31 मे 2023

स्थानीय सिकाइ सामग्रीको उपयोग

स्थानीय सिकाइ सामग्री भन्नाले आमाबुबा तथा परिवारका सदस्यहरूले स्थानीय रूपमा पाइने स्रोत साधनबाट बालबालिकाका लागि खेल्न तथा सिक्न तयार गरिदिएका सामग्री हुन् । यसको प्रयोग पहिलेदेखि गाउँ, समुदाय, परिवारमा आफ्ना बालबालिका हुर्काउन प्रयोग हुँदै आएका सामग्री पनि हुन सक्छन् । स्थानीय सिकाइ तथा खेल सामग्रीहरू भौगोलिक, सांस्कृतिक, जाति विशेषअनुसार फरक…, स्थानीय सिकाइ सामग्रीको फाइदा  , स्थानीय साधनको सदुपयोगः स्थानीय क्षेत्रमा भएका सिप र खेर जाने वा प्रकृतिमा पाईने साधनको सदुपयोग हुन्छ । स्थानीय अभिभावकहरूको आम्दानीः थोरै साधन समय तथा पैसामा गुणस्तरीय सामग्री बनाउन सकेमा स्थानीय अभिभावकहरूको आम्दानीको स्रोत अभिवृद्धि गर्न सकिन्छ ।  न्यून मूल्यमा विकासको अवसरः स्थानीय खेल सामग्री सामान्यतया पैसा नपर्ने वा थोरै मूल्यबाट बनाइन्छ ।…, स्थानीय सिकाइ सामग्री निर्माण र व्यवस्थापनमा अपनाउनु पर्ने सतर्कता  , बालबालिकाको उमेर, क्षमता र रुचिअनुसार खेलौनाहरू बनाउनुपर्छ र गुणस्तरमा ध्यान दिनुपर्दछ ।  स्वास्थ्यमा हानि हुने, दुर्घटना हुन सक्ने कच्चा पदार्थ प्रयोग हुनु हुँदैन । किला र काठको चोइटाजस्ता बिझाउने वा घाउचोट लाग्ने सम्भावना भएका सामग्री, हानिकारक रसायन भएका रङ तथा कच्चा पदार्थको प्रयोग गर्नुु हुँदैन ।  खेलौनाको किनारहरू धारिला हुनु हुँदैन ।…, स्थानीय रूपमा बनाउन सकिने केही नमुना खेलौनाहरू, नमुना खेलौनाको नाम   कच्चा पदार्थ   क्रियाकलाप   सिकाइ र विकासमा योगदान     नरम पुतली कपडा (गेरु, रङ्गीन, कालो), सियो, धागो, कैंची, कपास वा फाइबर अभिनय खेल खेलाउने भाषा सिकाइ संवेगात्मक अभिव्यक्ति हाते पुतली (पपेट)              सियो, उनधागो, रातो, कालो टाँक कथा भन्ने, गीत गाउने, कुराकानी गर्ने  भाषा सिकाइ संवेगात्मक अभिव्यक्ति, सञ्चारको सिप रङ्गीन…, खेल तथा सिकाइमा प्रयोग गर्न सकिने केही प्राकृतिक सामग्रीहरू, सामग्री सङ्कलन गर्ने तरिका क्रियाकलाप सिकाइ र विकासमा योगदान  पानी   सफा पानी बाटामा राखेर बालबालिकालाई फराकिलो बाटामा पानी खेल्न दिने । खन्याउने, डुब्ने, तैरिने सामग्री दिने । डुब्ने उत्रने, पग्लने नपग्लिने वस्तुहरू तथा अवधारकाको बुझाई, विभिन्न आकारका भाँडाहरूबाट खोज अनुसन्धान । पातहरू    वरिपरिका बोटबिरुवाबाट झरेका वा पुरानो पातहरू सङ्कलन गर्ने…
31 मे 2023

प्रारम्भिक बाल सिकाइको महत्त्व

सिकाइ जीवनभर चलिरहने प्रक्रिया हो । बालबालिकाले पनि जीवनको सुरुआतदेखि वातावरणमा सक्रियतापूर्वक खोज अनुसन्धान गरिरहेका हुन्छन् । यसबाट पाएका अनुभवहरू क्षण क्षणमा थपिदै जान्छ । सिकाइ भन्नाले दैनिक अनुभव र अभ्यासद्वारा बालबालिकामा आउने परिवर्तन हो । सिकाइले बालबालिकाको धारणा, ज्ञान, सिपमा सकारात्मक परिवर्तन गरार्ई व्यक्तित्व विकासमा सघाउँछ ।…, विभिन्न प्रकारका सिकाइ  , प्रसिद्ध मनोवैज्ञानिक रोबर्ट गाग्नेको सिकाइ श्रृखंलाघढ अनुसार समस्या समाधान गर्नसक्ने सिकाइ उच्च स्तरको सिकाइ हो । जुन प्रारम्भिक उमेरका बालबालिकाको सिकाइको लागि अभिभावकले बुझ्नु आवश्यक छ । उनकाअनुसार सिकाइ निम्न प्रकारका छन्: साङ्केतिक सिकाइः जसमा बालबालिकाले कुनै पनि आवाजहरू सुनेर वस्तुको पहिचान गर्न वा  चिह्नहरू देखेर यसको अर्थ पहिचान गर्न,…, बालबालिकाले कसरी सिक्छन् ?  , बालबालिकाले विभिन्न कुराहरू अवलोकन गरेर, सुनेर, खोज तथा अनुसन्धान र प्रश्न गरेर सिक्छन् । यी सिकाइलाई बालबालिकाले निम्न प्रक्रियाबाट दिगो सिकाइका रूपमा परिणत गर्दै जान्छन्: प्रयास र गल्तीबाट (Trial and Error): बालबालिकाले प्रयास र गल्ती गर्दै सिकिरहेकका हुन्छन्, उनीहरूले गरेका गल्तीलाई गलत हो भन्ने बुझेपछि यसलाई सुधार गर्दै जान्छन् । अरू जान्ने…, बालबालिकाको सिकाइमा कठिनाइ हुने केही मुख्य अवस्था   , कुपोषण तथा हिंसा र दुर्व्यवहार बालबालिकामा कुनै प्रकारको कार्यगत सीमितता वा अपाङ्गता भएमा  घरमा उत्प्रेरणात्मक वातावरण तथा प्रोत्साहनको अभाव प्रारम्भिक बाल्यावस्थामा विभिन्न आधारभूत अवधारणामा अस्पष्टता  उमेर तथा विकासात्मक अवस्था अनुरुपका सिकाइ क्रियाकलाप गर्न नपाउँदा , अभिभावकको मुख्य दायित्व   , प्रारम्भिक बाल सिकाइका लागि उचित वातावरण तयार गर्नु अभिभावकको जिम्मवारी हो । यसका लागि केही मुख्य दायित्व निम्नानुसार छन्ः बालबालिकालाई उचित पोषण तथा हिंसा र दुर्व्यवहारमुक्त वातावरण प्रदान गर्नुपर्दछ । विभिन्न रोग तथा दुर्घटनाबाट बचाउनुपर्छ ।  प्रारम्भिक बाल्यवस्थामा शिशु/बालबालिकाले अनुभव गरेर, वास्तविक वस्तुको मद्दतले सिक्दछन् । घरमा भएका…
31 मे 2023

सबै बालबालिकाको समावेशी सहभागिता

बालबालिका प्रकृतिका अमूल्य उपहार हुन् । बालबालिका नै भोलिको देशका कर्णधार हुन् । बालबालिकाले परिवार, जाति, धर्म छानेर जन्मेका हुँदैनन् । प्रकृतिले योग्य हुने क्षमता दिएतापनि मानिसको व्यवहार हेलचेक्र्याइँको कारणले बालबालिकामा अपाङ्गता हुन्छ । कतिपय अपाङ्गता मानवको पुस्तामा सर्दै जान्छ । यो प्रक्रियामा बालबालिकाको कुनै दोष नभएतापनि जन्मपछि उनीहरूलाई…, अभिभावकको भूमिका  , समावेशी सहभागिताको प्रवर्धनका लागि अभिभावकको भूमिका ठुलो हुन्छ । समानता, माया,  सद्भाव, सम्मान र अपनत्व पाउने वातावरण घरबाट नै सुरु गर्नु आवश्यक छ । अभिभावक बालबालिकाका लागि नमुना हुन् । अभिभावकको भेदभावपूर्ण व्यवहारलाई बालबालिकाले पनि आफ्नो व्यवहारमा उतार्छन् । अर्को कुरा बालबालिकालाई विभिन्न कुरामा सहभागी गराएर आत्मविश्वासिलो तथा नेतृत्वदायी…
31 मे 2023

दुर्घटनाहरूबाट बालबालिकाको सुरक्षा तथा संरक्षण

बालबालिका जिज्ञासु स्वभावका, चञ्चल र नथाक्ने हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन सक्दैनन् । उनीहरूलार्ई खेल खेल्न र सिक्नका लागि प्रशस्त ठाउँ चाहिन्छ । उनीहरू वरिपरिको वातावरणको खोजी गर्न इच्छुक हुन्छन् । खोजी गर्ने क्रममा उनीहरू जोखिममा पर्न सक्छन् । उनीहरूले कुनै पनि क्रियाकलाप, जस्तै, खेल खेलेर के कस्तो नतिजा होला भन्ने अनुमान गर्न सक्दैनन् ।…, बालबालिकाको दुर्घटनाबाट सुरक्षा   , बालबालिकाको दुर्घटनामा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन् । यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक–बाटोहरू निर्माण गर्नेतर्फ विचार पु¥याउनु अति नै आवश्यक छ । बालबालिकाको दुर्घटनाले निम्त्याउने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको मह¬वको विषयमा छलफल गर्ने गरेमा घाइतेको…
31 मे 2023

अभिभावक तथा बालबालिकाको मानसिक स्वास्थ्य

मानसिक स्वास्थ्य भन्नाले मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ । विश्व स्वास्थ्य सङ्गठनले मानसिक समस्यालाई साधारण तथा दैनिक आईपर्ने तनावहरू व्यवस्थापन गर्न कठिनाइ भई, दैनिक, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्था भनी परिभाषित गरेको छ । मन, शरीर र समाज बिचको अन्तरसम्बन्धले धेरै स्वास्थ्यका कुराहरूलाई प्रभाव पार्छ जसलाई…, मानसिक स्वास्थ्यमा असर पार्ने केही कुराहरू, मानसिक स्वास्थ्यमा थुप्रै कुराले असर पार्ने भएतापनि केही प्रमुख कुराहरू निम्नानुसार छन्ः प्रसव अघिपछि - गर्भवती महिलालाई चिन्ताको लक्षणहरू देखिन सक्छन् भने प्रसवपछि हर्मोन सम्बन्धी परिवर्तन तथा आमाको भूमिका थप भएर मनोसामाजिक समस्याको जोखिम बढ्छ । महिलाको वैवाहिक सम्बन्ध, माइतको सम्बन्ध र सामाजिक समर्थनले यसलाई असर गर्छ । धेरैजसो महिलालाई हल्का…, मानसिक स्वास्थ्यको प्रभाव  , मानिस स्वस्थ हुनको लागि शारीरिक तथा मानसिक तन्दुरुस्ती हुनुपर्छ । यसमध्ये पनि सानातिना शारीरिक रोगहरू मानसिक स्वस्थताको कारणले आफैँ निको हुन सक्छ । तर मानसिक समस्या भएमा शारीरिक रोगहरू झनै जटिल हुने सम्भावना हुन्छ । मानसिक रूपमा अस्वस्थ भएमा निम्नानुसार समस्याहरू देखिन्छ: शारीरिक स्वास्थ्यमा प्रभावः मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यमा समेत…, अभिभावकको मानसिक स्वास्थ्य र बालबालिकामा प्रभाव  , अभिभावकमा भएका मानसिक स्वास्थ्य समस्याको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्दछ । बालबालिका हिंसा र दुर्व्यवहारमा पर्नुको मुख्य कारण अभिभावक वा ठुला व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या हो । मानसिक रूपमा अस्वस्थ अभिभावकको व्यवहार र बालबालिकाको व्यवहार एक अर्कालाई नकारात्मक उत्प्रेरणा दिइरहेका हुन्छन् ।  बालबालिकाको प्रकृति   अभिभावकको मानसिक समस्याको…, मानसिक स्वास्थ्य व्यवस्थापन   , मानसिक रूपमा स्वस्थ रहन यसको पनि दैनिक हेरचाहको आवश्यकता हुन्छ । यसको लागि दैनिक शारीरिक अभ्यास (सामान्य हिँड्डुल, दौडने आदि) गर्ने, आफूलाई मनपर्ने सिर्जनात्मक क्रियाकलाप गर्ने, सकारात्मक सोच राख्ने गर्नुपर्दछ । यस्तो गर्दागर्दै पनि कहिलेकाही विभिन्न तनाव वा मानसिक अस्वस्थता हुन सक्छ । जसरी शारीरिक विसञ्चो भएमा हामी उपचार गर्छौ र निको हुन्छ ।…, बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका   , अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठुलो चूनौती हो । अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वाेत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ । बालबालिकाको मानसिक रूपमा स्वस्थ राख्नको लागि निम्नानुसार व्यवहार गर्नुपर्दछः बालबालिका जन्माउन मानसिक तथा शारीरिक रूपमा तयार…
31 मे 2023

हिंसा र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा

बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, भाषिक विकासमा गम्भीर नकारात्मक असर पर्ने खालका काम, व्यवहार, भाषाको प्रयोग गर्नुलाई हिंसा र दुर्व्यवहार मानिन्छ । यसबाट उनीहरूको जीवन, स्वास्थ्य, विकास तथा स्वाभिमानमा नकारात्मक असर पर्छ । प्रारम्भिक बाल्यावस्थामा भोगेका हिंसा र दुर्व्यवहारको असर जीवनभर रहिरहन्छ र बालबालिकाको सर्वाङ्गीण विकासमा…, बालबालिकालाई हुन सक्ने हिंसा र दुर्व्यवहार , बालबालिका प्रति हुन सक्ने हिंसा र दुर्व्यवहारहरूलाई यसको प्रकृतिका आधारमा छुट्याएर हेर्न सकिन्छ । तर यी एक आपसमा सम्बन्धित हुन्छन् र एउटै घटनाबाट बालबालिका माथि विभिन्न प्रकारका दुर्व्यवहारभइरहेको हुनसक्दछ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:  शारीरिक दुर्व्यवहार: बालबालिका माथि कुनै पनि बहानामा कुनै पनि ढङ्गले शारीरिक क्षति पुग्ने  जस्तै:…, हिंसा र दुर्व्यवहारको असर, गर्भवती अवस्थामा आमा प्रति गरिएको दुर्व्यवहारले शिशुको शारीरिक तथा मानसिक विकासमा प्रभाव पर्दछ । बालबालिका त्रसित हुने, ओछ्यानमा पिसाब गर्ने, रिसाउने, जिद्दी गर्ने, हिंसात्मक रूपमा प्रस्तुत हुने, डाह गर्ने जस्ता नकारात्मक व्यवहार देखाउँछन् । प्रारम्भिक बाल्यावस्थाका भोगाइहरू जीवनभरि मस्तिष्कमा रहिरहन्छ । यसले मस्तिष्ककोे न्युरोनहरूलाई क्षति गरी…, अभिभावकको भूमिका   , प्रारम्भिक बाल्यावस्थाका बालबालिकालाई जोखिम हुने हिंसा र दुर्व्यवहारलाई सामाजिक र कानुनी रूपमा सुरक्षा दिने जिम्मेवारी संरक्षक, बुबाआमा र अभिभावकको हो । कुनै पनि अभिभावक, शिक्षक, वयस्कले बालबालिकालाई उमेर, जात, भाषा, लिङ्ग, गरीबी, अपाङ्गता वा अरू कुनै पनि आधारमा हिंसा, दुर्व्यवहार, भेदभाव, बेवास्ता, अपमान गर्न र मानसिक तथा शारीरिक सजाय दिनु अपराध…, कानुनी आधार   , संयुक्त राष्ट्रसङ्घीय बालअधिकारको महासन्धि (सन् १९८९) धारा १९, ३४ र ३६ मा हिंसा तथा दुर्व्यवहारबाट संरक्षण सम्बन्धी उल्लेख छ । जसअनुसार राज्यले बालबालिकालाई यौन दुर्व्यवहारवा शोषणलगायत शारीरिक तथा मानसिक यातना र हेलाबाट जोगाउने प्रतिबद्धता जाहेर भएकाले कसैले यस्तो काम गरेमा अपराध हुन्छ ।  नेपालको संविधान, २०७२ भाग १ को धारा ३९ मा बालबालिकाको हक…