कोभिड-१९ को महामारीको विषयमा युनिसेफको विज्ञप्ती

12 March 2020

कोभिड-१९ लाई विश्वव्यापी महामारीको रूपमा चित्रित गर्नु यो भाइरस अझ घातक भएको संकेत होइन । बरू, यो रोगको भौगोलिक फैलावटको विषय हो ।

कुनै पनि देश वा समुदायका बालबालिका र परिवारसम्म यो भाइरस फैलिन सक्ने भएकाले युनिसेफले विश्वभर नै कोभिड-१९ को महामारीको लागि पूर्वतयारीसँगै विभिन्न कामहरू गरिरहेको छ ।

हामीले सरकार र हाम्रा साझेदारहरूसँग मिलेर भाइरस सर्नबाट रोक्न र बालबालिका तथा उनीहरूको परिवारलाई सुरक्षित राख्ने काम जारी राख्नेछौं ।

त्यसै गरी, हामी  विद्यालय बन्द, प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने स्थानीय स्वास्थ्य प्रणालीमा पर्ने भार, संरक्षणका जोखिमहरू र केही परिवारहरूले भोग्नुपर्ने आर्थिक चापलगायत यो महामारीको अन्य प्रभाव र नियन्त्रणका उपायले बालबालिकामा हुन सक्ने प्रभावहरूका बारेमा चिन्तित छौं ।

भाइरसको डरले शरणार्थी र आप्रवासीजस्ता जोखिममा रहेका समूहका विरूद्ध भेदभाव पनि गराइरहेको छ – यो अस्विकार्य छ ।

हामीले बालबालिकामा हुन सक्ने विभिन्न प्रभावलाई कम गर्न र दोष तथा लान्छनाविरूद्ध लड्न प्रभावित समुदायहरूसँग काम गरिरहनेछौं ।

Media Contacts

क्रिस टिडि

युनिसेफ न्युयोर्क

Tel: १ ९१७ ३४० ३०१७

Tania Dhakhwa

Chief of Communication

UNICEF Nepal

Tel: 977-9801244524

युनिसेफको बारेमा 

युनिसेफले अति पिछडिएका र विपन्न बालबालिकाकाहरुको पहुँचको निम्ति विश्वको चुनौतीपूर्ण स्थानमा कार्यरत छ । बालबालिकाको जीवन बचाउन, अधिकार संरक्षण गर्न, प्रतिभा प्रस्फुटन गर्दै यसको परिपूर्ती गर्न सहयोग गर्दछ । हामी सबैैतिर,  हरेक दिन, सबै बालबालिकाको लागि असल संसार निर्माण गर्न विश्वका १९० राष्ट्रहरुमा निरन्तर काम गरेका छौ र यसको लागि हामी कहिल्यै पछि पर्नेछैनौ । 

युनिसेफ र यसले बालबालिकाको क्षेत्रमा गरेका कामको थप जानकारीको लागिः www.unicef.org/nepal

युनिसेफ नेपाललाई फेसबुकट्वीटरमा र इन्स्टाग्राम फलो गर्नुहोस्