कोभिड-१९ महामारी नयाँ चरणमा प्रवेश गर्दै गरेको सन्दर्भमा "आशाको दियो सबैको लागि बल्नुपर्दछ" भन्नेमा युनिसेफ सबैलाई पुन:स्मरण गराउन चाहन्छ

संयुक्त राष्ट्रसंघीय महासभाको कोभिड-१९ सम्बन्धी विशेष सत्रका क्रममा युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले व्यक्त गर्नुभएको मन्तव्य

11 डिसेम्बर 2020
This image shows vials being washed in a facility in India in 2018
UNICEF/UN0200239/Singh
[NOTE: This is a file photo]

न्युयोर्क/काठमाडौं, २०७७ मंसिर २५ - "हामीले आफ्नो जीवनकालमा देखेका संकटहरुमध्ये कोभिड-१९ महामारी एउटा वास्तविक संकटको रूपमा देखा परेको छ। विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि हामी सबैलाई प्रभावित पारिरहेको यस महामारीले बालबालिकामाथि गम्भीर प्रभाव पारेको छ। यद्यपि खोपहरू  विकसित भएका समाचारहरू आउने क्रम जारी रहेको तथा कोभिड-१९ लाई पछि पारेर हामी अगाडि बढेको अवस्थाको कल्पना गर्दै गर्दा हामी आशाको दियो सबैको लागि बल्नुपर्छ भन्ने सिद्वान्तद्वारा निर्देशित हुनुपर्दछ।     

"त्यसै कारणले कोभिड-१९ विरुद्वको खोपमा न्युन तथा निम्न मध्यम आय भएका देशहरूको पहुँच सुनिश्चित गर्नको लागि युनिसेफ कोभ्याक्स फसिलिटीको अग्रिम बजार प्रतिवद्वतामा आवद्व भएको छ। खोप उपलब्ध हुने समयमा कुनै पनि देश नछुटुन भनि सुनिश्चित गर्नको लागि यो उत्कृष्ट उपाय हो। यदि कुनै देश छुटेमा यो पक्षपाती मात्रै होइन, विवेकहीन कार्य हुनेछ। साथै, अत्यन्तै कमजोर स्वास्थ्य प्रणाली भएका देशहरू उक्त भाइरसबाट सुरक्षित नभएसम्म विश्व नै जोखिममा रहनेछ।   

कोभ्याक्स फसिलिटिमार्फत न्युन तथा निम्न मध्यम आय भएका देशहरूको समतामुलक तथा सुलभ पहुँच सुनिश्चित गर्नको लागि मात्रै नभई खोपको ढुवानी तथा सुई र सुरक्षित बाकसको लागि आवश्यक आर्थिक सहयोग प्रदान गर्नको लागि विश्वस्तरबाटै सहयोगको आवश्यकता पर्दछ। सबै देशमा कोभिड-१९ विरुद्वको खोपको सुलभ उपलब्धता सुनिश्चित गर्न सरकारहरूले सहकार्य गर्नुपर्दछ। उच्च आय भएका देशहरूले अग्रिम बजार प्रतिवद्वता र युनिसेफले कोभिड-१९ खोप ढुवानीको लागि गरिरहेको पहलका लागि आर्थिक सहयोग प्रदान गर्नुपर्दछ। कोभिड-१९ प्रतिकार्यका लागि आवश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध र आवश्यकता भन्दा बढी थुपार्ने जस्ता कार्यहरूलाई नियन्त्रण/निरुत्साहित गर्नको लागि सबै देशहरूले सशक्त कदम चाल्नुपर्दछ।  

"कोभ्याक्स फसिलिटिमा आवद्व देशहरूलाई सुरक्षित, तीव्र एवं समान रूपमा खोप उपलब्ध गराउनको लागि समुदायको सहभागिता तथा खोप आपुर्ति सम्बन्धी आफ्नो क्षमताको युनिसेफले भरपुर उपयोग गरिरहेको छ। यो अत्यन्तै विशाल कार्य हो र आगामी दिनहरूमा पनि चुनौतीहरू आउन सक्नेछन्। झन्डै १०० वटा देशमा नियमित खोप कार्यक्रम तथा प्रकोपको समयमा दिनको लागि हरेक वर्ष २ अर्ब खोप खरिद गर्ने विश्वकै सबै भन्दा ठुलो खोप खरिदकर्ता युनिसेफले खरिद कार्यको समन्वय एवं सहयोग, अन्तर्राष्ट्रिय ढुवानी र राष्ट्रिय स्तरमा गरिने वितरण कार्यमा कोभ्याक्स फसिलिटिलाई सहयोग गरिरहेको छ।    

विश्व स्वास्थ्य संगठन, पिएएचहो, गावी र विश्व तथा क्षेत्रीय स्तरका अन्य साझेदारहरूसँगको सहकार्यमा युनिसेफले  देशहरूलाई यस ऐतिहासिक आपूर्ति पश्चात आफ्ना खोप कार्यक्रमहरू सन्चालनको लागि 'तयारी अवस्था'मा  रहनको लागि सहयोग गर्ने कार्यहरू पनि जारी राखेको छ। प्रयोग गर्ने चरणसम्मको लागि खोपको सुरक्षित दुवानी तथा भण्डारणको लागि कोल्ड चेन तथा आपूर्ति शृंखलाको लागि आवश्यक पूर्वाधारको क्षमता मुल्यांकन गरि आवश्यक सहयोग उपलब्ध गराईनेछ।  

"यद्यपि, कोभिड-१९ विरुद्वको सुरक्षित एवं प्रभावकारी खोप उपलब्ध हुँदैमा महामारीको अन्त्य हुने भने होइन। कोभिड-१९ संक्रमणको विस्तारलाई निस्तेज पार्न हामीलाई पहिचान तथा उपचारका साथै हात धुने, भौतिक दुरी कायम गर्ने तथा मास्क लगाउने जस्ता रोकथामका उपायहरूलाई निरन्तरता दिनु पर्दछ। युनिसेफले सरकारहरूलाई व्यक्तिगत सुरक्षा उपकरण, मान्यता प्राप्त परीक्षण सामाग्रीहरू, तथा प्रमाणित उपचार विधि उपलब्ध गराईरहेको छ। साथै, विभिन्न बहुपक्षीय साझेदारहरुसँगको सहकार्यमा युनिसेफले सरकारहरूलाई संक्रमण रोकथाम तथा नियन्त्रण, पानी, सरसफाई तथा  स्वच्छता सम्बन्धी सामाग्री, भौतिक दुरी, खोज/अनुसन्धान, कन्ट्याक्ट ट्रेसिंग, संक्रमितको पहिचान र सामुदायिक रूपमा रिफर गर्ने प्रणालीमा सहयोग आदि मार्फत महामारी नियन्त्रण कार्यमा मद्दत गरिरहेको छ।

"अन्त्यमा, विशेष गरि अति जोखिममा रहेका महिला, बालबालिका तथा युवाहरूलाई निरन्तर रूपमा अत्यावश्यक सेवाहरू उपलब्ध गराउनको लागि हामीले देशहरूलाई सहयोग गरिरहेका छौं। कोभिड-१९ का कारणले सृजना भएको अवरोधले बालबालिकाको सुरक्षा, स्वास्थ्यका साथै भविष्यमै पनि गम्भीर असर पारेको छ। यो रोग विरुद्वको लडाईं आशा युक्त नयाँ चरणमा प्रवेश गर्दै गर्दा प्रतिकार्य एवं पुनरुत्थान मार्फत बालबालिकाको लागि अझ राम्रो संसारको पुन:कल्पना गर्ने हाम्रो जिम्मेवारी बिर्सनु हुँदैन।" 

मिडिया सम्पर्कहरू

सब्रिना सिधु
निसेफ न्यूयोक
सम्पर्क: +1 917 4761537
इमेल: ssidhu@unicef.org

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा बंचितिकरणमा परेका बालबालिकाहरसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ  १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि  www.unicef.org मा जानुहोस्। 

कोभिड-१९ सम्बन्धी थप जानकारीको लागि :  www.unicef.org/coronavirus 

कोभिड-१९ विरुद्वको खोपका सम्बन्धमा युनिसेफले गरिरहेको कामको बारेमा जानकारीको लागि यहाँ जानुहोस्  वा

खोप सम्बन्धी युनिसेफले गरिरहेका कामको बारेमा थप जान्नको लागि यहाँ जानुहोस् 

Twitter र  Facebook मा हामीलाई पाउनुहोस्।  

 

रिईमाजिन अभियानको बारेमा 

कोभिड-१९ महामारीको प्रतिकार्य स्वरूप युनिसेफले रिईमाजिन अभियानको शुरूवात गरेको हो । हाल कोभिड-१९ को घेराबन्दीमा परेको विश्वको लागि प्रतिकार्य एवं पुनरुत्थान गर्नुका साथै पुन:कल्पना गर्ने युनिसेफको पहलमा सहयोग गर्नको लागि सरकारहरू, सर्वसाधारण, दातृ निकाय तथा निजी क्षेत्रलाई यो एउटा आव्हान हो।  हामी सबै मिलेर अत्यन्तै जोखिममा रहेका बालबालिकाहरूमा यो महामारीको दीघकालीन असर पर्नबाट रोकथाम गर्नुका साथै प्रत्येक बालबालिकाको लागि न्यायपुर्ण संसारको पुन:कल्पना गर्न सक्छौं।

हामीसंग सहकार्य गर्नुहोस् : https://www.unicef.org/coronavirus/covid-19/donate