कोभ्याक्स फसिलिटिद्वारा प्रदान गरिएको खोपको मात्रा यो साता ६ करोड ५० लाख पुग्दैछ, अहिलेसम्म यसको संख्या १७ करोड पुगिसकेको हुनुपर्दथ्यो। आफुसँग बढी मात्रामा खोप मौज्दात राखेका मुलुकहरूले अन्य मुलुकहरूलाई प्रदान गर्नको लागि यो नै उपयुक्त समय हो।

जी-७ मुलुकहरूले आगामी जुन महिनामा शिखर सम्मेलनको तयारी गरिरहँदा युनिसेफ कार्यकारी निर्देशक हेनरिएटा फोरद्वारा जारी वक्तव्य

18 मे 2021
This image shows Rama Thapa Magar administering the COVID-19 vaccine at the Palungtar Community Health Center.
UNICEF Nepal/2021/LPNgakhusi
Healthworker Rama Thapa Magar in the process of administering the COVID-19 vaccine in Gorkha District on 21 April 2021.

न्यूयोर्क, १७ मे २०२१ (२०७७ जेठ ३) – “विश्वभरि कोभिड-१९ विरुद्वको खोप समुचित रूपमा उपलब्ध गराउनको लागि स्थापित कोभ्याक्स फसिलिटिले वितरण गरेको खोपको संख्या अबको केहि दिन भित्रै ६ करोड  ५० लाख पुग्दै  छ, जुन हालसम्म १७ करोड पुगिसकेको हुनुपर्दथ्यो। आगामी महिना बेलायतमा जी-७ मुलुकका नेताहरूको सम्मेलन आयोजना हुँदै गर्दा तथा भारत तथा अन्य केहि दक्षिण एशियाली मुलुकमा कोभिड-१९ को घातक दोस्रो लहर जारी रहने सम्भावना हुँदै गर्दा अपुग खोपको संख्या १९ करोड मात्रा पुग्नेछ। 

"आफ्नो सतर्कतामा कमी ल्याउनु र खोप तथा परीक्षण एवं उपचारका सामग्रीको पहुँचमा न्यून तथा मध्यम आय भएका मुलुकहरूलाई छुटाउनुको जोखिमका बारेमा हामीले बारम्बार चेतावनी दिएका छौं। हामी चिन्तित छौं कि हाम्रो उक्त चासोलाई समयमै सम्बोधन नगरिएमा स्थिति हाल भारतमा देखिएको घातक वृद्विदर भन्दा भयावह हुनसक्छ  । भारतमा मात्रै नभई नजिकै रहेका नेपाल, श्रीलंका र माल्दिभ्स तथा टाढा रहेका अर्जेन्टिना र ब्राजिलमा पनि संक्रमण अत्यन्तै धेरै बढिरहेकोले अवस्था दुखद छ र त्यहाँका स्वास्थ्य प्रणाली पनि पूर्ण दबाबमा रहेका छन्। बालबालिका तथा परिवारमा यस्तो अवस्थाले पार्ने प्रभावको मुल्यको कुनै लेखाजोखा हुने सक्दैन। 

"जति लामो समयसम्म भाइरस बिना रोकतोक फैलिन पाउँछ त्यति नै बढी मात्रामा यसको घातक तथा संक्रामक स्वरूपको सृजना हुँदै जाने जोखिम हुन्छ। 

"यस महामारीबाट मुक्ति पाउन सकिने एउटा स्पष्ट उपाय भनेको खोप तथा परीक्षण एवं उपचारका सामग्रीको वितरण विश्वभरिनै समुचित रूपमा गर्नु हो। विश्व स्वास्थ्य संगठन, गावी तथा सिईपिआईले नेतृत्व गरेको र युनिसेफले कार्यान्वयन गरिरहेको कोभ्याक्स कार्यक्रम नै त्यस्तो उपाय हो। तर, कोभ्याक्स कार्यक्रमले पर्याप्त मात्रामा खोप लगायतका सामग्री प्राप्त गर्न सकेको छैन।  

"खोप उत्पादनको लागि विश्वकै एउटा प्रमुख मुलुक भारतको पछिल्लो अवस्थाको कारण पनि कोभ्याक्स कार्यक्रमको लागि प्राप्त हुनुपर्ने परिमाणमा खोप प्राप्त हुन नसकेको हो। भारत भित्र नै खोपको माग अत्याधिक मात्रामा वृद्वि भईरहेकोले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा मे महिनाको अन्त्य सम्ममा वितरण गर्नको लागि लक्षित १४ करोड मात्रा खोप कोभ्याक्स कार्यक्रमले प्राप्त गर्न सक्दैन। त्यसैगरि, जुन महिनामा पनि थप ५ करोड मात्रा खोप प्राप्त हुने छैन। साथसाथै खोपसँग सम्बन्धित राष्ट्रवाद, सीमित उत्पादन क्षमता र आर्थिक श्रोतको अभाव लगायतका जटिलताका कारण कोभिड-१९ विरुद्वको खोप वितरण समयमै हुन सकिरहेको छैन।     

"सम्भावित आपतकालमा हुन सक्ने खोपको कमीलाई रोक्नको लागि तयार पारिएका उपायहरू सहित जी-७ का नेताहरू आगामी महिना आयोजना हुने बैठकमा सहभागी हुनेछन्। जीवन विज्ञान सम्बन्धी अनुसन्धान गर्ने एअरफिनीटि फसिलिटिले उपलब्ध गराएको तथा बेलायतका लागि युनिसेफको राष्ट्रिय समितिद्वारा गराइएको एउटा तथ्यांक विश्लेषणका अनुसार जी-७ मुलुकहरू तथा यूरोपियन युनियनका सदस्य मुलुकहरूको 'टिम यूरोप'ले आगामी जुन, जुलाई र अगस्ट महिनाको आपूर्ति मध्येबाट २० प्रतिशत मात्रै खोप प्रदान गर्ने हो भने पनि कुल १५ करोड ५३ लाख मात्रा खोप अन्य मुलुकहरूका लागि उपलब्ध हुनसक्छ। अझै महत्वपूर्ण कुरा त के छ भने, उनीहरूले आफना नागरिकलाई खोप लगाउने प्रतिबद्वतामा समेत यसले केहि असर पार्दैन।  

"जी-७ मुलुकहरूमध्ये पनि खोपको आपूर्ति कुनैमा बढी र कुनैमा कम रहेको र अन्य केहिमा त नागरिकलाई खोप लगाउने कार्य निकै अघि बढेको अवस्थामा बढी हुने मात्रा संकलन गर्ने र जिम्मेवारी वहन गर्ने सामुहिक प्रतिबद्वता व्यक्त हुन सकेमा जोखिममा रहेका मुलुकहरूलाई विश्वमै उच्च कोभिड-१९ संक्रमणको केन्द्र बन्नुपर्ने अवस्थाबाट बचाउन सकिन्छ। 

"सदस्य मुलुकहरूले कोभ्याक्स कार्यक्रमको अग्रिम बजार प्रतिबद्वताको लागि आर्थिक सहयोग गर्दै खोपको आपूर्तिका लागि दीर्घकालीन योजना निर्माण, र बौद्दिक सम्पत्तिको प्रतिलिपि अधिकार तथा प्रविधिको हस्तान्तरण आदि मार्फत खोप उत्पादन क्षमता विस्तारका लागि सहयोग गर्दै अगाडि बढेमा खोपका लागि विश्वको दौडमा विजय प्राप्त हुनेछ। यी उपायहरू अत्यन्तै महत्वपूर्ण छन्, तर तत्काल परिवर्तन सम्भव छैन। तत्काल उपलब्ध मौज्दात खोपको परिमाण प्रदान गर्नु हाललाई अभाव रोक्नको लागि अपनाउनु पर्ने न्युनतम, अत्यावश्यक एवं आपतकालीन उपाय हो, र यो तत्काल आवश्यक छ।"

###

सम्पादकको लागि नोट

अपुग मात्राको आँकलन सेरम इन्स्टिट्युट अफ इन्डिया (एसआइआइ)बाट ढुवानीमा हुनपुगेको बिलम्बमा  आधारित  छ। अन्य उत्पादकबाट बिलम्ब भएका ढुवानी कार्य जुन महिनाको अन्त्यसम्म सम्पन्न हुने अनुमान गरिएको छ। एसआइआइबाट हुनुपर्ने ढुवानीमा भएको बिलम्बको समाधानको लागि हालसम्म कुनै समय तालिका तयार भएको छैन।  

एअरफिनिटि विश्लेषण जी-७ सदस्य मुलुकहरूको लागि तत्काल उपलब्ध हुने गरि छुट्ट्याईएको खोप आपूर्तिको प्रक्षेपण सम्बन्धी तथ्यांकको प्रयोग गरि तयार पारिएको हो। आपूर्तिको प्रक्षेपण गर्दा मुलुकहरू तथा अनुमति प्राप्त खोप उत्पादक (हाल तेस्रो चरणको परीक्षणमा रहेका भनेर उल्लेख गरिएका बाहेक)बीचका विद्यमान सम्झौतालाई आधार मानिएको छ।  अनुमानित १५ करोड ३० लाख मात्रा खोपमा जी-७ का सबै सदस्य मुलुकहरूले आफ्ना लागि २०२१ को जुन, जुलाई र अगस्ट महिनाको लागि उपलब्ध मात्रा मध्ये २० प्रतिशत प्रदान गरेमा संकलन हुने मध्ये बिलम्ब हुने नोभोभ्याक्स खोप बाहेकका मात्रा समावेश गरिएको छ। 

मिडिया सम्पर्कहरू

नज्वा मेक्कि
युनिसेफ न्यूयोर्क
सम्पर्क: +1 917 209 1804
इमेल: nmekki@unicef.org

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा वन्चितिकरणमा परेका बालबालिकासम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ । १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं ।

युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि  www.unicef.org मा जानुहोस्। 

Twitter, Facebook , Instagram  र YouTube मा हामीलाई फलो गर्नुहोस् ।