03 अगस्ट 2023

स्तनपानसम्बन्धी १४ मिथ्या कुराहरूको निवारण

१. मिथ्या कुरा : स्तनपान गराउन सहज छ ।, शिशुहरू आफ्नी आमाको स्तनको खोजी गर्ने प्रवृत्तिसहित जन्मिएका हुन्छन्। यद्यपि, धेरै आमाहरूलाई स्तनपान गराउँदा उनीहरूका शिशु सही तरिकाले बोकिएको र स्तनसँग सही तरिकाले जोडिएको छ भन्ने सुनिश्चित गर्न व्यावहारिक सहायता चाहिन्छ। स्तनपानका लागि आमा र शिशु दुवैलाई समय र अभ्यास चाहिन्छ । स्तनपान गराउन समय पनि लाग्दछ, त्यसैले आमाहरूलाई घरमा र काममा उचित…, २. मिथ्या कुरा : स्तनपान गराउँदा दुख्नु सामान्य कुरा हो – स्तनको मुन्टो दुख्नु त अनिवार्य जस्तै हो ।, धेरै आमाहरूले शिशुको जन्मेपछि स्तनपान गराउन सिक्दै गर्दा सुरुका केही दिन असहज अनुभव गर्दछन् । तर स्तनपानका लागि शिशुलाई सही तरिकाले बोक्न र स्तनसँग शिशु सही तरिकाले जोडिएको सुनिश्चित गर्न सही सहयोग हुने हो भने स्तनको मुन्टोमा हुने दुखाइ हटाउन सकिन्छ । यदि आमाले स्तनपान गराउँदा स्तनको मुन्टो दुख्ने जस्ता चुनौती सामना गरिरहेकी छन् भने त्यसबाट…, ३. मिथ्या कुरा : स्तनपान गराउनुअघि स्तनको मुन्टो धुनु पर्छ ।, स्तनपान गराउनुअघि स्तनको मुन्टो धुनु आवश्यक छैन । शिशुहरू जन्मदा नै उनीहरूसँग आफ्नी आमाको गन्ध र आवाजसँग परिचित हुन्छन् । स्तनको मुन्टोबाट एउटा यस्तो पदार्थ उत्पादन हुन्छ, जसलाई शिशुले सुँघ्दछ । साथै यसमा राम्रो गर्ने ब्याक्टेरिया हुन्छन्, जसले जीवनभरका लागि शिशुको प्रतिरक्षा प्रणाली विकासमा मदत गर्दछ ।  , ४. मिथ्या कुरा : आमालाई आराम दिन नवजात शिशु र आमालाई अलग राख्नुपर्छ ।, डाक्टर, नर्स र सुडेनीहरूले प्रायः शिशु जन्मनासाथ प्रत्यक्ष छालामा छाला जोडेर छातीमा टाँस्ने अभ्यासलाई प्रोत्साहित गर्दछन् । यस्तो अभ्यासलाई कङ्गारुको जस्तो हेरचाह पनि भनिन्छ । आमाको छालामा शिशुको छाला जोडेर शिशुलाई प्रत्यक्ष सम्पर्कमा ल्याउने कार्य निकै महत्वपूर्ण अभ्यास हो, यसले शिशुलाई स्तन भेट्न र त्यससँग जोडिन मदत गर्दछ । तपाईंले शिशु जन्मेको…, ५. मिथ्या कुरा : स्तनपान गराइरहँदा सादा खाना मात्र खानुपर्छ ।, अरू सबैले जस्तै स्तनपान गराइरहेका आमाहरूले पनि सन्तुलित भोजन खान आवश्यक छ । सामान्यतः आफ्नो खानपानका बानी व्यवहारमा परिवर्तन गर्न आवश्यक हुँदैन । गर्भमा हुँदाको समयदेखि नै शिशुलाई आफ्नी आमाको भोजनसम्बन्धी प्राथमिकताबारे थाहा भइसकेको हुन्छ । आमालाई आफुले खाएको कुनै खास खानामा आफ्नो शिशुले कुनै खालको प्रतिक्रिया जनाउँछ की भन्ने लाग्छ भने यस्तोमा…, ६. मिथ्या कुरा : शारीरिक व्यायामले दुधको स्वादमा असर गर्दछ ।, स्तनपान गराउने आमाहरूका लागि पनि शारीरिक व्यायाम स्वस्थ कुरा हो । शारीरिक व्यायामले दुधको स्वादमा असर गर्दछ भन्ने केही पनि प्रमाण छैन ।  , ७. मिथ्या कुरा : तुरुन्तै गर्नु भएन भने स्तनपान गराउन सक्नुहुन्न ।, शिशु जन्मिएको पहिलो एक घन्टामा सुरु गर्नुभयो भने स्तनपान सजिलो हुन्छ किनकि यस समयमा शिशुमा प्रतिक्रिया जनाउने प्रवृत्ति मजबुत हुन्छ । उनीहरू स्तनपान गर्ने कुरा सिक्नका लागि तयार हुन्छन् । यदि तपाईंले शिशु जन्मनसाथ बोक्न सक्नु भएन भने आफ्नो परिस्थितिअनुसार सक्दो चाँडो  स्तनपान सुरु गर्नुहोस् । तपाईंलाई आफ्नो शिशुलाई स्तनपान गराउन सहयोगको आवश्यकता छ…, ८. मिथ्या कुरा : स्तनपान गराउन चाहनुहुन्छ भने कहिल्यै पनि फर्मुलाको (शिशुको पोषणका लागि तयार पारिएका धुलो दुध) प्रयोग नगर्नुहोस् ।, स्तनपान जारी राखेर पनि कतिपय बेलामा यस्ता फर्मुलाहरूको उपयोग गर्न आवश्यक छ भनी आमाहरूले निर्णय गर्न सक्दछन् । आफ्नो स्तनबाट आउने दुधको सट्टामा प्रयोग गरिने फर्मुला र अन्य उत्पादनहरूका बारेमा निष्पक्ष जानकारी प्राप्त गर्नु महत्वपूर्ण छ । आफ्नो स्तनबाट आउने दुधको उत्पादन भइरहोस् भन्नका लागि जति सम्भव हुन्छ, त्यति पटक आफ्नो शिशुलाई स्तनपान…, ९. मिथ्या कुरा : धेरै आमाहरूको पर्याप्त दुध नै आउँदैन ।, लगभग सबै आमाहरूले आफ्नो शिशुका लागि उचित मात्रामा दुध उत्पादन गरिरहेका हुन्छन् । शिशुलाई स्तनमा कति राम्रोसँग टाँसिएको छ, कति समयमा कति पटक दुध खुवाइएको छ र प्रत्येक स्तन चुसिरहँदा शिशुले कति दुध निकालिरहेको छ भन्ने कुराले आमाको दुध उत्पादन क्षमतालाई निर्धारण गरिरहेको हुन्छ । स्तनपान महिला एक्लैको काम होइन, आमाहरूलाई सहयोग चाहिन्छ । स्वास्थ्य सेवा…, १०. मिथ्या कुरा : बिरामी हुँदा स्तनपान गराउनु हुँदैन ।, बिरामी वा रोगको प्रकृतिका आधारमा बिरामी हुँदा पनि आमाहरूले सामान्यतः स्तनपान गराइरहन सक्छन् । तपाईंले सही उपचार, आराम र राम्रो खानपान पाउने सुनिश्चित गर्न आवश्यक हुन्छ । धेरै अवस्थामा तपाईंको शरीरले रोगसँग लड्न बनाउने रोग प्रतिरोधी तत्वहरू तपाईंको शिशुमा सरेर उसको शरीरका लागि आवश्यक प्रतिरक्षा प्रणाली विकास गर्न सक्दछ ।  , ११. मिथ्या कुरा : स्तनपान गराइरहनुभएको छ भने कुनै प्रकारका औषधी खान हुन्न ।, तपाईंले स्तनपान गराइरहनुभएको कुरा डाक्टरलाई जानकारी गराउनुका साथै पसलबाट सिधै किन्न पाइने औषधीहरूमा भएका निर्देशनहरू पढ्नु महत्वपूर्ण हुन्छ । औषधी निश्चित समयमा लिने वा निश्चित मात्रामा खाने वा वैकल्पिक औषधी सेवन गर्नुपर्ने हुन सक्दछ । शिशुलाई हेरिरहेका डाक्टरलाई पनि के औषधी तपाईंले लिइरहनुभएको छ भनी बताउनु पर्दछ ।  , १२. मिथ्या कुरा : स्तनपान गराइरहेका शिशुहरू आमासँगै टाँसिइरहने हुन्छन् ।, सबै शिशुहरू फरक हुन्छन् । जसरी जे खुवाएको भए पनि कोही शिशु टाँसिइरहने हुन्छन् भने कोही हुँदैनन् । स्तनपानले शिशुहरूलाई उत्तम पोषण मात्र प्रदान गर्दैन, यो त उनीहरूको विकासशील मस्तिष्कका लागि पनि महत्वपूर्ण हुन्छ । स्तनपान गराइने शिशुहरूलाई धेरै बोकिएको हुन्छ, जसका कारण स्तनपानले शिशुहरूको आमासँगको सम्बन्ध प्रगाढ बनाएको पाइन्छ ।  , १३. मिथ्या कुरा : एक वर्षभन्दा बढी स्तनपान गराउँदा शिशुलाई दुध छुटाउन गाह्रो हुन्छ ।, स्तनपान एक वर्षभन्दा बढी गराएपछि दुध छुटाउन गाह्रो हुन्छ भन्ने कुनै प्रमाण छैन । तर, दुई वर्षसम्म स्तनपान गराउनु आमा र शिशु दुवैका लागि लाभदायक हुन्छ भन्ने चाहिँ प्रमाणहरू छन् । सबै आमा र शिशुहरू फरक हुन्छन् र उनीहरूले कहिलेसम्म स्तनपान गर्ने र गराउने भन्ने कुरा आफ्ना चाहनाअनुसार आपसमा निर्धारण गर्न आवश्यक हुन्छ ।  , १४. मिथ्या कुरा : काममा फर्कनु छ भने शिशुलाई दुध छुटाउनु पर्छ ।, धेरै आमाहरूले काममा फर्किएपछि पनि स्तनपान जारी राख्छन् । सबैभन्दा पहिले आफ्नो देश र कार्यस्थलका नीतिहरू हेर्नुहोस् । तपाईंसँग कार्यालय समयमा स्तनपान गराउने समय र स्थानको अधिकार छ भने घर गएर स्तनपान गराउन, परिवारका सदस्य वा सहयोगी साथीलाई तपाईंको शिशुलाई तपाईं भएको ठाउँमा ल्याउन वा तपाईंको दुध निकालेर घरसम्म पठाउन सक्नुहुन्छ । कार्यालय समयभित्र…