नेपालका बालबालिका तथा युवाहरूको आवाजलाई सशक्त बनाउन राकुटेन भाइबर र युनिसेफ नेपालको सहकार्य

11 जुलाई 2020
This image shows a poster of the Covidko Kura viber sticker pack
UNICEF Nepal

काठमाडौँ, आषाढ २६, २०७७:  नि:शुल्क एवं सुरक्षित रूपमा सन्देश आदानप्रदान गर्न सकिने विश्वमै लोकप्रिय  एप्लिकेसन राकुटेन भाइबर र नेपालमा बाल अधिकारको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को सहकार्यमा भाइबरमा U-Report Nepal नामक नयाँ च्याटबटको सुरुवात गरिएको छ।  

 U-Report Nepal  समुदायसँग जोडिनको लागि एउटा उपयुक्त माध्यम हो, जसको प्रयोग  मार्फत युवाहरूले आफ्नो समुदायमा सकारात्मक परिवर्तनको वकालत गर्न सक्छन् ।   साथै,   ‘कोभिडको कुरा / Covidko Kura’ नामक निशुल्क भाइबर स्टिकर प्याकको पनि शुरुवात गरिएको छ ।  

भाइबरमा च्याटबटको रूपमा रहेको U-Report Nepal मार्फत युवाहरूले कोभिड-१९, मानसिक स्वास्थ्य समस्या लगायत अन्य विषयहरूको बारेमा जानकारीहरू प्राप्त गर्न सक्छन् ।  प्रयोगकर्ताहरूको गोप्यतालाई कायम राख्दै  प्रत्यक्ष रूपमा तर तीव्र गतिमा तथ्यांक संकलन गर्ने कार्यमा यो  सहयोगी हुनेछ। च्याटबटका प्रयोगकर्ताहरूले यस भित्र रहेका विभिन्न सर्वेक्षण मार्फत आफ्नो विचार र आवाज पनि व्यक्त गर्न सक्दछन् ।  युवाहरूको सरोकार तथा चासो रहने  सवालहरू सम्बोधन गर्न सहयोगी होस् भनि तयार पारिएको U-Report Nepal ले राज्यका निकायहरू, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई यसमा समाविष्ट  सर्वेक्षणको नतिजाबाट प्राप्त तथ्यांकले उपयुक्त रणनीति एवं निर्णयहरूका लागि प्रेरित गर्नुका साथै  सन्चार माध्यमहरूलाई  पनि  सुसुचित रहन मद्दत गर्ने आशा गरिएको छ ।

भाइबरमा U-Report Nepal संग जोडिनको लागि सर्च बक्समा  गइ   "U-Report Nepal" सर्च गर्न सकिन्छ ।    च्याटबट खुलेपछि 'CORONAVIRUS' वा 'COVIDINFO' टाईप गरि  'send' गरेपछि यसको प्रयोग गर्न शुरू गर्न सकिन्छ।    

साथै, भाइबरमा नि:शुल्क डाउनलोड गर्न सकिने 'कोभिडको कुरा' नामक स्टिकर प्याक पनि उपलब्ध रहेको छ। कोभिड१९ (covid19), युनिसेफ (UNICEF), युनिसेफ नेपाल (UNICEF Nepal), कोरोनाभाइरस (coronavirus), माया फैलाउ (Spread Love), नम्र बनौँ (Be Kind), न्यानोस्वागत (NyanoSwagat), माया फैलाऔं (Maya Failau), कोभिडको कुरा (Covidko Kura) जस्ता सर्च ट्यागहरू प्रयोग गरि भाइबरको स्टिकर मार्केटमा भएका स्टिकरहरू डाउनलोड गर्न सकिन्छ ।  स्टिकर प्याक डाउनलोड गरेसंगै  प्रयोगकर्ताहरू भाइबर च्याटबटमा रहेको U-Report Nepal पनि जोडिन्छन । 

"युवा सशक्तिकरणको लागि सहयोगी माध्यमको रूपमा आफुलाई उभ्याउनको लागि भाइबर सधैं कटिवद्व रहेको छ।  विशेष गरि मानसिक स्वास्थ्य एवं युवा चासोका अन्य समस्याहरूका बारेमा कम कुराकानी हुने नेपालको परिप्रेक्ष्यमा U-Report Nepal च्याटबटले आधिकारिक र विश्वासिलो जानकारी प्राप्त गर्नको लागि युवाहरूलाई सघाउने विश्वास हामीले लिएका छौं।  यसले उनीहरूलाई आफ्ना समस्या अरूलाई सुनाउन  तथा समुदायमा अझै बढी सकृय हुन पनि सहयोग गर्नेछ।" राकुटेन भाइबरका प्रमुख विकास अधिकृत अन्ना जामेंस्कयाले भन्नुभयो।

"युवाहरू र  युनिसेफका बीचको अन्तरकृयामा  U-Report अत्यन्तै महत्वपुर्ण माध्यमको रूपमा रहेको छ।  कोभिड-१९ महामारीमा बितेका केहि महिनामा विश्वभरिका युवाहरू  U-Report मा २ करोड भन्दा धेरै पटक सक्रिय भइसकेका छन् ।  त्यसैले नेपालका युवाहरूको लागि पनि उनीहरू र समुदायमा सुधार ल्याउने  उनीहरूका विचारमाथि  प्रभाव पार्ने विषयहरूमा आफ्नो विचार व्यक्त गर्नको लागि एउटा अवसर उपलब्ध गराउने प्रयास स्वरूप भाइबरसँग सहकार्य  गर्न पाउँदा हामी हर्षित छौं " नेपालको लागि युनिसेफ प्रतिनिधि एल्के विसले भन्नुभयो । “यो सुविधाको साथै   रोचक स्टिकर प्याकको उपयोग गर्दै युवाहरूले आफ्नो जीवनका लागि महत्वपुर्ण जानकारी प्राप्त गर्नुका साथै असल कामको लागि आफ्नो संजालको प्रयोग गर्न सक्छन। " 

मिडिया सम्पर्कहरू

लाना मकपगल
भाइबर एशिया-पेसिफिक
इमेल: lana@viber.com
तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org

राकुटेन भाइबरको बारेमा 

नि:शुल्क रुपमा डाउनलोड गर्न सकिने भाइबर एपबाट अन्य भाइबर  प्रयोगकर्तालाई नि:शुल्क फोन गर्न र सन्देश पठाउनुका साथै फोटो तथा भिडियो सन्देश पनि पठाउन सकिन्छ। मोबाइल फोन तथा कम्प्युटर दुवैमा चलाउन सकिने भाइबर मार्फत विश्वको जुनसुकै स्थानमा रहेका मानिसहरूसँग कुराकानी गर्न सकिन्छ। 

 

यु रिपोर्ट (U-Report) को बारेमा 

मे महिनामा शुरू भएदेखि अहिले सम्म  २००० जना भन्दा धेरै युवाहरूले U-Report Nepal संग जोडिएर कोभिड-१९ संग सम्बन्धित सन्देशहरू प्राप्त गर्नुका साथै त्यसमा समावेश गरिएको सर्वेक्षणमार्फत आफ्नो विचारहरू व्यक्त गरिसकेका छन्।  युनिसेफले विश्वभरि नै विकास गरेको   U-Report ले युवाहरूलाई आफ्नो  भावना व्यक्त गर्न तथा सामाजिक रूपमा सकृय हुन सहयोग गर्दछ ।  नेपाल लगायत विश्वभरिका युवाहरूलाई आफ्नो दैनिक चासोका विषयहरूमा प्रश्न राख्न, छलफल गर्न तथा आफ्नो आवाज उठाउनको लागि प्रोत्साहित गर्नु  U-Report को लक्ष्य रहेको छ। भाइबरमा निशुल्क रूपमा उपलब्ध U-Report को विकास युवाहरूको लागि आवाज उठाउन युनिसेफले गरेको थियो जसमा हालसम्म विश्वभरिका ६५ वटा देशका ८ करोड युवाहरू जोडिईसकेका छन्।  

 

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबैभन्दा बञ्चितिकरणमा परेका बालबालिकाहरूसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं ।