बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू मध्ये नेपाल विश्वकै शीर्ष दशमा: युनिसेफ
काठमाण्डौं, २४ जेठ २०७६ – युनिसेफले गरेको एक गहन बिश्लेषणले बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू मध्ये नेपाल विश्व कै शीर्ष दशमा पर्ने जनाएको छ। सो बिश्लेषणका अनुसार नेपालका २० देखि २४ वर्षका १० पुरुषहरूमध्ये एकको बाल्यावस्थामै विवाह भएको थियो। विश्वका ८२ मुलुकहरूको तथ्याङ्कको आधारमा युनिसेफले गरेको अध्ययनका अनुसार बालकहरूको बालविवाह धेरै हुने…