नयाँ वर्षका शिशुहरुः अंग्रेजी नयाँ वर्षको दिनमा नेपालमा १,५०० भन्दा धेरै शिशुहरु जन्मिने — युनिसेफ

सन् २०२० मा, युनिसेफले संसारभरका नेतृत्व र राष्ट्रहरुलाई हरेक नवजात शिशुलाई जोगाउनका लागि स्वास्थ्यकर्मीको सीप र उपकरणमा लगानी गर्न आव्हान गर्दै

01 जनवरी 2020
newborn baby
UNICEF Nepal/2018

काठमाडौं, नेपाल, १६ पुस २०७६ — अंग्रेजी नयाँ वर्षको दिनमा नेपालभर १,५६७ शिशुहरु जन्मिने अनुमान गरिएको युनिसेफले जनाएको छ । नेपाली शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिे ३९२,०७८ शिशुको ०.४ प्रतिशत हुनेछ । 

“नयाँ वर्ष र नयाँ दशकको शुरुवात हाम्रो आफ्नो भविष्यका लागि हाम्रा आशा र आकांक्षाहरुबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर हो”, युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्नुभयो । “पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा शुरु गरेका हरेक बालबालिकाको उनीहरुलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।”

प्रशान्त क्षेत्रको फिजीले सन् २०२० को पहिलो शिशु प्राप्त गरेको छ भने संयुक्त राज्य अमेरिकाले नयाँ वर्षको दिनको अन्तिम शिशु प्राप्त गर्नेछ । संसारभर, आज जन्मिने आधाभन्दा धेरै शिशुहरु निम्न आठ देशहरुमा जन्मिने अनुमान गरिएको छः 

१. भारत — ६७,३८५
२. चीन — ४६,२९९
३. नाइजेरिया — २६,०३९
४. पाकिस्तान — १६,७८७
५. इन्डोनेसिया — १३,०२०
६. संयुक्त राज्य अमेरिका — १०,४५२
७. डेमोक्रेटिक रिपब्लिक अफ कंगो — १०,२४७
८. इथियोपिया — ८,४९३

हरेक जनवरीमा युनिसेफले नयाँ वर्षको दिनमा जन्मिने शिशुहरुका लागि उत्सव मनाउँछ र यो संसारभर जन्मिने शिशुहरुका लागि एक सुखद दिन हो ।

तथापी, संसारभरका लाखौं नवजात शिशुहरुका लागि, उनीहरुको जन्म सुखद हुन सक्दैन । सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशुहरु उनीहरु जन्मेको पहिलो महिनामै र तीमध्ये करीव एक तिहाई उनीहरुको जीवनको पहिलो दिनमै मरे । ती शिशुहरुमध्ये धेरैजसो समयअगाडि नै जन्मिने, सुत्केरी हुँदाको जटिलता र सेप्सिसजस्ता संक्रमणलगायतका जोगाउन सकिने कारणबाटै मरेका थिए । यसका साथै, हरेक वर्ष २५ लाखभन्दा धेरै शिशुहरु मृत जन्मिन्छन् । 

पछिल्ला तीन दशकहरुमा, संसारले बाल बचाउको क्षेत्रमा महत्वपूर्ण प्रगति देखेको छ । संसारभर, आफ्नो पाँचौं जन्मदिनभन्दा अघि मर्ने बालबालिकाको संख्या आधाभन्दा धेरैले घटेको छ । तर नवजात शिशुहरुको हकमा भने यो प्रगति सुस्त छ । सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुहरुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कुल संख्याको ४७ प्रतिशत थियो जवकी यो संख्या सन् १९९० मा ४० प्रतिशत मात्र थियो । 

युनिसेफको एभ्री चाइल्ड अलाइभ अभियानले गर्भावस्था, प्रसव र जन्मको क्रममा हुने जटिलतालाई जोगाउन र उपचार गर्नका साथै हरेक आमा र नवजात शिशुको हेरचाह सुरक्षित हातले गरिएको सुनिश्चित गर्न उपयुक्त तालिम र उपकरणसहित स्वास्थ्यकर्मीमा तत्काल लगानी गर्न आव्हान गर्दछ ।  

“पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा शुरु गरेका हरेक बालबालिकाको उनीहरुलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।” 

“धेरै आमा र नवजातहरुलाई तालिमप्राप्त र आवश्यक उपकरण भएका मिडवाइफ वा नर्सले हेरचाह गरिएको छैन, र यसले गर्दा परिणामहरु चिन्ताजनक देखिएका छन्”, फोरले भन्नुभयो । “यदि हरेक शिशु सुरक्षित हातले जन्मिएमा लाखौं नवजातहरु उनीहरुको पहिलो दिनसँगै यो दशक र त्योभन्दा पछिसम्म पनि बाँच्ने सुनिश्चित गर्न सक्छौं ।”

-----------------------------------

१९० देशहरुको जन्मको अनुमानको तथ्यांकका लागि, यहाँ क्लिक गर्नुहोस् । 

डाटाका लागि, युनिसेफले वल्र्ड डाटा ल्याबसँग काम गरेको थियो । १ जनवरी २०२० मा जन्मिने शिशुहरुको अनुमान युएनको वल्र्ड पपुलेसन प्रस्पेक्ट्स (२०१९) को पछिल्लो परिमार्जनमा छ । यी डाटासेटहरुको आधारमा वल्र्ड डाटा ल्याबको परियोजनाले देशअनुसार हरेक दिन जन्मिने शिशुको संख्याको आँकलन गर्दछ ।

नेपालको सम्वन्धित स्टोरीका लागि यहाँ क्लिक गर्नुहोस् । 
 

मिडिया सम्पर्कहरू

सब्रिना सिधु
निसेफ न्यूयोक
सम्पर्क: +1 917 4761537
इमेल: ssidhu@unicef.org
शर्मिना मानन्‍धर
सञ्‍चार विशेषज्ञ
युनिसेफ
सम्पर्क: ‌+9779801007922
इमेल: smanandhar@unicef.org

युनिसेफको बारेमा


युनिसेफले आफ्ना सम्पूर्ण गतिविधि बालबालिकाको अधिकार सुनिश्चित गर्न र कल्याणकारी सेवा उपलव्ध गराउन केन्द्रित गर्दछ । यसले आफ्ना साझेदारसँग मिलेर १९० वटा देश र स्थानमा प्रतिवद्धतालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छ । सर्वा्धिक जोखिममा रहेका र पिछडिएका बालबालिकामा पहुँच बनाउन विशेष प्रयास गर्दै यसले सबै क्षेत्रका बालबालिकाका निम्ति काम गर्दछ । थप जानकारीको लागिः www.unicef.org 

युनिसेफ नेपाललाई फेसबुक, ट्वीटर र इन्स्टाग्राममा फलो गर्नुहोस् ।