09 जुन 2021

गरिब देशहरूलाई कोभिड-१९ विरुद्वको खोप अनुदान स्वरूप प्रदान गर्न वा पुरै विश्वलाई नै कोभिड-१९ को उच्च संक्रमणको अवस्थामा फर्काउने जोखिम मोल्न जी-सेभेन मुलुकहरूलाई युनिसेफका विश्व चर्चित समर्थकहरूले गरेको आव्हानमा युनिसेफका सद्भावना दुतहरूको ऐक्यवद्वता

न्यूयोर्क, ८ जुन २०२१ (२०७८ जेष्ठ २५ गते) - जी-सेभेनका नेताहरूले अति गरिब देशहरूलाई कोभिड-१९ विरुद्वको खोप तुरून्तै उपलब्ध गराउने प्रतिबद्वता जनाउनु पर्ने माग सहित युनिसेफका २८ जना  दुत एवं सहयोगीद्वारा गरिएको एउटा असाधारण आव्हान मा  युनिसेफका सद्भावना दुतहरू प्रियंका चोपडा जोनस, डेभिड बेकहम, केटि पेरि, ओर्लान्डो ब्रुम, वुपि गोल्डबर्ग, एञ्जेलिक…