बाल अधिकार सम्बन्धी महासन्धी

प्रत्येक बालबालिकाको हरेक अधिकारको लागि।

Group of children
UNICEF Nepal

तीस वर्ष अघि संसारका प्रायजसो सबै मुलुकले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीलाई  स्वीकारेर  विश्वका सम्पूर्ण बालबालिकाका लागि एउटा ऐतिहासिक प्रतिबद्धता गरे।  

यो इतिहास मै सर्वमान्य मानवाधिकार सन्धी बन्न पुग्यो र यसले विश्वभरिका बालबालिकाको जीवनमा आमुल परिवर्तन ल्याउन ठुलो टेवा पुर्याएको छ ।  

तर अझै पनि धेरै बालबालिकाहरु विभिन्न अधिकार र अवसरबाट बञ्चित छन् । बाल्यकालमै उनीहरु जिम्मेवारीको बोझ बोक्न बाध्य छन्।  

सरकार, व्यवसाय र समुदायका नेतृत्वतहमा रहेका व्यक्तिहरु समक्ष, उक्त महासन्धीमा गरिएको प्रतिबद्धताहरू पूरा गरि बालबालिकाको अधिकार सुनिश्चिताको माग गर्ने, सम्पूर्ण जिम्मेवारी अहिलेको पुस्ताको हो।  उनीहरुले  प्रत्येक बालबालिकासंग बालक भएर बाच्न पाउने अधिकार छ भनेर सुनिश्चित गर्नको लागी कटिबद्ध भएर लाग्न जरुरि छ। र अबको कदम निर्णयक हुन पर्नेछ।  

बालबालिकाको अधिकारका लागि वर्तमानमा काम गर्नु भनेको अहिलेको बालबालिकाको लागि मात्र नभई आउँदो पुस्ताको लागि पनि योगदान दिनु हो।

बिगत ३० वर्षमा बालबालिकाको जीवनमा आमुल परिवर्तन देखिएको छ ...

children

५ वर्ष भन्दा मुनिका बालबालिकाको मृत्युदर ५०% भन्दा बढीले घटेको छ। 

food icon

सन् १९९० भन्दा यता कुपोषित बालबालिकाको अनुपात लगभग आधा रह्यो।  

water

सन् १९९० भन्दा आज २.६ अरब भन्दा बढी मानिसहरुले शुद्ध पानी खान पाएका छन्।  

... तर लाखौं अझै पछाडि छन् र बाल्यकाल द्रुत गतिमा परिवर्तन भइरहेको छ।

School icon

अझै पनि २६ करोड २० लाख बालबालिकाहरु  विद्यालयको पहुँच भन्दा बाहिर छन्।

Girls icon

६५ करोड ५० लाख बालिकाहरु १८ वर्ष नपुग्दै विबाह वन्धनमा बाँधिए। 

water tap icon

चार मध्ये एक बालबालिका सन २०४० सम्म पनि पानीको चरम अभाव भएको क्षेत्रमा बसोबास गर्न बाध्य हुनेछन।