हामीले हाम्रो कोभिड-१९ पुन:स्थापना मा बालिकाहरूलाई प्राथमिकता दिनुपर्छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलको वक्तव्य

08 मार्च 2022
Two school girls sitting in their classroom in a school in Bhaktapur
UNICEF Nepal/2019/PShrestha

न्यूयोर्क, ८ मार्च २०२२ - “अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वका महिला र बालिकाहरूका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको कडा सङ्घर्षको उपलब्धिको हामी कदर गर्छौं । हाम्रो समाजमा महिला तथा बालिकाहरूले हासिल गरेका उल्लेखनीय उपलब्धिहरूको पनि हामी कदर गर्छौं । साथै, हामी ती उपलब्धिहरू सबै ठाउँमा रहेका हरेक बालिकासम्म बिस्तार गर्ने थप प्रतिबद्धता जाहेर गर्छौं।     

"तर लैङ्गिक समानताको लडाइँ समाप्त हुन अझ धेरै बाँकी छ । वास्तवमा, कोभिड-१९ भन्दा पहिले पनि लैङ्गिक असमानता हाम्रो परिवेशमा सबैभन्दा व्यापक र उल्लेखनीय अन्यायको रूपमा कायम रहेको थियो । यो महामारीको प्रभावले यो अन्याय झन् धेरै गुणाले बढेको छ । 

"कोभिड-१९ को तेस्रो वर्षमा प्रवेश गरेसँगै र महामारीपछिको युगको लागि काम गरेसँगै,  सही पुन:स्थापना लैङ्गिकताको हिसाबले समान हुनुपर्छ ।

"कोभिड-१९ ले बालिकाहरूको जीवनमा नराम्रो असर गरिरहेको छ। बन्द विद्यालयहरू, आर्थिक तनाव तथा सेवामा अवरोधहरूले सबैभन्दा कमजोर बालिकाहरूको स्वास्थ्य, कल्याण र भविष्यलाई जोखिममा पारिरहेका छन्।  विश्वव्यापी रूपमा, १ करोड दश लाखभन्दा बढी बालिकाहरू महामारीपछि कहिल्यै विद्यालयमा नफर्कन सक्छन् । अर्को दशकमा, थप एक करोड बालिकाहरू बालविवाहको जोखिममा रहनेछन् । साथै, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) का अनुसार, महिलाको यौनाङ्ग विच्छेदका २० लाख थप घटनाहरू हुन सक्नेछन् ।  

“बन्दाबन्दीले बालबालिकालाई आफ्नो घरमा बढी समय बिताउन बाध्य तुल्याएको हुनाले, बालिकाहरूले अधिक मात्रामा घरेलु कामको जिम्माको बोझ उठाइरहेका छन् । तीमध्ये धेरै जना आफ्ना दुर्व्यहारकर्तासँग नजिक र सुरक्षा प्रदान गर्न मद्दत गर्ने सेवाहरू र समुदायहरूबाट अलग हुन बाध्य भएका छन् । लैङ्गिकतामा आधारित हिंसाका साथमा यौन हिंसा पनि बढ्दै गएको छ । 

"हामी बालिकाहरूको एक सम्पूर्ण पुस्तालाई उनीहरूको बाँकी जीवनको लागि यो महामारीको नकारात्मक परिणाम वहन गर्न दिन सक्दैनौँ । महामारीपछिको समयतिर काम गर्ने क्रममा हामीले बालिकाहरूलाई विश्वव्यापी, राष्ट्रिय र स्थानीय महामारी सम्बन्धित प्रतिक्रिया तथा पुन:स्थापनाका योजनाहरूको केन्द्रमा राख्नुपर्छ ।   

"यसको अर्थ हामीले बालिकाहरूको शिक्षालाई पूनः सन्चालन गर्न विद्यालयहरू खुला राख्नु हो र पढाइ छुटेकाहरूको मद्दत गर्न विभिन्न स्रोतहरूमा लगानी गर्नु हो ।  

"यसको अर्थ बालिकाहरूको स्वास्थ्य र शिक्षामा पुन: लगानी गर्नु हो । साथसाथै  यौन र प्रजनन स्वास्थ्य र अधिकारहरू र  गुणस्तरीय महिनावारी स्वास्थ्य र स्वच्छता सेवाहरूमा उनीहरूको पहुँचमा सुधार गर्नु हो ।

"यसको अर्थ बालिकाहरूलाई बालविवाह र महिलाको यौनाङ्ग विच्छेद जस्ता हानिकारक अभ्यासहरूका साथै सबै प्रकारका हिंसाबाट जोगाउनु हो ।

"सशक्त बालिकाहरूले प्रगतिको मार्गमा शक्ति प्रदान गर्दछन् । संसारभरका बालिकाहरू आफ्नो अधिकारको लागि उभिएका छन् र यस प्रकारका कदमहरूको लागि आह्वान गरिरहेका छन् । हामीले सुन्नुपर्छ । विश्वव्यापी स्थायित्त्व, शान्ति र समृद्धि यसैमा भर पर्छ । 

"अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा, बालिकाहरूमा केन्द्रित कोभिड-१९ पुन:स्थापनाका लागि थप मद्दत पुर्‍याउने प्रतिबद्धता गरौँ जसले महामारीपछिको विश्व न्यायपूर्ण र समान बनाउनेछ । साथै, हामी सबैका लागि उज्यालो, अझ  शान्तिपूर्ण र समृद्ध भविष्य सिर्जना गर्नेछ ।"

 

 

 

मिडिया सम्पर्कहरू

हेलेन वाईली
युनिसेफ न्‍यु योर्क
सम्पर्क: +1 917 244 2215
इमेल: hwylie@unicef.org

युनिसेफको बारेमा

युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं ।

युनिसेफ तथा बालबालिकाका लागि यसले गर्ने कार्यका बारेमा थप जानकारीका लागि

www.unicef.org मा जानुहोस् र युनिसेफ लाई TwitterFacebook र Instagram मा पनि फलो गर्नुहोस् ।