कोभ्याक्स फसिलिटिको तर्फबाट युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठनद्वारा कोभिड-१९ विरुद्वको खोप खरिदका लागि बोलपत्र प्रस्ताव आव्हान
- English
- नेपाली
न्यूयोर्क/वाशिंगटन डिसी, २०७७ मंसिर ११: युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन (पिएएचओ)ले बोलपत्र आव्हान गर्दै सन् २०२१ मा कोभिड-१९ विरुद्वको खोप आपुर्तिका लागि खोप विकासकर्ताहरूसँग प्रस्तावको माग गरेका छन् ।
६ सातासम्म चल्ने बोलपत्र प्रक्रिया मार्फत गावीको व्यवस्थापनमा कोभ्याक्स फसिलिटिको तर्फबाट कम्तीमा २ अर्ब कोभिड-१९ विरुद्वको खोप आपुर्ति गर्ने लक्ष्य राखिएको छ। हाल उक्त सहकार्यमा आवद्व १८६ वटा देशलाई गुणस्तरीय खोप समान एवं तीव्र रूपमा प्रदान गर्नु बोलपत्र प्रक्रियाको उद्देश्य रहेको छ।
गावीलाई अग्रिम रूपमा बिक्री गर्ने प्रतिवद्वता व्यक्त गरेका एवं खोप विकासको लागि महामारी विरुद्वको तयारी गठबन्धन (सिईपिआई)सँग सम्झौता गरिसकेका तथा २०२१ को अन्त्यसम्म आपुर्ति शुरू गर्नसक्ने अपेक्षा राखेका सबै उत्पादकहरूलाई बोलपत्र पेश गर्न आव्हान गरिएको छ।
महामारी विरुद्वको प्रतिकार्य गर्नु पर्ने अभुतपुर्व चुनौती पार गर्न कोभिड-१९ विरुद्वको गुणस्तरीय खोप सुरक्षित गर्नको लागि नौलो प्रकारको खरिद प्रक्रिया आवश्यक पर्दछ, जसमा युनिसेफ तथा पान अमेरिकी स्वास्थ्य संगठनद्वारा संयुक्त रूपमा आव्हान गरिएको बोलपत्रका लागि खोप उत्पादकहरूले प्रस्ताव पेश गर्नको लागि गावीमा आवद्व १८६ देशमा आवश्यक पर्ने खोपको संख्या सम्बन्धमा गरिने अध्ययन पनि समावेश हुन्छ। उक्त प्रक्रियाले विभिन्न प्रविधिको प्रयोग मार्फत सम्भावित उत्पादकहरूबाट तयार हुने अनुमति प्राप्त खोप विश्व बजारकै सर्वाधिक कम मुल्यमा प्राप्त गर्दै उच्चतम आपुर्ति कायम गर्न सहयोग गर्दछ।
सहभागी १८६ देश मध्ये न्युन आय भएका ९२ वटा देशले कोभ्याक्स फसिलिटि अन्तर्गतको अग्रिम बजार प्रतिवद्वता (एएमसि) मार्फत आर्थिक सहयोग प्राप्त गर्नेछन्, जस अन्तर्गत विश्व बैंकद्वारा न्युन तथा मध्यम-न्युन आय भएका देशको रूपमा परिभाषित एवं अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गर्न योग्य देशहरू पर्दछन्।
एएमसिमा आवद्व देशहरूमध्ये अमेरिकी महादेश बाहिर रहेका ८२ वटा देशका लागि खोप खरिद गर्न युनिसेफले नेतृत्व गर्नेछ भने पिएएचओले आफुसँग रहेको साझा कोष मार्फत अमेरिकी महादेशमा रहेका आफ्ना १० वटा सदस्य राष्ट्रको लागि खोप खरिद गर्नेछ।
कोभ्याक्स फ़सिलिटिमा आवद्व तर आफ्नै लगानीमा खोप खरिद गर्ने देशहरूले यस मार्फत गरिएका सम्झौताका मुख्य बुँदाहरूमा आधारित रहेर आफैंले वा युनिसेफ तथा पिएएचओ मार्फत पनि खरिद गर्न सक्छन्। अमेरिकी महादेशमा रहेका ईच्छुक सदस्य राष्ट्रहरूको लागि पिएएचओले खरिद गर्नेछ भने हालसम्म २८ वटा देशहरूले कोभ्याक्स फसिलिटिसँग आफनै खर्चमा खोप खरिदको लागि सम्झौता गरिसकेका छन्।
खरिद तथा हस्तान्तरण कार्यमा सहजीकरणका लागि दिर्घकालिन सम्झौता गर्नुका साथै युनिसेफ र पिएएचओले कोभ्याक्स फसिलिटिको सहजीकरणमा खोप खरिद सम्बन्धी अग्रिम प्रतिबद्वतामा आवद्व गराउनको लागि थप देशहरूको पहिचान समेत गर्नेछन्। आपुर्तिलाई व्यवस्थित गर्ने कार्यमा कोभिड-१९ विरुद्वको खोपमा निष्पक्ष र समान पहुँच सम्बन्धी विश्व स्वास्थ्य संगठनद्वारा जारी प्रारूपले[1] मार्गनिर्देश गर्नेछ। उत्पादकहरूले न्युन आय भएका देशहरूमा युनिसेफ र पिएएचओसँगका शर्तहरू बमोजिम खोप आपुर्ति गर्नेछन्।
प्रमुख नियामक निकायहरूसँगको समन्वयमा विश्व स्वास्थ्य संगठनले सबै खोपहरूको सुरक्षा, प्रभावकारिता एवं गुणस्तर प्रमाणित गर्नेछ। कोभिड-१९ विरुद्वको खोपमा शीघ्र पहुँच सुनिश्चित गर्नको लागि युनिसेफ र पिएएचओले योग्य उत्पादकहरूसँग आपुर्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने लक्ष्य लिएका छन्।
[1] https://www.who.int/publications/m/item/fair-allocation-mechanism-for-covid-19-vaccines-through-the-covax-facility
मिडिया सम्पर्कहरू
युनिसेफको बारेमा
युनिसेफले विश्वकै सबै भन्दा बंचितिकरणमा परेका बालबालिकाहरसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि www.unicef.org मा जानुहोस्।
करिब १०० देशहरूका लागि नियमित खोप कार्यक्रम तथा प्रकोप रोकथाम कार्यलाई आवश्यक पर्ने वार्षिक २ अर्ब भन्दा बढी मात्रामा खोप खरिद गर्ने युनिसेफ विश्वकै सबै भन्दा ठुलो खोप खरिदकर्ताको रूपमा रहेको छ।
कोभिड-१९ सम्बन्धी थप जानकारीको लागि : www.unicef.org/coronavirus
खोप सम्बन्धी युनिसेफले गरिरहेका कामको बारेमा थप जान्न:https://www.unicef.org/immunization
Twitter र Facebook मा हामीलाई पाउनुहोस्।
पान अमेरिकी स्वास्थ्य संगठन / विश्व स्वास्थ्य संगठनको बारेमा
पान अमेरिकी स्वास्थ्य संगठन(पिएएचओ)ले अमेरिकी महादेशमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य तथा जीवनस्तर सुधारका लागि काम गर्दछ। जनस्वास्थ्यसँग सम्बन्धित विश्वकै पुरानो अन्तर्राष्ट्रिय संस्थाको रूपमा रहेको १९०२ मा स्थापित यो संगठन अमेरिकी महादेशका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालय तथा अन्तर-अमेरिकी प्रणालीको विशेष संस्थाको रूपमा कार्यरत छ। www.paho.org
विगत ४० वर्ष भन्दा अगाडि देखि नै पिएएचओ अन्तर्गतको साझा कोषले उक्त क्षेत्रका सदस्य राष्ट्रहरूलाई सुलभ मुल्यमा सुरक्षित र गुणस्तरीय खोपहरू उपलब्ध गराउँदै आएको छ। यो कोष खोपद्वारा रोकथाम गर्न सकिने रोगका कारण हुने अस्वस्थता एवं मृत्युलाई नियन्त्रण तथा निराकरण रणनीति मार्फत दीर्घकालीन तथा समतामुलक रूपमा न्युनिकरण गर्ने देशहरूको पहलमा सहयोग पुर्याउने खोप सेवा सम्बन्धी प्राविधिक सहयोग कार्यक्रमको एक अंशको रूपमा रहेको छ।
www.paho.org/en/resources/paho-revolving-fund
कोभ्याक्स फसिलिटिको बारेमा
कोभिड-१९ सँग सम्बन्धित परीक्षण, उपचार तथा खोपको विकास, उत्पादन र समान आपुर्तिलाई तीव्रता दिनको लागि ऐतिहासिक सहकार्यको रूपमा स्थापित कोभिड-१९ सँग सम्बन्धित साधन (एसिटि) उत्प्रेरकको एउटा प्रमुख संयन्त्रको रूपमा रहेको कोभ्याक्सको नेतृत्व गावी, सिईपिआई तथा विश्व स्वास्थ्य संगठनले संयुक्त रूपमा गरिरहेका छन्, र कोभिड-१९ खोपको विकास एवं उत्पादनलाई तीव्र पार्दै विश्वका सबै देशहरूलाई निष्पक्ष र समान रूपमा उपलब्ध गराउनु यसको लक्ष्य रहेको छ।
www.who.int/initiatives/act-accelerator/covax.
पिएएचओ साझा कोषसँगको सहकार्यमा युनिसेफले कोभ्याक्स फसिलिटिको तर्फबाट कोभिड-१९ खोपको खरिद तथा आपुर्ति सम्बन्धि कार्यहरूको नेतृत्व गरिरहेको छ।