिशिल बनाउँछ । यस अवस्थामा उनीहरूले पाउने पोषण, उत्प्रेरणा, स्वास्थ सेवा, संरक्षण,…, क.     शारीरिक विकास, शरीरको तौल तथा उचाइ बढ्नुलाई शारीरिक वृद्धि भनिन्छ । यसको साथै शरीरको अङ्गले गर्नुपर्ने क्रियाकलाप कार्य दक्षतालाई शारीरक विकास भनिन्छ । प्रारम्भिक बाल्यावस्थामा शारीरिक वृद्धि तथा मस्तिष्क विकास तेज गतिमा हुन्छ । सामान्यतः शारीरिक विकासलाई दुई भागमा बाँडिन्छ: स्थुल अङ्गहरूको विकास – ठूला मांशपेशी, हात, गोडा तथा पाखुराको समन्वय र सन्तुलन गर्ने (…, ख)    बौद्धिक विकासः, मस्तिष्क वृद्धि र चेतनाको विकास बौद्धिक विकास भित्र पर्छ । बौद्धिक विकास भनेको विवेकको विकास, स्मरण शक्तिको विकास, तर्क गर्ने, समस्या सुल्झाउने, विश्लेषण गर्ने चेतनाको विकास आदि हुन् । जस्तै, आवाज सुन्ने, बुझ्ने, चिन्ने, खोज्ने, समस्या समाधान गर्ने, फरक तथा सानो ठूलो छुट्याउन सक्ने, गन्ती गर्ने, रङ्ग,  आकार प्रकारबारे थाहा पाउने, सोचेर बोल्ने,…, ग)     भाषा विकास:, भाषा विकास भन्नाले सुन्न, बोल्न, कुराकानी र सञ्चार गर्ने सीप र सक्षमता हो । शिशु/बालबालिकाले सबैभन्दा पहिले आफ्नै मातृभाषामा सिक्छन् । शिशुले आफ्ना आमाबाबु र अरुले बोलेको सुनेर ध्वनि, शब्द र यसका अर्थ बुझ्न थाल्छन् । सानैदेखि सुन्ने अवसरले भाषा र सञ्चार सीपको विकास हुन्छ । भाषा विकासका आधारहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइ हुन् । अभिभावकले…, घ)     संवेगात्मक विकास:, बालबालिकाको आन्तरिक अनुभूतिको विकास नै संवेगात्मक वा भावनात्मक विकास हो । संवेगात्मक विकास भनेको माया, विश्वास, उत्सुकता, रिस, डर, इच्छा, प्रेम, घृणा, सुरक्षा, प्रशंसा आदि हुन् । बालबालिकाले सुनेर, देखेर, हेरेर, गरेर, भित्र मनबाट निस्कने आफ्नो भावना र अरुप्रति देखाउने नै संवेगात्मक व्यवहार हो । बालबालिका धेरै संवेदनशील हुन्छन् । उनीहरूले आफ्नो…, ङ) सामाजिक विकास:, जन्मेदेखि नै बालबालिकाको सामाजिकीकरण प्रक्रिया शुरु हुन्छ । अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै उनीहरूले सामाजिकीकरणका आधारभूत सीप सिक्दछन् । भविष्यमा मानिस समाजमा मिल्न प्रारम्भिक बाल्यावस्थामा सामाजिक विकासको निकै नै महत्त्वपूर्ण छ । सामाजिक विकासका निम्ति खेल, साथी, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरले महत्त्वपूर्ण भूमिका खेलेको…
05/29/2019
जगेर्ना गर्नुपर्ने राम्रा चलनहरू
https://www.unicef.org/nepal/ne/कथा/जगेर्ना-गर्नुपर्ने-राम्रा-चलनहरू
हाम्रो देशमा बालबालिका हुर्काउने धेरै राम्रा चलनहरू छन्  जस्लाई जगेर्ना गर्नु पर्दछ । साथै समय अनुसारका नयाँ ज्ञान र सीप पनि सिकेर आफ्नो परिवेशमा ल्याउनाले बालबालिकाको विकासमा सहयोग पुग्दछ ।, जगेर्ना गर्नैपर्ने केही उल्लेखनीय चलनहरू निम्न छन्:, गर्भावस्थाका शिशु र गर्भवती आमालाई गरी दुई भाग खाना भाग लगाउने (थारू चौधरी जातिको चलन); गर्भावस्थाका शिशु र गर्भवतीलाई हर्ष बधाई दिन गोदभराइ; विभिन्न परिकारसहितको दहीचिउरा खुवाउने चलन (नेवार जातिको चलन);  सुत्केरी समयमा हुन पतिको अनिवार्य संलग्नता (दनुवार जातिको चलन); घाममा तेल मालिस, तोरी भरेको तकियाको प्रयोग; शिशुको अन्नप्राशन स्थानीय सामाग्रीको…
05/29/2019
घरमा बालकेन्द्रित वातावरण कसरी सुनिश्चित गर्ने ?
https://www.unicef.org/nepal/ne/कथा/घरमा-बालकेन्द्रित-वातावरण-कसरी-सुनिश्चित-गर्ने
बालबालिकाले आफ्नो क्षमता, उमेर, अवस्था, रुचि र इच्छा अनुसार सिक्ने सिकाउने क्रियाकलाप नै बालकेन्द्रित सिकाइ हो । बालकेन्द्रित सिकाइको लागि बालबालिकाको रुचि र आवश्यकता अनुसार स्वतन्त्र रुपमा आफ्नो क्षमता चिन्न र निरन्तर विकास गर्ने वातावरण हुनुपर्दछ । उनीहरूले स्वःस्फूर्त रुपमा खुशी भई सिक्नाले दिगो सिकाइ हुन्छ । बालकेन्द्रित सिकाइले जीवन उपयोगी…, सुरक्षित:, घरको भित्र र बाहिर खतरामुक्त, भयमुक्त, बालबालिकालाई चोटपटक नलाग्ने, दुर्घटना नहुने किसिमको हुनु पर्दछ । जस्तै, अध्याँरो नभएको, खाल्डाखुल्डी नभएको, काँडा सिस्नो नभएको, विषादी, धारिलो औजार नभएको । बालबालिकाले प्रयोग गर्ने सामग्री शारीरिक तथा मानसिक विकासमा प्रतिकूल असर नपर्ने हुनुपर्छ ।                 २.    , स्वस्थ:, सफा वातावरण बालबालिकाकालागि स्वस्थ वातावरण हो । बालबालिका बस्ने र खेल्ने वातावरण सफा हुनुपर्दछ ।                ३.    , सहज पहुँच:, बालबालिकाका सामग्री बालबालिकाले सजिलै पुग्न सक्ने किसिमले व्यवस्थापन गरीएको हुनुपर्छ ।                ४.    , उत्प्रेरणात्मकः, बालबालिकालाई आन्तरिक उत्प्रेरणात्मक मिल्ने वातावरण हुनुपर्छ । त्यस स्थानमा रहँदा बालबालिकालाई स्याबासी तथा प्रेरणा दिइएको हुनुपर्दछ ।                             ५.    , समावेशीः, कुनै पनि भेदभाव नरहेको, सबैलाई सहभागी हुन सजिलो किसिमको हुनुपर्छ । घरको भित्र बाहिर स्वतन्त्र, स्वस्थ र सुरक्षित रुपमा खेल्ने र सिक्ने वातावरण हुनु पर्दछ, बालकेन्द्रित क्रियाकलापहरू:, खेल कथा गीत, संगीत नाच र अभिनय चित्र र रंङको त्रियाकलाप प्रकृति अवलोकन पानी, माटो को क्रियाकलाप, बालकेन्द्रित सिकाइबाट बालबालिकालाई हुने फाइदाहरू:, सक्रियता र स्वप्रोत्साहन मिल्दछ  कल्पना र सोचाइ सीप विकास हुन्छ  अन्तरक्रिया र सञ्चारको सीप विकास हुन्छ  सिकाइ अनुभव र आत्मविश्वास बढ्छ  विषयवस्तुप्रतिको सकारात्मक धारणा विकास हुन्छ  सकारात्मक सम्बन्धको विकास हुन्छ  समस्या समाधान र उत्तरदायित्वको सीप विकास हुन्छ सिकाइका जिम्मेबार बन्न प्रोत्साहन गर्छ