07/12/2019
विपद्को बेला बालसुरक्षा
https://www.unicef.org/nepal/ne/कथा/विपद्को-बेला-बालसुरक्षा
विभिन्न प्रकारका प्राकृतिक विपद् कहिले आउँछन् भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । यस्तो स्थितिमा बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । त्यसैले विपद्को अवस्थामा गर्भवती महिला र बालबालिकाको विशेष स्याहार संरक्षण गर्नुपर्दछ । बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनिहरूको विशेष स्याहार संरक्षण गर्न केहि तरीका…, थप सुझाव, गर्भवती महिला र प्रारम्भिक उमेरका बालबालिकालाई कहिले पनि एक्लै छाड्नु हुँदैन । उनीहरूलाई भरपर्दो वयस्क स्याहारकर्ता संग वा बालस्याहार वा बालविकास केन्द्रमा राख्नु पर्दछ । त्यस भन्दा अगाडि आफ्नो र शिशुको नाम, ठेगाना र फोन नम्बर लेखिएको परिचय कार्ड बालबालिकाका नाडी वा गोलीगाँठामा बाँधी दिनुपर्दछ । बालबालिका कुरा गर्न थालेपछि आमाबाबुको र आफ्नो नाम,…
05/31/2019
अमृत समान आमाको दूध: शिशुको पहिलो खाना
https://www.unicef.org/nepal/ne/कथा/अमृत-समान-आमाको-दूध-शिशुको-पहिलो-खाना
शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ ले स्तनपानको संरक्षण र सम्वद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने…, स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:, स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनु पर्दछ । सफा र खुकुलो लुगा लगाउनु पर्दछ । आमाले स्तनलाई C (अंग्रेजी अक्षरको सी आकार) आकारमा समात्नु पर्दछ । बुढी औंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरु औंला स्तनको तलपट्टि हुनुपर्छ । शिशुलाई काखमा राख्ने र शिशुको टाउको अलिकति ढल्काइ दूध चुसाउनु पर्दछ । स्तनपान गराउँदा एकापट्टिको…, बालबालिकाको लागि स्तनपानको महत्व:, आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । यो सधैँ सफा र सुरक्षित हुन्छ । यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्वहरु हुन्छ । यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ । यो संधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।…, आमाको लागि स्तनपानको महत्व:, बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ । बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ । आमाको…
05/31/2019
अनुशासनको नाममा हुने दण्डसजायबाट बालबालिकाको संरक्षण
https://www.unicef.org/nepal/ne/कथा/अनुशासनको-नाममा-हुने-दण्डसजायबाट-बालबालिकाको-संरक्षण
बालबाlलकाको कुनै व्यवहार सुधार्ने वा सिकाउने नाममा उनीहरूलाई कुटपीट गर्ने, शारीरिक कष्ट दिने वा मानसकि आघात पर्ने गरी होच्याउने, तर्साउने, अपमान गर्ने वा गज्यिाउने जस्ता अनुशासनको नाममा हुने दण्डसजाय अन्तर्गत पर्दछन्।, अनुशासनको नाममा निम्न दण्डसजाय प्रचलनमा रहेको पाइन्छ:, शारीरिक दण्डसजाय, : साना बालबालिकालाई चुप लगाउन हल्लाउने, बालबालिकालाई हातमा, गालामा वा शरीरको अन्य भागमा हात वा लट्ठी, कोर्रा, पेटी, जुत्ता, डस्टर जस्ता वस्तुले पिट्ने, झटारो हान्ने, लात्तीले हिर्काउने, चिमोट्ने, उचालेर पछार्ने, समातेर झकझकाउने, तातो बस्तुले डाम्ने, आगोले पोल्ने, तातो पानी खन्याउने, कुखुरो बनाउने, कक्षा बाहिर उभ्याइदिने, साथीलाई पिट्न लगाउने, कान…, मानसिक दण्डसजाय:, आँखा तरेर हेर्ने, ठूलो स्वरले हप्काउने, अपमानित गर्ने, शौचालय वा एकान्तमा थुन्ने, गाली गर्ने, अरूसँग दाँजेर होच्याउने, गिज्याउने, कमजोर वा नजान्ने भनी हतोत्साहित गर्ने, आदि ।, बालबालिकालाई के कस्ता ठाउँमा अनुशासनको नाममा दण्डसजाय हुने गर्दछ ?, बालबालिकालाई घर, विद्यालय, दिवा स्याहार केन्द्र, बालगृहहरू, खेल्ने स्थान तथा सार्वजनिक स्थलहरूमा समेत अनुशासन कायम गर्ने नाममा शारीरिक तथा मानसिक दण्डसजाय हुने गर्दछ।, सामान्य दण्डसजायले बालबालिकालाई असर गर्छ र ?, दण्डसजायबाट बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असरहरू देखा पर्दछन्। आवेशमा आएको बेलामा आफू उपर उचित नियन्त्रण नहुने हुनाले थोरै बल प्रयोग गर्ने उद्देश्य भए पनि गम्भीर चोटपटक लाग्ने, बालबालिकाको अङ्गभङ्ग हुने र कतिपय अवस्थामा मृत्यु समेत हुने खतरा रहन्छ। साना बालबालिकालाई चुप लगाउन हल्लाउँदा…, दण्डसजाय नदिएमा बालबालिका अनुशासनहीन हुँदैनन् र ?, कतिपय मानिसहरूलाई बालबालिकालाई डर नदेखाई माया मात्र दिएर हुर्काएमा उनीहरूअनुशासनहीन हुन्छन् र भनेको टेर्दैनन् भन्ने लाग्दछ। वास्तवमा भन्नु पर्दा अनुशासन र दण्डसजायको कुनै सम्बन्ध छैन। वास्तविक अनुशासन बल प्रयोग गरेर हासिल हुँदैन। दण्डसजायको माध्यमबाट क्षणिक रूपमा बालबालिकालाई कुनै व्यवहार गर्न बाध्य पार्न सकिएला तर यसबाट उनीहरूको भित्री स्वभावमा…, हामी पनि दण्डसजाय भोगेर नै यहाँ सम्म पुग्न सफल भयौं त, होइन र?, कुनै पनि व्यक्तिको सफलताको सम्भाव्यता सजिलै मापन गर्न सकिँदैन। दण्डसजाय नभोगेको भए आजको सफलता हासिल गरिँदैनथ्यो भन्ने तर्क गरिन्छ भने दण्डसजाय नभोगेको भए अझ सफल भइन्थ्यो भनेर पन ितर्क गर्न सकिन्छ। विभिन्न अध्ययनले पुष्टि गरे अनुसार डर, त्रास र हिंसाको वातावरणले मानिसको आत्मविश्वास तथा मस्तिष्कको विकासमा नकारात्मक असर पार्ने हुनाले दण्डसजायको कारण…, यस विषयमा के कस्तो कानुनी व्यवस्था छ ?, कुनै वयस्क व्यक्तिले अर्को वयस्क व्यक्तिलाई कुटपिट वा गाली गरेमा गैरकानुनी कार्य ठहर्छ, तर बालबालिकालाई कुटपिट वा गाली गरेमा अनुशासनमा राखेको भनी छुट दिइनु न्यायसङ्गत हुन सक्दैन। बालबालिकालाई वयस्कको तुलनामा थप संरक्षण आवश्यक पर्दछ, तसर्थ कुटपिट तथा गाली बेइज्जती सम्बन्धी कानुनको संरक्षणबाट बालबालिका वञ्चित गरिनु हुँदैन। नेपालको संविधानको धारा ३९…, आफ्नो बालबालिकालाई जे जसरी हुन्छ अनुशासित गराउन पाउनु अभिभावकको अधिकार होइन र ?, मानवको रूपमा बालबालिकाको आफ्नै पहिचान हुने भएकोले उनीहरूलाई कसैको व्यक्तिगत सम्पत्तिको रूपमा व्यवहार गरिनु हुँदैन। बालबालिकाको सर्वोत्तम हित हुने गरी पालनपोषण गर्नु अभिभावकको दायित्व हो। सबै प्रकारका हिंसा, दुर्व्यवहार तथा उपेक्षाबाट संरक्षण पाउनु बालबालिकाको अधिकार भएकोले अभिभावकले बालबालिकाको सो अधिकार हनन हुने गरी व्यवहार गर्नु हुँदैन।…, बालबालिकालाई दण्डसजाय दएिर हुर्काउने त हाम्रो परम्परा नै हो, आफ्नो परम्परा अनुसार गर्न पनि नपाउनु ?, विगतमा बालमनोविज्ञान र बालविकासको ज्ञानको कमीको कारण दण्डसजायले अनुशासन कायम हुन्छ भन्ने गलत बुझाइ स्थापित भयो। हामीले विज्ञान र प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा धेरै परिवर्तन अवलम्बन गरिसकेका छौं। सोही विज्ञानको एउटा हाँगाले दण्डसजायले अनुशासन कायम हुँदैन र बालबालिकालाई झन् हानी गर्छ भन्ने सन्देश दिन्छ भने हामीले हाम्रो बुझाई र व्यवहारलाई…, बालबालिकालाई दण्डसजाय नदिईकन पनि अनुशासित गराउन सकिन्छ र ?, दण्डसजाय दिइनाले बालबालिका र अभिभावकको सम्बन्धमा नकारात्मक असर पर्दछ। हामीलाई थाहा भएकै कुरा हो, जुन व्यक्तिसँग हाम्रो राम्रो सम्बन्ध छ, हामीले ती व्यक्तिबाट सहयोग प्राप्त गर्दछौं। त्यसै गरी बालबालिकासँग पनि सकारात्मक सम्बन्ध कायम गर्न सकेमा बालबालिकाले अभिभावकको सुझाव तथा आग्रहलाई पालना गर्दछन् र अनुशासन कायम गर्न झन् मद्दत पुग्दछ। दण्दसजाय नदिई…, दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ त ?, वास्तविक अनुशासन (स्व: अनुशासन) हिंसा प्रयोग नगरी मात्र कायम गर्न सकिन्छ। बालबालिकाको उमेर र परिस्थिति अनुसार सकारात्मक अनुशासनका फरक फरक माध्यमहरू हुन्छन्। सामान्यतयास् सकारात्मक अनुशासन कायम राख्नको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ: तत्कालको लागि आफ्नो सजिलो नसोचेर बालबालिकाले के सिक्नु पर्दछ, उनीहरूको कस्तो व्यवहार हुन पर्दछ र के गर्दा…, दण्डसजायले झन् हानी गर्छ त भनियो, तर रिस उठेको बेला, थकाई लागेको बेला, हतार भएको बेला सकारात्मक अनुशासन कहाँ सम्भव छ र ?, यदि तपाइलाई समस्या परेको छ, रिस उठेको छ वा हतार भएको छ र बालबालिकालाई गाली गर्ने वा पिट्ने सोच आएको छ भने याद गर्नुहोस् त्यो बेला बालबालिकालाई महत्त्वपूर्ण सीप सिकाउने अवसर पन िहो। बालबालिकाले कुनै दिन त्यस्तै अवस्थाको सामना गर्नु परेमा उनीहरूले पनि हिंसा गरुन् भन्ने चाहनु हुन्छ वा संयमित भएर व्यवहार गरुन् भन्ने चाहनु हुन्छरु बालबालिकाले अभिभावकको…
05/30/2019
बालबालिकालाई पूरक खाना कसरी खुवाउने?
https://www.unicef.org/nepal/ne/कथा/बालबालिकालाई-पूरक-खाना-कसरी-खुवाउने
बालबालिका ६ महिना पूरा भएपछि चाहिने सबै पोषक तत्वहरू आमाको दूधबाट मात्र नपुग्ने भएकाले आमाको दूधको साथै थप खाना खुवाउनु पर्छ । थप खाना खुवाउँदा बालबालिकाको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा ध्यान दिनु पर्छ । ६ देखि ९ महिनासम्मका बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक थप खाना खुवाउनु पर्दछ । खाना शुरु गर्दा २ देखि ३ चम्चाबाट…, “, हरेक बार खाना चार”, हरेक दिनको थप खानामा पनि (१) अन्न वा कन्दमूल, (२) गेडागुडी / तेलहन, (३) पशुपंक्षिजन्य श्रोतका  खानेकुरा (दूध तथा दूग्ध पदार्थ, माछा/मासु, अण्डा)  र (४) हरियो सागपात र फलफूल समूह मिलाएर खुवाउनु पर्दछ ।  लिटो, जाउलो, गहुँ, कोदो, मकै, फापर, दाल, पालुङ्गो, मिचेको केरा, तरबुजा/खरबुजा, मेवा, स्याउ र मिचेको काउली, गाजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न…
05/30/2019
नवजात शिशुको आवश्यकताहरू के हुन् ?
https://www.unicef.org/nepal/ne/कथा/नवजात-शिशुको-आवश्यकताहरू-के-हुन्
जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ । नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसुति केन्द्र/अस्पतालमा दक्ष प्रसुतिकर्मीद्धारा  प्रसुति गराउनु पर्दछ । नेपाल सरकारले तोकेका यस्ता प्रसुति संस्थामा निशुल्क प्रसुति गराउने व्यवस्थाका साथै, सुत्केरी महिलालाई यातायात खर्चसमेत…, पूर्ण थोप तालिका हेर्नुको लागि यहाँ क्लिक गर्नुहोस् ।, शिशुले स्तनपान गर्न र आमाको स्नेह पाउने हक भएकोले आमाले सो जिम्मेबारी पूरा गर्नु पर्दछ । स्तनपान गराउँदा र पर्याप्त स्याहार तथा सहयोग पाउँदा आमाको शारीरिक र मानसिक स्वास्थ्य लाभ पनि हुन्छ र जन्मान्तरमा सहयोग पुग्छ । वजन कम (२.५ किलोभन्दा कम) वा शीताङ्ग भएको शिशुलाई विशेष प्रकारले न्यानो राख्नुपर्छ वजन कम (२.५ किलोभन्दा कम) वा शीताङ्ग भएको शिशुलाई…, सुत्केरी र नवजात शिशुको स्याहारमा परिवारको भूमिका, यस समयमा सुत्केरी आमालाई श्रीमान् र परिवारको समर्थन र सहयोगको अवश्यकता पर्दछ । नवजात शिशुलाई स्तनपान गराउनुको लागि घरमा उचित वातावरण सुनिश्चित गर्नु पर्दछ। सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र मलमल जस्तै नरमकपडा वा पूरानो सफा कपडाको व्यवस्था गर्नुपर्दछ । सुत्केरीआमाको घाउ तथा पाठेघरलाई निको गर्न र पहिलेको अवस्थामा आउन दिनको…
05/30/2019
समयमै बालबालिकाको अपाङ्गताको पहिचान
https://www.unicef.org/nepal/ne/कथा/समयमै-बालबालिकाको-अपाङ्गताको-पहिचान
शारीरिक, मानसिक, सामाजिक, भाषिक र संवेगात्मक कारणले कुनै बालबालिकाले आफ्नो नियमित क्रियाकलाप गर्न असक्षम हुन सक्छन् । तर समयमै उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसर पाएमा ती बालबालिका स्वावलम्बी हुन सक्छन् ।, अपाङ्गताका केही कारणहरू:, जन्मजात असामान्यता आमाबावुबाट शिशुमा रोग सर्नु गर्भावस्थामा समस्या हुनु प्रशवका बेला समस्या र जटिलता आउनु जबर्जस्ती प्रसूती गराउनु दुर्घटना भएमा रोग लागेमाः जस्तै पोलियो, अति ज्वरो, मस्तिष्क ज्वरो, आदि गम्भीर कुपोषण, अपाङ्गताको पहिचान कसरी गर्ने ?, सामान्य रुपमा निम्न सङ्केतबाट अपाङ्गताको पहिचान गर्न सकिन्छ । आफ्ना शिशुको हरेक क्रियाकलाप ध्यान पूर्वक अवलोकन गर्ने, स्पर्श, आवाज, अन्य व्यक्ति, आँखाको सम्पर्क र खेलौनाहरूप्रति शिशुले प्रतिक्रिया गर्छ, गर्दैन ध्यान दिने, शिशुका आँखा वरिपरि रङ्गीन वस्तुहरू हल्लाउँदा हेर्छ, हेर्दैन परीक्षण गर्ने, शिशुलाई पछाडीबाट बोलाउने वा घण्टी बजाउँदा आवाजतिर…, अपाङ्गताको रोकथाम, आमा तथा बालबालिका प्रतिरक्षित खोप लगाउने । पौष्टिक खाना खाने र गर्भावस्थामा स्वस्थ रहने । गर्भावस्थामा रक्सी, चुरोट, लागुपदार्थ नखाने । डाक्टरको सल्लाहबिना औषधि सेवन नगर्ने । गर्भावस्थामा छँदा एक्स रे नगराउने । सरुवा रोग हुनबाट सावधान भई बच्ने । गर्भावस्थामा छँदा र सुत्केरी भएपछि सम्भाव्य दुर्घटनाहरूबाट जोगाउने । स्वास्थ्य संस्थामा दक्ष…, अपाङ्गता भएका बालबालिकालाई हौसला, अपाङ्गता भएका बालबालिका र अपाङ्गता नभएका बालबालिकामा उस्तै भावना र आवश्यकता हुने हुँदा समान व्यवहार गर्नुपर्दछ । वृद्धि विकास हुने अवसर र वातावरण दिएर हुर्काउनु पर्दछ । बालबालिकालाई आमाबाबु र परिवारहरूबाट टाढा राखिनुहुन्न । उनीहरूका शारीरिक एवम् मानसिक भाषा र सिकाइसम्बन्धी चुनौती भए पनि उनीहरूका माया र हेरचाहको अधिकार हुन्छ ।  उनीहरूको सबल पक्ष…
05/30/2019
व्यक्तिगत सफाई, स्वस्थ बालबालिका
https://www.unicef.org/nepal/ne/कथा/व्यक्तिगत-सफाई-स्वस्थ-बालबालिका
अभिभावकले आफ्नो र आफ्नो शिशु/बालबालिकाको व्यक्तिगत सरसफाई दैनिक गर्ने कामहरू मध्येको प्रमुख काम मानिन्छ । व्यक्तिगत सरसफाई गर्नाले बालबालिका विभिन्न रोग जस्तै, आँखा पाक्ने, दाँत किरा लाग्ने, जुम्रा चाया पर्ने, दाद,लुतो, छालाको ढुसी, किर्ना, जुका आदिबाट बच्न सक्छन् । व्यक्तिगत सरसफाईको अभावमा निद्रा र खानपिनमा अरुचि हुने मात्र नभइ बालबालिकाको…, चर्पीको सही प्रयोग, बालबालिका दुईदेखि तीन वर्षको उमेर पुगेपछि बिस्तारै निश्चित ठाउँ वा शिशुमैत्री पटी (बाल कोपरा)मा दिसा पिसाब गर्ने तालिम गराउनु पर्दछ । शिशुले दिसा पिसाब नियन्त्रण गर्न सक्षम बनाउन यस्तो तालिम दिनु पर्दछ । बालबालिकाको दिसापिसाब चर्पीमा बिसर्जन गराउनु पर्छ । खाना खानु अघि र पछि, दिसा पिसाब वा चर्पीको प्रयोग गरीसकेपछि साबुनपानीले मिचीमिची हात धोएर…, बालबालिकालाई नुहाइ धुवाइ, आमाबाबुले बालबालिकालाई नुहाइदिनु अघि सफा लुगा, रुमाल, साबुन, मनतातो पानी, बस्ने बाटा वा पिड्का, मग, खाली बोतल, तैरने खेलौना आदि तयार गर्नुपर्दछ । नुहाउने क्रियाकलाप बारे रमाइलो ढङ्गले (के, कसरी) भन्नुपर्दछ । पहिले उनीहरूलाई पानी, साबुन खेल्न (फिंज निकाल्न) अनुभव गर्न र हेर्न दिनुपर्छ । बाटा वा पीड्कामा बसेपछि खुट्टाको सफाईदेखि शुरु गरेर कुमसम्म…
05/30/2019
गर्भावस्थामा के हुन्छ ?
https://www.unicef.org/nepal/ne/कथा/गर्भावस्थामा-के-हुन्छ
गर्भावस्था भनेको शिशुको जीवन शुरुवात भएदेखि जन्महुनुपूर्वको अवधि हो । यो अवधि कुल २७० दिन अथवा चालिस हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ । यो अवधिमा शिशुको शारीरिक (जस्तै: आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदिको) वृद्धि र विकास हुन्छ । गर्भावस्थामा शिशुले हातखुट्टा चलाउने, जिउ तन्काउने, निदाउने, हाइ काढ्ने गर्दछ । आफू वरिपरि हुने अधिकांश…, गर्भावस्थामा हेरचाह र प्रसवको लागि तयारी, सबै दम्पतीले गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य संस्थामा गएर जानकारी लिनु पर्दछ । गर्भावस्थामा, शिशु जन्मने बेला वा जन्मेपछिको आवश्यक सेवाहरूलाई समयमै पुर्‍याउन र आउन सक्ने समस्याबाट जोगिन नजिकैको स्वास्थ्य संस्थाबारे पूर्वजानकारी राख्नु पर्छ । शिशुको जन्म पूर्वनै योजना बनाउनुपर्छ र शिशुलाई चाहिने लुगा, कपडा (ओड्ने, बिछौना),…,                –             पहिलो परीक्षण: चौथो महिना,                –             दोस्रो परीक्षण: छैठौं महिना,                –             तेस्रो परीक्षण: आठौं महिना,                –             चौथो परीक्षण: नवौं महिना, माथि उल्लेखित परीक्षणका अतिरिक्त स्वास्थ्य सम्बन्धी कुनै समस्या/जटिलता भएमा गर्भवती महिलाले नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्दछ ।, ध्यान दिनुपर्ने कुराहरू:, स्वास्थ्य संस्थाका विज्ञले सीफारिस गरेबमोजिम आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानु पर्दछ । खाना पकाउँदा दुई बालबालिकासहितको लोगो भएको आयोडिनयूक्त नुन राखेको खाना खानु पर्दछ । टिटि खोप पहिलो  र दोश्रो लिनु पर्दछ । औलो लाग्ने जिल्लाहरूमा गर्भवती  महिलाले कीटनाशक औषधिले उपचार गरीएको झूलभित्र सुत्नु पर्दछ । दादुरा, ठेउला, एचआइभी/एड्स र…, गर्भावस्थामा निम्न खतरापूर्ण सङ्केत देखिएमा नजिकैको स्वास्थ्य संस्थामा शीघ्र परामर्श र उपचार गर्नु पर्दछ, : टाउको साह्रै दुखेमा हातखुट्टा अररो भइ काम्ने वा मूर्छा परेमा आँखा तिरमिराएर धमिलो देख्ने भएमा अनुहार वा हात सुन्निएमा कडा रुपमा तल्लो पेट दुखेमा योनीबाट अलिकति पनि रगत बगेमा, गर्भवती  महिला र शिशुको लागि अत्यन्त खतरा हुने निम्न क्रियाकलाप गर्नु हुँदैन:, लागुपदार्थ, रक्सी, चुरोट आदि सेवन । जथाभावी औषधि सेवन । झैझगडा, तनाव, रिस, आवेग, डर, चिन्ता । रेडियो विकिरण (एक्स रे) । विषादि प्रयोग गर्ने काम ।