04/25/2019
गत आठ वर्षमा वर्षेनी २ करोडभन्दा धेरै बालबालिका दादुराको खोपबाट बञ्चित, अहिलेको विश्वव्यापी महामारीका लागि त्यो जिम्मेवार – युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/गत-आठ-वर्षमा-वर्षेनी-२-करोडभन्दा-धेरै-बालबालिका-दादुराको-खोपबाट-बञ्चित-अहिलेको
काठमाडौं, १२ बैशाख २०७६– सन् २०१० देखि २०१७ सम्ममा संसारका करीव १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन् जुन औसतमा वर्सेनी २ करोडभन्दै धेरै भएको युनिसेफले जनाएको छ । खोप नलगाएका बालबालिका रहेका क्षेत्रहरू बढ्दै जाँदा अहिले संसारका कैयन् देशमा दादुराको महामारी फैलिएको छ । नेपालका केही क्षेत्रमा पनि दादुरा संक्रमणका घटनाहरू बढेका…, सम्पादकहरूका लागि जानकारी, सम्वन्धित फोटो र बीरोल यहाँ डाउनलोड गर्न सकिन्छ , विश्लेषणको बारेमा, यो विश्लेषण युनिसेफ र विश्व स्वास्थ्य संगठनले सन् २०१७ का लागि १९४ वटा देशहरूको राष्ट्रिय खोपले समेटेको अनुमानको आधारमा गरिएको हो । अन्तरिम दादुरा र रुबेलाको तथ्यांक अप्रिल २०१९ मा विश्व स्वास्थ्य संगठन जेनेभामा पठाइएको मासिक तथ्यांकमा आधारित छ । उच्च आय भएका देशका लागि, विश्व बैंकले आयका आधारमा जुलाई २०१८ मा गरेको देशको बर्गीकरण हेर्नुहोस् ।, विश्व खोप सप्ताहको बारेमा, अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताह ले रोगका विरुद्ध सबै उमेरका मानिसलाई जोगाउन खोपको प्रयोग प्रवर्धन गर्ने लक्ष्य राख्दछ । सप्ताहमा युनिसेफको प्रयास बारेमा थप जानकारीका लागि, यहाँ क्लिक गर्नुहोस् ।, मिजल्स एण्ड रुबेला इनिसियटिभको बारेमा, युनिसेफ मिजल्स एण्ड रुबेला इनिसियटिभ को सदस्य हो जुन विश्व स्वास्थ्य संगठन, सीडीसी, युनाइटेड नेसन्स फाउन्डेसन र अमेरिकन रेडक्रससहितका संस्थाहरूको निजी सार्वजनिक साझेदारी हो । यसले संसारभर दादुरा र रुबेला नियन्त्रण र उन्मुलनका लागि काम गर्छ । A girl getting vaccinated UNICEF Nepal/2015/KPanday On 9 September 2015, children receives immunization…