31 मे 2023

स्थानीय सिकाइ सामग्रीको उपयोग

स्थानीय सिकाइ सामग्री भन्नाले आमाबुबा तथा परिवारका सदस्यहरूले स्थानीय रूपमा पाइने स्रोत साधनबाट बालबालिकाका लागि खेल्न तथा सिक्न तयार गरिदिएका सामग्री हुन् । यसको प्रयोग पहिलेदेखि गाउँ, समुदाय, परिवारमा आफ्ना बालबालिका हुर्काउन प्रयोग हुँदै आएका सामग्री पनि हुन सक्छन् । स्थानीय सिकाइ तथा खेल सामग्रीहरू भौगोलिक, सांस्कृतिक, जाति विशेषअनुसार फरक…, स्थानीय सिकाइ सामग्रीको फाइदा  , स्थानीय साधनको सदुपयोगः स्थानीय क्षेत्रमा भएका सिप र खेर जाने वा प्रकृतिमा पाईने साधनको सदुपयोग हुन्छ । स्थानीय अभिभावकहरूको आम्दानीः थोरै साधन समय तथा पैसामा गुणस्तरीय सामग्री बनाउन सकेमा स्थानीय अभिभावकहरूको आम्दानीको स्रोत अभिवृद्धि गर्न सकिन्छ ।  न्यून मूल्यमा विकासको अवसरः स्थानीय खेल सामग्री सामान्यतया पैसा नपर्ने वा थोरै मूल्यबाट बनाइन्छ ।…, स्थानीय सिकाइ सामग्री निर्माण र व्यवस्थापनमा अपनाउनु पर्ने सतर्कता  , बालबालिकाको उमेर, क्षमता र रुचिअनुसार खेलौनाहरू बनाउनुपर्छ र गुणस्तरमा ध्यान दिनुपर्दछ ।  स्वास्थ्यमा हानि हुने, दुर्घटना हुन सक्ने कच्चा पदार्थ प्रयोग हुनु हुँदैन । किला र काठको चोइटाजस्ता बिझाउने वा घाउचोट लाग्ने सम्भावना भएका सामग्री, हानिकारक रसायन भएका रङ तथा कच्चा पदार्थको प्रयोग गर्नुु हुँदैन ।  खेलौनाको किनारहरू धारिला हुनु हुँदैन ।…, स्थानीय रूपमा बनाउन सकिने केही नमुना खेलौनाहरू, नमुना खेलौनाको नाम   कच्चा पदार्थ   क्रियाकलाप   सिकाइ र विकासमा योगदान     नरम पुतली कपडा (गेरु, रङ्गीन, कालो), सियो, धागो, कैंची, कपास वा फाइबर अभिनय खेल खेलाउने भाषा सिकाइ संवेगात्मक अभिव्यक्ति हाते पुतली (पपेट)              सियो, उनधागो, रातो, कालो टाँक कथा भन्ने, गीत गाउने, कुराकानी गर्ने  भाषा सिकाइ संवेगात्मक अभिव्यक्ति, सञ्चारको सिप रङ्गीन…, खेल तथा सिकाइमा प्रयोग गर्न सकिने केही प्राकृतिक सामग्रीहरू, सामग्री सङ्कलन गर्ने तरिका क्रियाकलाप सिकाइ र विकासमा योगदान  पानी   सफा पानी बाटामा राखेर बालबालिकालाई फराकिलो बाटामा पानी खेल्न दिने । खन्याउने, डुब्ने, तैरिने सामग्री दिने । डुब्ने उत्रने, पग्लने नपग्लिने वस्तुहरू तथा अवधारकाको बुझाई, विभिन्न आकारका भाँडाहरूबाट खोज अनुसन्धान । पातहरू    वरिपरिका बोटबिरुवाबाट झरेका वा पुरानो पातहरू सङ्कलन गर्ने…
22 मार्च 2023

साना बालबालिकाको गुणस्तरीय सिकाइका लागि आवश्यक भौतिक वातावरण

युनिसेफ नेपालले देशभरिका बालबालिकाको गुणस्तरीय सिकाइ अवसर सुनिश्चित गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । विशेषगरि सीमान्तकृत वर्गका बालबालिकाको गुणस्तरीय सिकाइ अवसर सुनिश्चित गर्न मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका स्थानीय सरकारसँग सहकार्य गरी विभिन्न सिकाइ परियोजनाहरू लागु गरिरहेको छ । यसै क्रममा विभिन्न…, (क) सफा र सुरक्षित वातावरण, बालबालिकाले सिक्नको लागि उनीहरूको आवश्यकता पुरा भएको हुनुपर्छ । सम्भव भएसम्म सिकाइ वातावरण सफा, सुरक्षित र आरामदायी हुनुपर्छ । बालबालिकालाई दैनिक क्रियाकलापहरू गर्नको लागि उचित ठाँउको व्यवस्था भएको हुनुपर्छ । सिक्नको लागि बालबालिकाले ध्यान केन्द्रित गर्न सक्नुपर्छ । हामीले सुरक्षित, तनावमुक्त र उत्सुकता जाग्ने वातावरणमा सिक्छौं । कक्षाकोठाको सजावट…, (ख) भाषिक विकासको प्रवर्द्धन गर्ने वातावरण, प्रारम्भिक बालविकास उमेर (०-८ वर्षसम्म) भाषिक विकास उच्चतम हुने समय हो । यस अवधिको सिकाइ वातावरण यो कुरालाई ध्यानमा राखेर तयार गर्नुपर्ने हुन्छ । सर्वप्रथम, सिकाइ वातावरणमा सकेसम्म धेरै कोलाहल नभएको हुनु पर्छ । ठूला कक्षाकोठाहरूमा भएका फर्निचर तथा स्थानीय सामग्रीहरूको प्रयोग गरेर साना खण्डहरू पनि बनाउन सकिन्छ । ठूला कक्षाकोठामा आवाज थर्किने हुँदा…, (ग) मस्तिष्कलाई शान्त राख्न सहयोग गर्ने प्राकृतिक तत्त्व, children planting on a farm साना बालबालिका विभिन्न किसिमको तनाव व्यवस्थापन गर्दै सिकिरहेका हुन्छन् । कुनै तनावले सिकाइमा सकारात्मक प्रभाव पारेको हुन्चन् भने कुनैले नकारात्मक । सिकाइ वातावरणमा रहेको प्राकृतिक तत्त्वले तनाव न्यूनीकरणमा सहयोग पुर्याउँछ । यसको लागि बाहिरी (प्राकृतिक) वातावरणमा रहने समय बढाउनुका साथै, कक्षाकोठामा प्राकृतिक कुराहरू…, (घ) सक्रिय सहभागिता प्रवर्द्धन गर्ने वातावरण, बालबालिकाले विभिन्न क्रियाकलापहरु गरेर वा शारीरिक सक्रियता मार्फत सिक्छन् । त्यसैले सिकाइ वातावरण सक्रिय सहभागिता सुनिश्चित गर्ने हुनुपर्छ । बालबालिकालाई बाहिरी तथा खुला ठाँउमा पहुँच हुनुपर्छ । सिकाइ वातावरणमा ईन्द्रिय अङ्ग सञ्चालन विकास गर्नका लागि धेरै र  विभिन्न किसिमका सामग्री उपलब्ध हुनुपर्छ । children playing in the outdoors बालबालिका उनीहरू…
06 जुलाई 2020

पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?

कोरोना भाइरस (कोभिड –१९)को महामारीका कारण दिनभरी घरमा बस्न बाध्य बालबालिकालाई विद्यालयमा सिकाइने कुरा अहिले अभिभावकले घरमै सिकाउनु पर्ने अवस्था आइपरेको छ । कक्षा एक भन्दा माथिका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक भएका हुनाले के सिकाउने प्रष्ट छ । तर पूर्व प्राथमिक कक्षाका बालबालिकाका लागि पाठ्यपुस्तक आवश्यक नपर्ने हुँदा यी बालबालिकाले के सिक्नुपर्छ…, के हो पूर्व प्राथमिक कक्षा ?, २०५८ सालको शिक्षा ऐनको सातौ संशोधन अनुसार एक वर्षे पूर्व प्राथमिक शिक्षालाई नेपाल सरकारले मान्यता दिएको देखिन्छ । २०७५ सालको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी बनेको विधेयकमा चार वर्ष (४८ महिना) पूरा गरेका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको शिक्षालाई पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकास तथा शिक्षा…, पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?, प्रारम्भिक बालविकास दिग्दर्शनमा बालबालिकालाई कक्षाकोठामा के र कसरी सिकाउने बारे लेखिएको हुनाले, बालबालिका घरमा नै रहेको हालको अवस्थामा प्रारम्भिक बाल सिकाइ तथा विकास मापदण्ड (२०६८) सहयोगी हुन्छ । यस मापदण्डको एउटा प्रमुख उद्देश्य, कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावकहरू, प्रारम्भिक बाल विकास सम्बन्धी विज्ञहरू तथा सबै समुदायका…, (१) शारीरिक विकास, यस क्षेत्रले बालबालिकाको शारीरिक स्वास्थ्य तथा दैनिक क्रियाकलापमा संलग्न हुने क्षमतालाई समेट्दछ । शारीरिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः शरीरका स्थूल अंगहरूको तन्दुरूस्ती तथा समन्वयको प्रदर्शन गर्दछन् । शुक्ष्म मांसपेशीय अंगहरूको समन्वय र संचालन गर्न सक्षम छन् । आँखा र औंलाको समन्वय गरी देखाउन सक्षम छन । विविध सामग्री / वस्तुहरूको ठीक…, (२) सामाजिक तथा सम्वेगात्मक विकास, यस क्षेत्रले बालबालिकाहरूको सौहार्दपूर्ण तथा सकारात्मक सम्बन्ध बनाउने क्षमता जसले गर्दा उनीहरू घरपरिवार, विद्यालय र समुदायमा राम्ररी घुलमिल हुन सक्ने हुन्छन् । साथै यस क्षेत्रले बालबालिकाहरूको सम्वेगात्मक सन्तुलन कायम गरी सिकाई तथा ज्ञान हासिल गर्ने कार्यमा संलग्न हुने क्षमतालाई पनि समेट्दछ ।  This image shows an illustration of a family cleaning…, (३) बौद्धिक विकास, यस क्षेत्रले भौतिक तथा सामाजिक परिवेशबारे ज्ञान हासिल गर्ने तथा सो बारे विचार गर्न सक्ने क्षमतालाई समेट्दछ । विशेषतः यस क्षेत्रले बालबालिकाहरूको वरिपरीको वातावरणमा उपलब्ध सामानहरू, संस्था र रङ आदिबारेको ज्ञानलाई समेट्दछ । This image shows an illustration of children doing different activities बौद्धिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः खोज तथा…,  , (४) भाषिक विकास, यस क्षेत्रले बालबालिकाहरूको भाषिक ज्ञान, भाषाको बुझाई तथा प्रयोग गर्ने क्षमता जस्तो कि पढाइ र लेखाइ सीपका साथै प्रभावकारी रूपमा आफ्नो भनाइ ब्यक्त गर्ने क्षमतालाई समेट्दछ । भाषिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः अरूले बोलेको कुरा सुन्न र ठीकसँग जवाफ दिन सक्छन् ।  सजिला वाक्यहरूको प्रयोग गर्दै बोल्न सक्छन् ।  बालबालिकाहरूले एक अर्का तथा…, (५) साँस्कृतिक विकास, माथि उल्लेखित विविध साँस्कृतिक राष्ट्रिय मूल्य मान्यतालाई सम्बोधन गर्न तथा राष्ट्रको साँस्कृतिक सम्पदाको जगेर्नाका लागि यो क्षेत्र समावेश गरिएको छ । साँस्कृतिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः विभिन्न व्यक्तिहरूको आ–आफ्नै आवश्यकता तथा फरक–फरक संस्कृति हुन्छन् भन्ने बुझ्ने छन् र तिनीहरूको आदर गर्ने छन् ।  बालबालिकाहरूले हामी नपाली हौं भन्ने…