विकासका लागि सञ्चार
हामी सबै तहका प्रमुख सरोकारवालालाई सामेल गराएर व्यवहारजन्य र सामाजिक परिवर्तन प्रवर्धन गर्न काम गर्छौं ।
- उपलब्ध:
- English
- नेपाली
चोनौती
नेपालमा बालबालिका र महिलालाई अधिकारबाट बञ्चित गराउने प्रमुख कारणहरूको विश्लेषण गर्दा सबल गराउने वातावरण र प्रणालीमा कमीका साथै व्यवहारजन्य अभ्यासलाई बलियोसँग प्रभाव पार्ने अनिच्छित विश्वास, धारणा र सामाजिक मान्यताका चुनौतीहरू पनि छन्। कुनै व्यक्तिको व्यवहार र त्यो व्यक्तिले अरूले गर्ने कुरामा राख्ने धारणा र उनीहरूले घर र समुदायको तहमा राख्ने अपेक्षाको बीचमा जटिल पारस्परिक सम्वन्ध छ ।
कुनै व्यक्तिको ज्ञान र धारणाले जे भनेपनि यस्ता दृष्टिकोणहरूले उनीहरूको व्यवहारलाई प्रभाव पार्छन् । नकारात्मक सामाजिक मान्यतालाई सम्वोधन गर्दै व्यवहार परिवर्तन गर्नु दीर्घकालीन प्रयास हो । सामाजिक मान्यता र व्यवहारमूलक सवालको गहन बुझाइविना, बालबालिका र महिलाका लागि नतीजा हासिल हुन सक्दैन ।
कार्यक्रमहरू बनाउँदा र कार्यान्वयन गर्दा, प्रायः समुदायका आवाजहरू सुनिदैंन । यसले विकास कार्यक्रमहरूको सान्दर्भिकता र प्रभावकारितालाई प्रभाव पार्छ । बालबालिका, किशोरकिशोरी, महिला, पुरूष र जिम्मेवारीमा रहेका सम्वन्धित व्यक्तिहरूले सामाजिक गतिविधी र परिवर्तन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुँदा व्यवहार र मान्यतामा सकारात्मक परिवर्तन हुने गर्दछ । यसले मानवीय अवस्थासहित सबै सन्दर्भमा बालबालिकाको बाँच्ने, विकास हुने, संरक्षण पाउने र सहभागी हुने अधिकार महशुस गराउन सहयोग गर्दछ ।
यो फरकपना सम्वोधन भएको र नीति निर्माता र कार्यान्वयनकर्ताले समुदायको पृष्ठपोषणमा ध्यान दिएको सुनिश्चित गर्न, समुदायको दृष्टिकोण र सामाजिक सेवा (पहुँच, गुणस्तर, समावेशिता, लैंगिक संवेदनशीलता, इत्यादि) सम्वन्धी सन्तुष्टि बुझ्ने संयन्त्रको स्थापना हुनुपर्छ । यी संयन्त्रको माध्यमबाट संकलन गरिएका जानकारीहरू आवश्वक कारवाहीका लागि नियमित रूपमा नीति निर्माता र कार्यान्वयनकर्तासम्म पुर्याउनुपर्छ ।
समाधान
विकासका लागि सञ्चार कार्यक्रम सोसियो इकोलोजिकल मोडल (सामाजिक पारिस्थितिक नमूना) मा आधारित छ जसले “व्यक्तिगत व्यवहारले प्रभावको विभिन्न तहमा प्रभाव पार्छ र प्रभावित हुन्छ” भन्ने मान्यता राख्छ । यसको अर्थ व्यक्तिको व्यवहार शून्यमा विकास वा परिवर्तन हुँदैन । विभिन्न तहमा व्यक्तिगत व्यवहारलाई प्रभाव पार्ने धेरै कारणहरू हुन्छन् । त्यसैले, विभिन्न तहमा परिवर्तन गर्नका लागि अवरोध/सिमितता र कारणहरू बुझ्नु र सम्बोधन गर्नु महत्वपूर्ण हुन्छ ।
प्रणाली सबलीकरण तथा क्षमता अभिबृद्धि: सामाजिक तथा व्यवहार परिवर्तन पहलहरूलाई महत्व दिएको सुनिश्चित गर्नका लागि, सरकार, गैरसरकारी संस्था र सञ्चारमाध्यममा यो क्षेत्रमा चाहिने क्षमता राख्नु जरूरी हुन्छ । परिवार र समुदायको तहमा प्रमुख व्यवहारका लागि दिगो र गुणस्तरीय संलग्नता गरिएमा सरकारी प्रणालीको अंगको रूपमा रहने समुदाय तहका सञ्चारकर्मीको क्षमता अभिबृद्धि महत्वपूर्ण हुन्छ ।
साझेदारी र नवीनता: व्यापक रूपमा परिवार र समुदायसम्म पुग्नका लागि फराकिलो, बहुक्षेत्रीय साझेदारी स्थापना गर्नु जरूरी हुन्छ। पूर्व सैनिक संगठन, धार्मिक सञ्जाल, महिला सहकारी, इत्यादिजस्ता ठूलो पहुँच भएका संस्थाहरूसँग समुदायमा रहेका उनीहरूका सञ्जालका सदस्यसँग समाज र व्यवहार परिवर्तनका संवाहकका रूपमा पुग्नका लागि साझेदारी गर्नु आवश्यक हुन्छ ।
सामुदायिक सशक्तिकरण र सामाजिक मान्यता परिवर्तन: सूचना, सहायता र सशक्तिकरण सबैभन्दा धेरै चाहिने व्यक्तिहरूसँग केन्द्रीत र व्यापक रूपमा निश्चित र अनुकुलन गरिएका विकासका लागि सञ्चार पहलहरू विकास र कार्यान्वयन गर्नका लागि पहिचान गरिएका बञ्चितिकरण र सिमान्तिकरणको आधारमा भुगोल छान्नु जरूरी हुन्छ । यो शैलीको उद्देश्य समुदायलाई उनीहरूको विकास र परिवर्तनको प्रक्रियामा साझेदार बन्नका लागि सशक्त बनाउनु रहन्छ ।
ज्ञान व्यवस्थापन, अनुसन्धान, अनुगमन र मुल्यांकन : उपयुक्त विकासका लागि सञ्चार पहलका लागि, प्राथमिकतामा राखिएका व्यवहारको पछाडि रहेका अवरोध र कारणलाई अझ राम्रोसँग बुझ्नका लागि अनुसन्धान गर्नु जरूरी हुन्छ । व्यवसायिक/शैक्षिक संस्थासँगको साझेदारी विकास हुनुपर्छ र विकासका लागि सञ्चारमा तालिमहरू सञ्चालन गर्नुपर्छ ।
