नेपालमा कोभिड-१९ विरुद्ध स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन एसियाली विकास बैंक र युनिसेफको सहकार्य

कोभिड-१९ विरुद्धको अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्नको लागि सुरक्षा सामाग्रीहरू

17 जुन 2020
This image shows supplies arriving at the Tribhuvan International Airport
UNICEF Nepal/2020/LPNgakhusi

काठमाडौ, २०७७ आषाढ ३:  कोभिड-१९ महामारी विरुद्ध कार्यरत स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्नको लागि युनिसेफले आज  नेपालमा स्वास्थ्य सुरक्षा उपकरण र सामाग्रीहरू उपलब्ध गराएको छ । उक्त सहयोग एसियाली विकास बैंक (एडिबी)को अनुदान मार्फत सम्भव भएको हो । एसियाली विकास बैंकले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) लाई प्रदान गरेको ३ लाख डलर बराबरको अनुदानबाट नोभेल कोरोना भाइरस (कोभिड-१९) महामारीको विरुद्ध जारी प्रतिकार्यमा नेपाललाई सघाउनको लागि आपतकालीन स्वास्थ्य सामाग्री तथा उपकरणहरू खरिद गरिएको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा आज आइपुगेका स्वास्थ्य  सामाग्री तथा उपकरणहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका आवश्यकता अनुरूप देशै भरिका कोभिड-१९ अस्पतालमा आइसोलेसन वार्ड तयार गर्नको लागि प्रयोग हुनेछन् ।    

“नेपालमा कोभिड -१९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरुका लागि अत्यावश्यक स्वास्थ्य सामग्री  उपलब्ध गराउंदै जीवन बचाउने कार्यमा खटिनुभएका उहाँहरुको सामु दैनिक रुपमा आइपर्ने जोखिम न्युनीकरण गर्ने यस कार्यमा युनिसेफ नेपालसँग सहकार्यको अवसर पाउँदा एसियाली विकास बैंक अत्यन्तै हर्षित छ,” नेपालका लागि एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक श्री मुख्तर खामुदखानोभले भन्नुभयो। "नोभेल कोरोनोभाइरस (कोभिड-१९) महामारी विरुद्धको प्रतिकार्यमा सहयोग गर्न तथा  नेपाल सरकारसंग एसियाली विकास बैंकको निकट सहकार्य निरन्तर जारी छ।"  

नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विस्कले भन्नुभयो : “नेपालले सामना गरिरहेको कोभिड-१९ संकट विरुद्ध योगदान गरेकोमा तथा  जीवन बचाउने नेपाल सरकारको क्षमतालाई अझ सुदृढ तुल्याउने महत्वपुर्ण स्वास्थ्य उपकरणको खरिद गरि उपलब्ध गराउनको लागि आफ्नो विज्ञताको उपयोग गर्न युनिसेफलाई मद्दत गर्ने यो हाम्रो साझेदारीको लागि एसियाली विकास बैंकलाई धन्यवाद दिन चाहन्छौं । बालबालिका र युवाहरु लगायतका उच्च जोखिममा रहेका समुहहरुलाई सुरक्षित राख्नको लागि हामीले मिलेर सहयोग गर्न सक्छौं।" 

कोभिड-१९ फैलिन नदिन युनिसेफले नेपाल सरकार तथा अन्य साझेदारहरुसँग निकट सहकार्य  गरिरहेको छ, जस्तै प्राविधिक सहयोग उपलब्ध गराउने, अत्वाश्यक स्वास्थ्य सुरक्षा सामाग्रीहरु खरिद गर्ने, र महत्वपुर्ण  जानकारीहरू सहित सबै नेपालीहरूसम्म पुग्नको लागि प्रभावकारी स्वास्थ्यमुलक  सन्देश विकास गर्ने आदि। हालसम्म युनिसेफ नेपालले थुप्रै सामाग्रीहरू  नेपाल सरकारलाई उपलब्ध  गराइसकेको छ, जुन  निम्न कुराहरू सुनिश्चित गर्न सहयोगी सावित भैरहेका छन् : देश भरि ७०,००० भन्दा बढी बालबालिका र महिलाहरूका लागि  अत्यावश्यक स्वास्थ्य सेवा, २०,००० भन्दा बढी बालबालिकाहरूका लागि दुर शिक्षा वा घरमै बसेर सिक्न पाउने ब्यवस्था, र ५५,६०० भन्दा बढी मानिसहरूको अत्यावश्यक पानी, सरसफाई र स्वच्छता सम्बन्धी सामाग्री तथा सेवाहरुमा पहुँच । साथै, कोभिड-१९ का जोखिमहरू तथा यसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा सन्देश प्रदान गर्दै युनिसेफ लाखौं मानिसहरूसम्म पुगेको छ । 

मिडिया सम्पर्कहरू

बिनीता शाह खड्का
एसियाली विकास बैंक
इमेल: bkhadkha@adb.org
तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा बंचितिकरणमा परेका बालबालिकाहरूसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं ।

एसियाली विकास बैंकको बारेमा 

एसियाली विकास बैंक आफ्ना प्रयासलाई चरम गरिबी अन्त्य गर्न केन्द्रित गर्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्र निर्माणका लागि प्रतिवद्ध छ । सन् १९६६ मा स्थापना भएको एडिबीमा यस क्षेत्रका ४९ गरी ६८ राष्ट्रहरु सदस्य छन् ।

 www.adb.org मा जानुहोस्।