05/29/2019
प्रारम्भिक बालविकास: मानव विकासको जग
https://www.unicef.org/nepal/ne/कथा/प्रारम्भिक-बालविकास-मानव-विकासको-जग
मानव जीवन सफल हुनका लागि निरोगी, तन्दुरुस्त, असल, विवेकशिल, शिक्षित, सहयोगी, सदाचारी, सदगुणी, मिहेनती र भावनात्मक सन्तुलन भएको व्यक्तित्व हुनु आवश्यक हुन्छ । यी गुण, सीपहरूको आधार वंशाणुगत तथा बालबालिका हुर्कने वातावरणले प्रदान गर्दछ । वंशाणुगत गुणलाई वातावरणले गतिशिल बनाउँछ । यस अवस्थामा उनीहरूले पाउने पोषण, उत्प्रेरणा, स्वास्थ सेवा, संरक्षण,…, क. शारीरिक विकास, शरीरको तौल तथा उचाइ बढ्नुलाई शारीरिक वृद्धि भनिन्छ । यसको साथै शरीरको अङ्गले गर्नुपर्ने क्रियाकलाप कार्य दक्षतालाई शारीरक विकास भनिन्छ । प्रारम्भिक बाल्यावस्थामा शारीरिक वृद्धि तथा मस्तिष्क विकास तेज गतिमा हुन्छ । सामान्यतः शारीरिक विकासलाई दुई भागमा बाँडिन्छ: स्थुल अङ्गहरूको विकास – ठूला मांशपेशी, हात, गोडा तथा पाखुराको समन्वय र सन्तुलन गर्ने (…, ख) बौद्धिक विकासः, मस्तिष्क वृद्धि र चेतनाको विकास बौद्धिक विकास भित्र पर्छ । बौद्धिक विकास भनेको विवेकको विकास, स्मरण शक्तिको विकास, तर्क गर्ने, समस्या सुल्झाउने, विश्लेषण गर्ने चेतनाको विकास आदि हुन् । जस्तै, आवाज सुन्ने, बुझ्ने, चिन्ने, खोज्ने, समस्या समाधान गर्ने, फरक तथा सानो ठूलो छुट्याउन सक्ने, गन्ती गर्ने, रङ्ग, आकार प्रकारबारे थाहा पाउने, सोचेर बोल्ने,…, ग) भाषा विकास:, भाषा विकास भन्नाले सुन्न, बोल्न, कुराकानी र सञ्चार गर्ने सीप र सक्षमता हो । शिशु/बालबालिकाले सबैभन्दा पहिले आफ्नै मातृभाषामा सिक्छन् । शिशुले आफ्ना आमाबाबु र अरुले बोलेको सुनेर ध्वनि, शब्द र यसका अर्थ बुझ्न थाल्छन् । सानैदेखि सुन्ने अवसरले भाषा र सञ्चार सीपको विकास हुन्छ । भाषा विकासका आधारहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइ हुन् । अभिभावकले…, घ) संवेगात्मक विकास:, बालबालिकाको आन्तरिक अनुभूतिको विकास नै संवेगात्मक वा भावनात्मक विकास हो । संवेगात्मक विकास भनेको माया, विश्वास, उत्सुकता, रिस, डर, इच्छा, प्रेम, घृणा, सुरक्षा, प्रशंसा आदि हुन् । बालबालिकाले सुनेर, देखेर, हेरेर, गरेर, भित्र मनबाट निस्कने आफ्नो भावना र अरुप्रति देखाउने नै संवेगात्मक व्यवहार हो । बालबालिका धेरै संवेदनशील हुन्छन् । उनीहरूले आफ्नो…, ङ) सामाजिक विकास:, जन्मेदेखि नै बालबालिकाको सामाजिकीकरण प्रक्रिया शुरु हुन्छ । अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै उनीहरूले सामाजिकीकरणका आधारभूत सीप सिक्दछन् । भविष्यमा मानिस समाजमा मिल्न प्रारम्भिक बाल्यावस्थामा सामाजिक विकासको निकै नै महत्त्वपूर्ण छ । सामाजिक विकासका निम्ति खेल, साथी, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरले महत्त्वपूर्ण भूमिका खेलेको…