विश्वभरि नै कोभिड-१९ खोप पुर्याउने युनिसेफको ऐतिहासिक लक्ष्यमा सहयोग गर्ने प्रमुख वायुसेवा कम्पनीहरूको प्रतिबद्धता  

19 फेब्रुअरी 2021
This image shows a UNICEF staff on an airport runway.
UNICEF/UN0375879/Vera

कोपनहेगन/काठमाडौं, ७ फागुन २०७७ - युनिसेफले गत मंगलबार मानवीय सहायताका लागि हवाई ढुवानी पहलको शुरूवात गरेको छ । यस ऐतिहासिक पहलअन्तर्गत कोभिड महामारी विरुद्धको प्रतिकार्यका लागि कोभिड-१९ खोपका साथै अत्यावश्यक औषधि, मेडिकल सामाग्री तथा अन्य महत्वपूर्ण वस्तुहरू प्राथमिकताको आधारमा आपूर्ति गर्ने कार्यमा युनिसेफलाई सहयोग गर्नको लागि विश्वका १० प्रमुख वायुसेवा कम्पनीहरूले एउटा सम्झौतामा हस्ताक्षर गर्दैछन् । आगामी दिनहरूमा आइपर्ने अन्य मानवीय तथा स्वास्थ्य संकटहरूसँग जुध्नको लागि विश्वव्यापी बन्दोबस्तीको तयारी संयन्त्रको रूपमा पनि यो पहल उपयोगी हुनेछ।   

"कोल्ड चेनयुक्त भण्डारणसहित छोटो अवधिमै धेरै परिमाण विश्वका विभिन्न स्थानहरूमा पुर्याउनुपर्ने गरी यस जीवन रक्षक खोपको ढुवानी कार्य आफैंमा एउटा विशाल एवं जटिल प्रकृया हो" युनिसेफको आपूर्ति महाशाखाका निर्देशक एत्लेभा कादिलिले भन्नुभयो। "कोभिड-१९ खोपको वितरणको लागि  युनिसेफको पहलमा मानवीय सहयोगका लागि हवाई ढुवानी पहलमा साथ दिएकोमा हामी यी वायुसेवा कम्पनीहरूप्रति कृतज्ञ छौं।"   

विश्वभरि नै न्यायोचित रूपमा कोभिड-१९ खोप वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेको विश्वव्यापी पहल कोभ्याक्स फसिलिटि (कोभ्याक्स सुविधा) लाई सहयोग पुर्याउने उद्देश्यले युनिसेफको पहलमा परिकल्पना गरिएको मानवीय सहयोगका लागि हवाई ढुवानी अभियानमा संलग्न हुने वायुसेवा कम्पनीहरूले विश्वका १०० भन्दा बढी देश समेट्ने विभिन्न रूटहरूमा खोप पुर्याउनेछन्। सम्बन्धित देशमा खोप सेवाका आवश्यक सबै तयारी पुरा भएपछि र वितरण योजनाले अन्तिम रूप पाएपछि सन् २०२१ को प्रारम्भसँगै कार्यान्वयन हुने कोभ्याक्स फसिलिटिको पहिलो चरणको अनुमानित वितरण योजनामा समावेश गरिएका १४५ देशलाई त्यहाँ बसोबास गर्ने औसतमा ३ प्रतिशत जनसंख्यालाई लगाउन पुग्ने गरि खोप वितरण गरिनेछ।   

यो जीवन रक्षक सामाग्रीहरूको आपूर्ति कार्यको प्राथमिकतामा ध्यान दिनुका साथै  तापक्रम नियन्त्रण तथा सुरक्षाको आवश्यक प्रबन्ध र आवश्यकता अनुसार विभिन्न रूटहरूमा ढुवानी क्षमता पनि वृद्वि गर्ने वायुसेवा कम्पनीहरूको प्रतिवद्वता ती  सामाग्रीहरू समयमै सुरक्षित रूपमा पुर्याउनको लागि अत्यन्तै महत्वपूर्ण छ।  

बालबालिका र उनीहरूका परिवारको लागि अत्यावश्यक सेवामा पहुँच स्थापना गर्नको लागि जीवन रक्षक सामग्रीहरूको ढुवानी समयमै सुरक्षित एवं चुस्त रूपमा सम्पन्न गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ।  कोभ्याक्स सुविधामार्फत खोप वितरण पश्चात अग्रपंक्तिमा खटिने पेशाकर्मीहरूले उक्त खोप लगाएपछि अत्यावश्यक सेवाहरू सुरक्षित रूपमा  पुन: सुचारु गर्नको लागि स्वास्थ्य तथा सामाजिक सेवा प्रणालीहरूलाई सहज हुनेछ । 

यस मानवीय हवाई ढुवानी पहल चाँडै नै नेपालमा पनि कोभ्यास फसिलिटीमार्फत आउने खोपको पहिलो ब्याच ल्याउनका लागि प्रयोग हुनेछ । युनिसेफले आपुर्तिकर्ताहरू, वायुसेवा कम्पनीहरू र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्यमा खरीद र नेपालमा ढुवानीका साथसाथै देशभरको शीतभण्डार सुरक्षा र खोपको द्रुत वितरण सुनिश्चित गर्नका लागि काम गरिरहेको छ ।

 

सम्पादकहरूला थप जानकारीः

संसारभर कोभिड-१९ को खोप र मेडिकल सामग्रीहरू ढुवानी गर्नका लागि हालसम्म युनिसेफसँग हातेमालो गरेका शीर्ष वायुसेवा कम्पनीहरू यी हुन्: एयर ब्रिज कार्गो, एयर फ्रान्स/केएलएम, एस्ट्रल एभिएसन, ब्रसेल्स एयरलाइन्स, कार्गोलक्स, क्याथे प्यासेफिक, इमिरेट्स स्काइकार्गो, इथियोपियन एयरलाइन्स, इतिहाद एयरलाइन्स, आइएजी कार्गो, कोरियन एयर, लुफ्थान्सा कार्गो, कतार एयरवेज, सउदिया, सिंगापुर एयरलाइन्स लिमिटेड र युनाइटेड एयरलाइन्स । पछिल्लो सूची https://www.unicef.org/partnerships/humanitarian-airfreight-initiative मा उपलब्ध छ ।

मिडिया सम्पर्कहरू

सब्रिना सिधु
निसेफ न्यूयोक
सम्पर्क: +1 917 4761537
इमेल: ssidhu@unicef.org
एन सोफी बोनेफेल्ड
युनिसेफको दक्षिण एसिया कार्यालय, नेपाल
सम्पर्क: +९७७ ९८०१० ३००७६
इमेल: abonefeld@unicef.org

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा वन्चितिकरणमा परेका बालबालिकाहरूसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ । १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि हामीले गर्ने कार्यको बारेमा थप जानकारीको लागि  www.unicef.org/nepal/ मा जानुहोस्। 

कोभिड-१९ सम्बन्धी थप जानकारीको लागि  : www.unicef.org/coronavirus

कोभिड-१९ खोप सम्बन्धी युनिसेफले गरिरहेका कामको बारेमा जानकारीको लागि यहाँ  हेर्नुहोस् ।  

नियमित खोप सेवा सम्बन्धी युनिसेफले गर्ने कामको बारेमा जानकारीको लागि यहाँ हेर्नुहोस् ।  

Twitter र  Facebook मा हामीलाई फलो गर्नुहोस् ।