31 मे 2023

बालबालिकामा कुपोषणको रोकथाम

हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्दछ, खानामा पाईने तत्त्वहरूलाई पोषक तत्त्व भनिन्छ । खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । बालबालिकाको विकासात्मक चरण अनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ । कुपोषणलाई मुख्यतः तीन प्रकारमामा बाँडिएको छः  , १. न्यून पोषण (under-nutrition), पोषणले बालबालिकालाई उफ्रिन, दौडन, हिँडडुल गर्न र सधैँँ सक्रिय रहन सहयोग गर्दछ । पोषक तत्त्वहरूको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्याहरू हुन्छन् । यसलाई पनि निम्न भागमा विभाजन गरिएको छ ।   शीघ्र कुपोषण (wasting) यो एक छोटो अवधि भित्र देखिने अवस्था हो, जुुन खानाको आवश्यकतामा अचानक असन्तुलन…, २. सूक्ष्म पोषक तत्त्वको कमी (Micronutrient Deficiency), सूक्ष्म पोषक तत्त्व भन्नाले खानामा पाईने भिटामिन तथा खनिज तत्त्वहरू हन् । यसले शरीरको आन्तरिक स्वचालित अङ्गहरूको कार्यलाई सन्तुलित गर्ने, रगत बनाउने र कार्य गर्ने, हर्मोनको मात्राहरू सन्तुलन गर्ने, रोगसँग लड्ने क्षमताहरू वृद्धि गर्ने कार्य गर्दछ । सामान्यतया नेपालमा अभाव देखिने सूक्ष्म पोषक त¬वहरूमा भिटामिन ए, आयोडिन, जिङक र आईरन पर्दछन् । सूक्ष्म…,  ३. मोटोपना  , बालबालिकामा उचाइअनुसार हुनुपर्ने तौलभन्दा उच्च रहेको अवस्थालाई मोटोपना भन्ने बुझिन्छ । मोटोपना बालबालिकालाई तयारी खानामा जोड दिने, शारीरिक सञ्चालनमा कमी र वंशाणुगत कारणले हुन्छ । यस्तो खालको कुपोषणले बालबालिकालाई मधुमेह, मुटरोग तथा क्यान्सर आदि हुने सम्भावना हुन्छ ।   a child getting measured with a MUAC tape, कुपोषणको पहिचान, कुपोषणको पहिचान विभिन्न तरिकाबाट गर्न सकिन्छ । शरीरको मापन गरेर, शरीरको लक्षणहरू हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाउने मुख्य तरिका हुन् । यस मध्ये सबैभन्दा सरल तरिका लक्षण अवलोकन गरेर र शरीरको मापन गरेर तोकिएको स्तरमा दाँजेर पत्ता लगाउनु हो । यसबाट कम तौल वा शीघ्र कुपोषण सजिलै थाहा पाउन सकिन्छ भने सूक्ष्म पोषण…, कुपोषण हुनुका कारणहरू  , जन्मजात कुपोषण  पौष्टिक खाद्य, खानाबारे अज्ञानता गर्भावस्थामा आमाले पोषक तत्त्व सहितको खाना खान नपाउनु, नखानु पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भोकमरी भिटामिन तथा खनिज पदार्थको कमी  अस्वस्थ वातावरणको असर विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु  बिरामी पर्नु, जस्तै शिशु बालबालिकालाई दीर्घ झाडापखाला,…, कुपोषणका रोकथाम  , किशोरावस्थामा भएको कुपोषण (रक्त अल्पता तथा अन्य) को रोकथाम उचित पौष्टिक खानाको उपभोगबाट सम्भव छ । गर्भावस्थापूर्व स्वास्थ्य जाँच तथा हानिकारक मद्यपान, धूमपान र औषधीको सेवनमा नियन्त्रण गरेर रोकथाम गर्न सकिन्छ ।  गर्भावस्थामा सिफारिस गरीएबमोजिम नियमित स्वास्थ्य जाँच गराउँदा कुपोषण व्यवस्थापन गर्न सकिन्छ । गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना…
31 मे 2019

अमृत समान आमाको दूध

प्रकृतिले प्राणीलाई जीवन र जीवन बचाई राख्ने प्राणवायु तथा अनेकौँ प्रकारका खाद्यपदार्थहरू पनि निःशुल्क दिएको छ । तर भर्खर जन्मेको शिशुले प्रकृतिका कुनै पनि वस्तुहरू खान र पचाउन नसक्ने अवस्थामा हुने हुनाले, प्रकृतिले खाद्यवस्तुहरूको सारतत्त्व र उपयुक्त खाद्यवस्तु आमाको स्तनबाट दिएको हुन्छ । आमाको दुध शिशुको विकासात्मक आवश्यकता अनुरुप हुन्छ । जति…, आमाको दुधको विशेषता  , 🤱आमाको दुधमा रोगहरूसँग लड्ने, इम्युनोग्लोव्युलिन (immunoglobin) जस्ता सबै पोषक तत्त्वहरू सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन । 🤱आमाको दुधमा शिशुलाई पुग्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू तथा पानीको मात्रा समेत रहेको हुन्छ ।  🤱आमाको दुध सुरक्षित हुन्छ र यसमा रोगका कीटाणुहरूले आक्रमण गर्न पाउँदैन किनकि यो आमाको स्तनबाट सधैँ शिशुको…, स्तनपानको लागि आमाको तत्परता   ,  शिशुको आवश्यकताअनुसार एक दिनमा १० देखि १२ पटक (२४ घण्टा दिन र रात) आवश्यकताअनुसार स्तनपान गराउनुपर्दछ । आमाको दुधमा सम्पूर्ण पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनुपर्दछ । आमाको दुधमा नै शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकाले पानी पनि खुवाउनुपर्दैन । ६ महिना पूरा भएपछि बालबालिकालाई पूरक वा थप…, स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:, स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनुपर्दछ । सफा र खुकुलो लुगा लगाउनुपर्दछ । आमाले स्तनलाई C (अङ्ग्रेजी अक्षरको सी आकार) आकारमा समात्नुपर्दछ । बुढी औँला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरू आौँला स्तनको तलपट्टि हुनुपर्छ । शिशुलाई काखमा राख्ने र शिशुको ढाड र टाउको अलिकति अर्को हातमाथि राखेर अलि उठाउँनुपर्छ र दुध…, स्तनपान गराउने उपयुक्त आसन तथा सम्पर्क , बालबालिकाको शरीर र मुख आमाको स्तनतिर फर्किएको हुनुपर्दछ । बालबालिका आमासँग टाँसिएको हुनुपर्दछ । आमाले बालबालिकाको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्छ ।  बालबालिकाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ । स्तनको कालोभाग सबै बालबालिकाको मुखभित्र पसेको हुनुपर्छ । बालबालिकाको तल्लो ओठ बाहिर फर्केको र मुख पूरा खुलेको हुनुपर्छ ।, स्तनपानबाट शिशु र आमामा हुने फाइदाहरू   , शिशुमा हुने फाइदाहरू   आमामा हुने फाइदाहरू शिशुको मृत्यु हुने जोखिम न्यून हुन्छ। स्तनपान गर्न पाएका शिशुमा रोगबाट प्रतिरक्षा शक्ति उच्च हुन्छ ।      बिरामी परेमा अरूलाई भन्दा छिटो निको हुन्छ ।     बालबालिकामा संवेग व्यवस्थापन वा सन्तुलन गर्ने क्षमतामा उच्च हुन्छ र मानसिक समस्यामा कमी हुन्छ ।     बौद्धिक परीक्षणमा उच्च क्षमता देखिएको छ ।    …, स्तनपानमा घरपरिवारको भूमिका,   शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु शिशुको अधिकार हो, जसलाई परिवार र राज्यले आमाले शिशुको हक सुनिश्चित गर्नुपर्दछ । राज्यले पनि आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) अनुसार आमाको दुधको विकल्पमा अन्य दुध बेचविखन गर्न नपाइने उल्लेख गरिएको छ । यस अधिकारलाई सुनिश्चित गर्न परिवारले निम्न भूमिका…
31 मे 2019

अभिभावक वेब पोर्टल

प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो । यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्दछ । यही अवस्थामा बालबालिकाले जस्तो अनुभव पाउँछन्, भावी जीवन उस्तै हुन्छ । शिशु गर्भमा रहँदा वा शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने…, के हेर्न चाहनुहुन्छ?, illustration with the word pregnancy inside a circle with the words 0 to 2 in it circle with the words 2-4 in it circle with the words 4-8 in it circle with the words 8 and over in it,  उचित स्याहारको ढाँचा (Nurturing care framework), विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ तथा विश्व बैङ्कको संयुक्त पहल तथा विभिन्न अनुसन्धानका आधारमा बालबालिकाको सर्वाङ्गीण विकास हासिल गर्न आवश्यक वैज्ञानिक उचित स्याहारको ढाँचा तयार गरी सदस्य राष्ट्रहरूलाई लागु गर्न आह्वान गरेको छ । यसै ढाँचाभित्र रहेर यस अभिभावक शिक्षाको विकास भएको छ । जुन यसप्रकार छ:, राम्रो स्वास्थ्य , गर्भधारणको तयारीदेखि गर्भावस्था, जन्म, शिशु अवस्था, बाल्यावस्थाका जुनै पनि बेलामा गर्भवती महिला, गर्भमा रहेका शिशु र बालबालिकालाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरू हुन सक्छ । अभिभावक शिक्षाले, आमाबुबा वा अभिभावकहरूमा उक्त समस्याहरूको पहिचान गरी समाधान गर्ने सिप सिकाउँछ । यसैगरी सर्ने रोगहरू लाग्न नदिन र लागेका बालबालिकालाई सावधानी अपनाएर…, पर्याप्त पोषण, हाम्रो शरीरका लागि अत्यावश्यक सम्पूर्ण त¬वहरू खानाबाटै प्राप्त हुन्छ । खानाबाट प्राप्त हुने सार तत्त्व नै पोषण हो । बालबालिकाको शरीर बन्न पनि पोषण नै महत्त्वपूर्ण हुन्छ । आमाको गर्भमा आउनु अगाडिदेखि नै बुबा र आमाको शरीरमा आवश्यक पोषक तत्त्वहरू पूरा हुनुपर्छ । जसले गर्दा बालबालिका र आमा दुवै स्वस्थ हुन्छन् । प्रकृतिमा पाइने विभिन्न खाद्यवस्तुहरूलाई…, संवेदनशील स्याहार, विशेषतः शिशुले आफ्नो आवश्यकताहरू सुरुमा शारीरिक प्रतिक्रिया व्यक्त गर्छन् । यसमा स्याहारकर्ताको संवेदनशील तथा उत्तरदायीपूर्ण सहयोग नभएपछि उनीहरूको व्यवहारमा समस्या आउन सक्छ । ३ वर्षमुनिका बोल्न जान्ने बालबालिका पनि आफ्नो आवश्यकता बताउन सही शब्द छनौट गर्ने सक्दैनन् । अभिभावक तथा स्याहारकर्ताले बालबालिकाकोे यी आवश्यकताहरू नबु्झ्दा उनीहरूले अभिभावकमा…, सुरक्षा र संरक्षण , बालबालिका जहाँ छन्, त्यहीँ सुरक्षित र संरक्षित रहनु जन्मसिद्ध अधिकार हो । बालबालिका गर्भमा आएदेखि उमेर वा विकासात्मक चरण अनुरुप सुरक्षित वातावरण तयार गनुपर्ने हुन्छ । बाल दुव्र्यवहार, चोरी, बेचविखन, बालश्रम, दुर्घटना, आपत्कालीन अवस्था, रोगव्याधि आदिबाट बालबालिकालाई बचाउने तरिका र यस्ता दुर्घटनाहरू भइहालेका अवस्थामा पनि पुनःस्थापना र सरकारी नीतिका…, उत्प्रेरणा र सिकाइ , बालबालिकाको सिकाइ गर्भदेखि नै सुरु हुन्छ । बालबालिकाको सिकाइका ढोकाहरू अर्थात पाँच इन्द्रियहरू (आँखा, कान, नाक, जिब्रो, र छाला) पाएका अनुभव नै उत्प्रेरणा हुन् । उमेरअनुसार र जति यी इन्द्रियहरूले उत्प्रेरणा पाउँछन् त्यति नै सक्रिय हुंदै जान्छन् । आँखाले नयाँ कुरा हेर्न, जिब्रोले नयाँ वस्तु चाख्न, कानले सुन्न र हातले वस्तुहरू चलाउन छुन कहिल्यै…, उपयोगी श्रोत सामग्री, cover of the parenting education guidelines अभिभावक शिक्षा सहजकर्ताको लागि सन्दर्भ सामग्री a book आज हामी कुन कथा पढ्ने? a loth toy सुरक्षित बाल खेलौना a clock घरमै बनाऔं खेलौना! mother father and child सिक्दै सिकाउँदैः रेडियो प्रोग्राम a radio रोपेगुना फल: रेडियो कार्यक्रम
30 मे 2019

बालबालिकालाई पूरक खाना कसरी खुवाउने?

बालबालिकाको उमेर बढ्दै जादाँ उनीहरूको खानाको आवश्यकता आमाको दुधले मात्र पूरा हुन सक्दैन । यसैले थप खानाको आवश्यकता हुन्छ । साथै शिशुको पाचन प्रणालीको समेत विकास भई, थप खाना पचाउन सक्ने क्षमताको विकास हुन्छ । यसैले ६ महिनादेखि पूरक खाना आवश्यक हुन्छ । पूरक खाना भन्नाले पहिले खाएकोमा थप गरी पूर्ण बनाउनु हो । त्यसैले ६ महिना पूरा भएका बालबालिकालाई…, पूरक खानाको महत्त्व  , ६ महिनापछि बालबालिकालाई आमाको दुधले मात्र पोषणको मात्रा अपुग हुन्छ । यसै अवस्थामा अभिभावकले आमाका दुधले अघाईरहेको छ, भन्ने ठान्नु, नवजात शिशुहरूलाई थप खाना बनाउन सिप नहुनु, जाँगर र कर नहुनु, वा परिवार नियोजनको साधन प्रयोग नगर्दा आमा फेरी गर्भवती हुने कारणहरूले गर्दा यो उमेरपछि बालबालिका कुपोषणको शिकार हुने गरेका छन् । विभिन्न अनुसन्धानले…, पूरक खाना बनाउने तरिकाहरू, पोषिलो पिठो, चाहिने सामग्रीः  १. गेडागुडी (भटमास): १ गिलास (राम्ररी केलाई सकेपछि)  २. अन्न (मकै): १ गिलास (राम्ररी केलाई सकेपछि) ३. अन्न (गहुँ): १ गिलास (राम्ररी केलाई सकेपछि) भटमास, मकै, गहुँको सम्मिश्रण बालबालिकाको लागि निकै उपयुक्त छ, तर मकै र गहुँको ठाउँमा अन्य अन्नहरू जस्तै कोदो, जौ, चामल आदि पनि प्रयोग गर्न सकिन्छ ।     बनाउने तरिकाः  १. भटमास, मकै,…, पोषिलो लिटो,   आवश्यक सामग्रीः १. पोषिलो पिठो: (२५ ग्राम अर्थात् ४ चिया चम्चा) २. पानी: आवश्यकता अनुसार / १ चिया गिलास  तयार गर्ने तरिकाः  १. उम्लिएको पानीमा पोषिलो पिठो हालेर चलाउँदै एक मिनेट सम्म पकाउनुपर्छ । द्रष्टव्य: यसलाई अझ पोषिलो बनाउन निम्नानुसार कार्य गर्नुपर्दछ ।  हरियो साग: गाढा हरियो रङ भएको जुनसुकै साग पनि प्रयोग गर्न सकिन्छ जस्तैः रायो, चम्सुर,…, पोषिलो फर्सीको खिर, चाहिने सामग्रीः  १  अण्डा: १ ओटा  २  चिनी: स्वादअनुसार (१ चिया चम्चा भन्दा बढी नहाल्ने, फर्सी गुलियो छ भने नहाल्दा हुन्छ )  ३  मकैको पिठो: ४ चिया चम्चा  ४  नुन: थोरै एक चिम्टी  ५  दुध: २ गिलास  ६  घिउ : २ चिया चम्चा  ७  पाकेको फर्सीको पेस्टः २ गिलास (सकेसम्म भित्र पनि गाढा सुन्तला रङको) । ८  ओखर: स्वादअनुसार   बनाउने तरिकाः १  एउटा कचौरामा अण्डा,…, पोषिलो जाउलो, चाहिने सामग्री: २ टेबल चम्चा चामल,  २ चिया चम्चा हरियो वा पहेंलो मुंग,  ४ चिया चम्चा बोडी वा घिउ सिमी, १ चिया चम्चा तेल वा घिउ, २ देखि ३ कप पानी वा आवश्यकताअनुसार, बेसार, जिरा र नुन स्वादअनुसार, मसिनो हुने गरी टुक्रा पारिएको हरियो सागपात (जस्तै रायो, लट्टे, सलगम, पालुङ्गो) गाजर एकदेखि दुई चिया चम्चा मसिनो टुक्रा पारिएको मासु वा कलेजोको १ देखि २…, पोषिलो खिर, सामग्री: एक कप दुध, २ टेबल चम्चा चामल, एक चम्चा कोरेसोमा कोरेको फर्सी वा गाजर, चिनी स्वादअनुसार,  एक सानो चिया चम्चा पिनेको ओखर वा काजु, एक चिया चम्चा फलफूल (जस्तै केरा वा स्याउ वा नासपाती) को ससाना टुव्रmा पनि हाल्न सकिन्छ ।  बनाउने तरिका: ठुलालाई पकाएको भात पाक्नासाथै माथिका सामग्री हालेर, दुध र थोरै घिउ हाली फेरी सानो भाँडामा पकाउने वा पहिले नै…, पूरक खाना खुवाउँदा ध्यान दिनुपर्ने कुरा  , A view of hand over a stove, cooking उ.     उमेरः उमेरअनुसार खानाको मात्रा बढाउँदै लैजानुपर्छ । प.     पटकः शिशुलाई पटकपटक खाना खुवाउनुपर्छ । मा.    मात्राः शिशुको उमेरअनुसार खानाको आवश्यकता पनि बढ्दै जानेहुनाले मात्रा पनि बढाउँदै जानुपर्छ । बा.     बाक्लोपना/अवस्था: सुरुका दिनमा शिशुलाई पचाउन गाहे हुने हुनाले ठीक्क बाक्लो र उमेर बढ्दै जादाँ…, पूरक खानाको पटक   , ६ देखि ९ महिनासम्मः यो उमेरका बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक वा थप खाना खुवाउनुपर्दछ । खाना सुरु गर्दा ठुलो चम्चाका २ देखि ३ चम्चाबाट सुरु गर्नु पर्छ र विस्तारै एकपटकमा १ चिया गिलास बराबरसम्म खुवाउनुर्पछ । ९ देखि १२ महिनासम्मः यो उमेरका बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक वा थप खाना र एक पटक खाजा खुवाउनुपर्दछ । हरेकपटकमा…