12/27/2018
बाल संरक्षण
https://www.unicef.org/nepal/ne/बाल-संरक्षण
चुनौती, हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो। तथापी, नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक-सामाजिक पृष्ठभुमि, उमेर समुह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पिडित छन्। लाखौं अन्य बालबालिका जोखिममा यस्ता छन्। सबै बालबालिकाको सुरक्षाका लागि नीति तथा सेवाहरुमा सुधार ल्याउन युनिसेफ…, स्रोतहरू, समाधान, सन् २०२२ सम्ममा सबै प्रकारका हिंसा, दुर्व्यवहार र शोषणबाट बालबालिका तथा किशोरकिशोरीको संरक्षणमा सुधार ल्याउने बाल संरक्षण कार्यक्रमले बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण र वेवास्ताबाट जोगाउने तथा आपतकालिन परिस्थितीमा सहित त्यस्ता घटना घटेमा आवश्यक सहयोग दिने उद्देश्य राखेको छ। बाल संरक्षण कार्यक्रमका मुख्य परिणामहरू निम्न छन्:, २०२२ सम्म हासिल गरिसक्नुपर्ने परिणामहरू, बाल संरक्षण प्रणालीको सुदृढिकरण सरकारी निकायहरु र अन्य साझेदारहरूले मानवीय सहायता चाहिएको अवस्था सहित बाल संरक्षण सम्बन्धी समस्याहरूको रोकथाम तथा सम्बोधन गर्नका लागि कानून, योजना तथा बजेट बिनियोजन गर्ने क्षमतामा वृद्धि गरेका हुनेछन्। हिंसा र शोषणको रोकथाम बालबालिका, परिवार तथा हेरचाहकर्ताहरू, शिक्षक, समुदायहरू, तथा सरकारी निकायहरूले बालबालिका माथि हुने हिंसा (हिंसात्मक अनुशासन, लैंगिक हिंसा र बाल-बिवाह) र शोषण (बाल श्रम तथा बालबालिका बेचबिखन) को रोकथाम र सम्बोधन गर्ने ज्ञान, सीप र क्षमतामा वृद्धि गरेका हुनेछन्। बालबालिकाको लागि न्याय न्याय तथा सुरक्षा कर्मीहरू र सामाजिक कार्यकर्ताहरूले न्याय प्रणालीको सम्पर्कमा आएका बालबालिकाहरूसंग बालमैत्री तथा लैंगिक…, सफलताका मानकहरू, यी परिणामका सफलताहरूलाई निम्नानुसारका मानकहरूद्वारा मापन गरिनेछ: ↓ हिंसात्मक अनुशासन (शारीरिक वा मानसिक) को प्रयोगमा कमी ↓ बालिका वधुहरूको संख्यामा कमी ↓ बाल श्रममा सहभागी बालबालिकाहरुको संख्यामा कमी ↓ आवासिय बाल-गृहहरूमा वसोबास गर्ने बालबालिकाको संख्यामा कमी ↑ बालबालिका तथा महिला विरुद्धका हिंसा (बलात्कार, बलात्कारको प्रयास, बेचबिखन, बाल-बिवाह,…