कोभिड-१९: युनिसेफको नयाँ प्रतिवेदनका अनुसार, संसारभर कम्तीमा एक तिहाई र नेपालमा दुई तिहाई बालबालिका विद्यालय बन्द भएको समयमा दुर शिक्षा प्राप्त गर्नबाट बन्चित

युनिसेफको रिईमेजिन अभियानले प्रविधिको कारण भैरहेको विभाजनलाई मेट्न र प्रत्येक बालबालिकासम्म दुर शिक्षाको पहुँच पुर्याउनको लागि तत्काल आर्थिक सहयोग गर्न र विद्यालयहरूलाई सुरक्षित रूपमा पुन: सुचारू गर्ने कार्यलाई प्राथमिकता दिन आव्हान गर्दछ।

28 अगस्ट 2020
This image shows a child practicing writing on a notebook
UNICEF Nepal/2019/PShrestha

न्यूयोर्क/काठमाडौँ, २०७७ भाद्र - अझै पनि देशहरुले विद्यालय पुन: सुचारू गर्ने योजनालाई पर धकेलिरहेको समयमा कोभिड-१९ को कारणले विद्यालयहरू बन्द भएको समयमा विश्वभर एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफद्वारा आज सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

"कोभिड-१९ को कारणले  विद्यालय जानबाट बन्चित भएका कम्तीमा पनि ४६ करोड ३० लाख बालबालिकाका लागि दुर शिक्षामा पनि  पहुँच  थिएन" युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भन्नुभयो।  "महिनौसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाईमा  पूर्ण अवरोध  हुनु भनेको विश्वव्यापी शैक्षिक आपतकाल हो ।  यसको असर आगामी केहि दशकसम्मै अर्थतन्त्र तथा समाजमा महसुस हुनेछ । "

विभिन्न देशहरूमा भएका देशव्यापी र स्थानीय बन्दाबन्दीको समयमा विद्यालयहरू बन्द हुँदा झण्डै डेढ अर्ब बालबालिका प्रभावित हुन पुगेका थिए। दूरशिक्षामा पहुँचयोग्यता प्रतिवेदनमा दुर शिक्षाका सिमितता र पहुँचमा रहेको व्यापक अन्तरको बारेमा उल्लेख गरिएको छ।  

दुर शिक्षामा पहुँचयोग्यता (The Remote Learning Reachability) प्रतिवेदनले १०० वटा विभिन्न देशहरूमा पुर्व-प्राथमिक, प्राथमिक, निम्न-माध्यमिक तथा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका माझ दुर शिक्षाको लागि आवश्यक घरमा आधारित प्रविधि तथा साधनहरूको उपलब्धताको विश्वव्यापी प्रतिनिधिमुलक विश्लेषणको प्रयोग गरेको छ। उक्त तथ्यांकमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच तथा विद्यालय बन्द भएको समयमा यी माध्यमबाट उपलब्ध गराइएका पाठ्यक्रमको उपलब्धता पनि समावेश छ।   

यस प्रतिवेदनले उजागर गरेका तथ्यांकले विद्यालय बन्द रहेको समयमा दुर शिक्षाको अभाव सम्बन्धमा चासोमुलक अवस्थाको चित्रण गरेको भएता पनि अवस्था अझै चिन्ताजनक रहेको कुरामा युनिसेफले जोड दिएको छ। घरमा प्रविधि र साधनहरू उपलब्ध भएता पनि  घरको काम गर्नुपर्ने दबाब, जबर्जस्ती काममा लगाइनु, सिक्नको लागि उपयुक्त वातावरणको अभाव र अनलाइनमा रहेको वा टेलिभिजन र रेडियोमा प्रशारित पाठ्यक्रमको प्रयोग गर्न मद्दत गर्ने व्यक्तिको अभाव आदि कारणले गर्दा बालबालिकाले दुर शिक्षाका यी माध्यमबाट प्रभावकारी रूपमा सिकाई हासिल गर्न असमर्थ हुन सक्छन् । 

नेपालमा युनिसेफले हालसालै सम्पन्न गरेको बालबालिका तथा परिवारमाथिको अध्ययनका अनुसार विद्यालय जानेमध्ये दुई तिहाई बालबालिका दुर शिक्षाको अवसरबाट बन्चित छन्। १० मध्ये ३ बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाईका माध्यमहरूमा पहुँच रहेको छ र तीमध्ये ८० प्रतिशतले मात्रै दुर शिक्षाका माध्यमहरूलाई आफ्नो सिकाई कार्यहरूका लागि उपयोग गरिरहेका छन् ।  

प्रतिवेदनले विभिन्न क्षेत्रहरूमा व्याप्त व्यापक असमानताको बारेमा प्रकाश पारेको छ। सब साहारा अफ्रिका क्षेत्रका विद्यालय जाने उमेरका बालबालिका सबै भन्दा बढी प्रभावित रहेका छन् जहाँ कुल विद्यार्थीहरू मध्ये आधाको दुर शिक्षामा पहुँच छैन।  

क्षेत्र 

दुर शिक्षामा पहुँच नभएका बालबालिकाको न्युनतम अनुपात (%)

दुर शिक्षामा पहुँच नभएका बालबालिकाको न्युनतम संख्या 

पूर्वी तथा दक्षिणी अफ्रिका 

     ४९ % 

६ करोड ७० लाख 

पश्चिमी तथा मध्य-अफ्रिका 

     ४८%

५ करोड ४० लाख 

पुर्वी एसिया तथा प्रशान्त 

     २० %

८ करोड 

मध्य-पुर्व र उत्तरी अफ्रिका 

     ४० %

३ करोड ७० लाख 

दक्षिण एसिया 

     ३८%

१४ करोड ७० लाख 

पुर्वी युरोप तथा मध्य-एसिया 

     ३४%

२ करोड ५० लाख 

दक्षिण अमेरिका तथा क्यारेबियन 

      ९% 

१ करोड ३० लाख 

  विश्वमा कुल 

      ३१ % 

४६ करोड ३० लाख 

 

अत्यधिक गरीब परिवार तथा ग्रामीण क्षेत्रहरूमा बसोबास गर्ने परिवारका बालबालिकाले विद्यालय बन्द हुँदा दुर शिक्षाको अवसरबाट बन्चित हुने सम्भावना अत्यधिक हुने कुरा प्रतिवेदनले उल्लेख गरेको छ।  विश्वव्यापी रूपमा हेर्दा दुर शिक्षाबाट बन्चित मध्ये ७२ प्रतिशत बालबालिका आफ्नो देशमै अत्यधिक गरीबमा पर्ने  परिवारका हुन्छन्। उच्च-मध्यम आय भएका देशहरूमा दुर शिक्षाका अवसरबाट वन्चित बालबालिकाहरु मध्ये ८६ प्रतिशत अत्यधिक गरीब परिवारका हुन्छन् भने विश्वव्यापी रूपमा हेर्दा त्यस्तो पहुँचबाट बन्चित भएका मध्ये ७५ प्रतिशत बालबालिका ग्रामीण क्षेत्रमा बसोबास गर्ने हुन्छन्।    

नेपालको हकमा, परिवार जति गरीब हुन्छ त्यति नै सो परिवारका बालबालिकाले दुर शिक्षामा पहुँच प्राप्त गर्ने वा त्यसको उपयोग गर्ने सम्भावना त्यति नै कम हुन्छ। तथ्यांक अनुसार, सबै भन्दा गरीब परिवारका बालबालिका मध्ये ५ प्रतिशतले मात्रै दुर शिक्षामा पहुँच प्राप्त गरि त्यसको सदुपयोग गर्दछन्।   

दुर शिक्षामा पहुँचयोग्यता प्रतिवेदनले पहुँचको दर उमेर समूह अनुसार फरक पर्ने उल्लेख गरेको छ, जस अनुसार सबै भन्दा साना विद्यार्थीहरूले आफ्नो अध्ययन र सिकाईको सबै भन्दा संवेदनशील उमेरमै  दुर शिक्षाका अवसर गुमाईरहेका छन् :  

·   पुर्व-प्राथमिक तहका विद्यार्थी मध्ये ७० प्रतिशत अर्थात् १२ करोड लाई विभिन्न कारणले दुर शिक्षामा समेट्न नसकेको पाइयो ।  यसका प्रमुख कारणहरूमा धेरै साना बालबालिकाहरुको लागि अनलाईनको सिकाई चुनौतीपूर्ण हुनु, यो समुहका बालबालिकाको लागि दुर शिक्षा कार्यक्रमको अभाव र त्यसको लागि घरमा उपकरणको अभाव आदि पर्दछन्।  

·  प्राथमिक तहका विद्यार्थीहरू मध्ये कम्तीमा २९ प्रतिशत अर्थात् २१ करोड ७० लाखलाई दुर शिक्षामा समेट्न नसकेको पाईयो भने निम्न-माध्यमिक तहका २४ प्रतिशत अर्थात् ७ करोड ८० लाख विद्यार्थीसम्म दुर शिक्षाको पहुँच नपुगेको पाईयो।  

·   दुर शिक्षामा पहुँचको आधारमा माध्यमिक तहका विद्यार्थीहरू सबै भन्दा कम बन्चित रहेको पाईयो।  १८ प्रतिशत अर्थात् ४ करोड ८० लाख बालबालिका दुर शिक्षाका लागि आवश्यक प्राविधिक साधनहरूको अभावका कारण बन्चित भएका थिए।  

बन्दाबन्दी खुकुलो हुँदै जाँदाको अवस्थामा विद्यालयहरूलाई सुरक्षित रूपमा पुन:सन्चालन गर्नको लागि प्राथमिकतामा राख्नको लागि युनिसेफ सरकारहरूलाई आव्हान गर्दछ।  विद्यालय पुन: सुचारू गर्न सम्भव नभएमा छुटेका कक्षाहरूको सट्टामा थप सिकाईका अवसरहरू विद्यालय निरन्तरता र पुन:सन्चालन योजनामा समावेश गर्न आव्हान गर्दछ।  विद्यालय संचालन गर्ने नीति तथा अभ्यासमा सिमान्तकृत समूहका लागि दुर शिक्षा  लगायतका शिक्षामा पहुँच विस्तार गर्ने कुराहरू समावेश गरिनुपर्दछ र भविष्यमा आइपर्ने संकटको डटेर सामना गर्न  सक्षम हुने गरि शिक्षा प्रणालीको 
 निर्माण एवं अनुकुलन गरिनुपर्दछ।  

युनेस्को, संयुक्त राष्ट्रसंघीय शरणार्थी कार्यक्रम,विश्व खाद्य कार्यक्रम, र विश्व बैंक संगको सहकार्यमा युनिसेफले सार्वजनिक गरेको विद्यालय पुन:संचालन प्रारूपमा राष्ट्रिय तथा स्थानीय निकायहरूको लागि व्यावहारिक सुझावहरू समावेश गरिएको छ । निर्देशिकाले नीतिगत पुनर्संरचना, वित्तीय आवश्यकता; सुरक्षित सन्चालन;सिकाईको सोधभर्ना, कल्याण तथा  सुरक्षा, र अत्यन्तै सिमान्तकृत बालबालिकासम्मको पहुँच विस्तारमा केन्द्रित रहेको छ।   

आफु मातहतको रिईमाजिन अभियानले विशेष गरि गरिबीमा बाँचेका र अत्यन्तै जोखिममा रहेका बालबालिकालाई कोभिड -१९ महामारीको दुरगामी प्रभावबाट सुरक्षित राख्ने लक्ष्य राख्दै गर्दा युनिसेफले प्रविधिको कारण भैरहेको विभाजनलाई मेट्न र प्रत्येक बालबालिकासम्म दुर शिक्षाको पहुँच पुर्याउनको लागि तत्काल आर्थिक सहयोग गर्न, र अझ महत्वपूर्ण कुरा, विद्यालयहरूलाई सुरक्षित रूपमा पुन: सुचारू गर्ने कार्यलाई  प्राथमिकता दिन आव्हान गर्दछ। 

 

सम्पादकको लागि नोट:

कोभिड-१९ को कारणले विद्यालय बन्द भएको बारेमा राष्ट्रिय स्तरको प्रतिक्रिया सम्बन्धमा युनेस्को, युनिसेफ र विश्व बैंकले संयुक्त रुपमा सम्पन्न्न गरेको सर्वेक्षणको निष्कर्षको आधारमा यो विश्लेषण तयार पारिएको हो। घरमा उपलब्ध रहेका तर वास्तविक रूपमा बालबालिकाले प्रयोग नगरेका  टेलिभिजन, रेडियो तथा इन्टरनेटको उपलब्धताको आधारमा प्रशारण माध्यम र इन्टरनेटका सुविधाको पहुँच पुग्न सक्ने बालबालिकाको सम्भावित संख्या आंकलन गरिएको छ । तसर्थ, 'सम्भावित रूपमा पहुँच पुग्ने " बालबालिकाको संख्या "वास्तविक रूपमा पहुँच पुगेका" बालबालिकाको संख्या भन्दा धेरै छ।  भरपर्दो तथ्यांकको अभावको कारणले गर्दा पत्र-पत्रिकामा आधारित पहुँचलाई समावेश गरिएको छैन।  

उल्लेखित विश्लेषण विद्यालय बाहिरै रहेका बालबालिकामा केन्द्रित छैन विद्यालय बाहिरै रहेका बालबालिकासम्बन्धी तथ्यांकको  हेर्नको लागि यो लिंकमा जानुहोस्  : https://www.unicef.org/sites/default/files/2019-12/SOWC-2019.pdf   

बालबालिका तथा परिवारहरूको अध्ययन सम्बन्धी सामाग्री हेर्नको लागि यो लिंकमा जानुहोस् : https://www.unicef.org/nepal/reports/covid-19-child-and-family-tracker-baseline-findings

श्रव्य दृश्य सामाग्री डाउनलोड गर्नको लागि  यहाँ जानुहोस

मिडिया सम्पर्कहरू

जर्जिना थम्पसन
युनिसेफ मुख्यालय
सम्पर्क: +१ ९१७ २६५ ४५२४
इमेल: gthompson@unicef.org
तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org

About UNICEF 

UNICEF works in some of the world’s toughest places, to reach the world’s most disadvantaged children. Across more than 190 countries and territories, we work for every child, everywhere, to build a better world for everyone. 

Follow UNICEF on Twitter and Facebook 
 

About the Reimagine Campaign

In response to the COVID-19 pandemic, UNICEF has launched Reimagine — an urgent appeal to governments, the public, donors and the private sector to support UNICEF’s efforts to respond, recover and reimagine a world currently besieged by COVID-19. Together, we can prevent this pandemic from becoming a lasting crisis for children—especially the most vulnerable—and Reimagine a fairer world for every child.  

Learn about the #Reimagine campaign here: www.unicef.org/reimagine 

Join us: https://www.unicef.org/coronavirus/covid-19/donate