कोभिड-१९ को जोखिममा रहेका ६० करोड दक्षिण एसियाली बालबालिकाको भविष्य सुरक्षित बनाउनको लागि तत्काल कदम चाल्नु आवश्यक : युनिसेफ

नगद प्रवाह तथा अन्य सहयोगले परिवारहरूलाई गरिबीतर्फ धकेलिनबाट जोगाउन सक्छ

23 जुन 2020
this image shows an image of a young boy
UNICEF Nepal

जेनेभा/काठमाडौँ/न्युयोर्क, २०७७ आषाढ ९ - कोभिड -१९ महामारीले दक्षिण एसियाका बालबालिकाको स्वास्थ्य, शिक्षा  र अन्य पक्षहरूमा दशकौं देखि भएका सुधारहरूलाई अवरुद्ध पारेकोले लाखौँ परिवारहरूलाई गरिबीमा धकेलिनुबाट बचाउनको लागि सरकारहरूले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने कुरा युनिसेफद्वारा आज प्रकाशित एउटा नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वको एक चौथाई जनसंख्या रहेको यस क्षेत्रमा महामारी तीव्र रूपमा फैलिरहँदा अति प्रभावित जीवनहरू  शीर्षकमा प्रकाशित प्रतिवेदनले भाइरसको असर  तथा त्यसलाई नियन्त्रण गर्नको लागि चालिएका कदमहरूले ६० करोड बालबालिका तथा उनीहरूलाई आवश्यक पर्ने सेवाहरूमा पारेका गम्भीर तात्कालिन र दीर्घकालीन असरहरूको  बारेमा  व्याख्या गरेको छ।  

"दक्षिण एसियामा महामारीको आगमनसंगै त्यसलाई नियन्त्रण गर्न चालिएका  कदमहरू जस्तै बन्दाबन्दी बालबालिकाका लागि थुप्रै प्रकारले हानिकारक रहे," दक्षिण एसियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जिन गोफले भन्नु भयो । "तर, बालबालिकामा पर्ने आर्थिक संकटको दीर्घकालीन प्रभाव भने नितान्त फरक तहमा हुनेछ, र  तत्काल  कुनै कदम चालिएन भने कोभिड-१९ ले एउटा सिंगो पुस्ताको आशा एवं भविष्यलाई तहसनहस पार्न सक्छ । " 

प्रतिवेदन अनुसार खोप, पोषण तथा अन्य महत्वपुर्ण स्वास्थ्य सेवाहरू गम्भीर रूपमा अवरुद्व भएकोले आगामी ६ महिनामा ४,५९,००० आमा र बच्चाहरूको जीवन खतरामा पर्न सक्छ ।  खाद्य असुरक्षा बढ्दो छ : श्रीलंकामा युनिसेफले गरेको सर्वेक्षण अनुसार ३० प्रतिशत परिवारहरूले खाद्यान्न उपभोग घटाएका छन्  भने बंगलादेशमा अत्यन्तै गरीब परिवारहरूसँग  भएको खानेकुरा दिनको ३ छाक खान पर्याप्त छैन ।  

विद्यालयहरू बन्द भएको कारण ४३ करोड बालबालिकाले दुर शिक्षा / अनलाइन कक्षामा भर पर्नु परेको छ ।  तर, विशेष गरि ग्रामीण क्षेत्रहरूमा  इन्टरनेट त परको कुरा  बिजुलीको  समेत सुविधा नभएकोले त्यस्ता कक्षा आंशिक रुपमा मात्रै प्रभावकारी हुन सकेका छन्।   कोभिड-१९ महामारी शुरू हुनुपुर्व नै विद्यालय जान बाट वन्चित रहेका ३ करोड २० लाख बालबालिका संगै अब बन्चितीकारणमा परेका थप बालबालिका पनि  विद्यालय बाहिरै रहने हुन् कि भन्ने चासो व्यक्त भैरहेका छन् ।  

घरमै थुनिएर बस्नुपरेको समयमा हिंसा तथा दुर्व्यवहारबाट पिडित बालबालिकाले हेल्पलाइनहरूमा फोन गर्ने क्रम अत्याधिक बढेको कुरा हेल्पलाइनहरूले उल्लेख गरेका छन्  भने  केहि बालबालिकाले त  विक्षिप्त भएर आत्महत्याको प्रयास पनि गरेका छन् ।   

प्रतिवेदनले दादुरा, पोलियो तथा अन्य रोगहरुबाट बालबालिकाको जीवन बचाउने खोप लगाउने अभियानहरू  पुन: सुचारू हुनुपर्ने कुरा उल्लेख गर्दै गम्भीर  कुपोषणबाट प्रभावित हुने अनुमान गरिएका ७७ लाख बालबालिकाको सहयोगको लागि काम गर्नुपर्ने उल्लेख गरेको छ, जुन विश्वको कुल संख्याको आधा भन्दा बढी हो।  पर्याप्त हात धुने तथा भौतिक दुरी कायम गर्न मिल्ने सुविधा सुनिश्चित गरि विद्यालयहरू सम्भव भएसम्म छिटो संचालन गर्नुपर्दछ ।   

वितेका केहि वर्षमा दक्षिण एसियामा बढ्दो समृद्दिले बालबालिकाको स्वास्थ्य, शिक्षा तथा अन्य पक्षहरूमा उल्लेख्य सुधार आएको थियो।  शिशु तथा मातृ मृत्युदर घट्नुका साथै विद्यालय जान नपाएका, र बालविवाह हुने बालबालिकाको संख्या पनि कम भैरहको थियो।  

तर, कोभिड-१९ ले निम्त्याएको आर्थिक संकटको भुमरीले उक्त क्षेत्र भरिकै परिवारहरूमा कडा प्रभाव पारेको छ ।  ठुलो संख्यामा भैरहेको रोजगारी एवं ज्याला कटौतीका साथै विदेशमा कार्यरत आप्रवासी कामदार मार्फत भित्रिने विप्रेषणको साथै पर्यटनबाट हुने आम्दानी पनि गुमेको छ।  हाल करीब २४ करोड  बालबालिका गरिबीमा बाँचिरहेकामा आगामी ६ महिना भित्र थप १२ करोड बालबालिका गरिबी तथा खाद्य असुरक्षा तर्फ धकेलिने प्रक्षेपण युनिसेफले गरेको छ।  

गरीब परिवारहरूमा पर्ने प्रभावलाई निराकरण गर्नको लागि सरकारहरूले आपतकालीन बालबालिका सहायता तथा विद्यालय पोषण कार्यक्रम लगायतका सामाजिक सुरक्षा योजनाहरूका लागि थप श्रोतको परिचालन तुरुन्तै गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ।  

"त्यस प्रकारका उपायहरू अहिले नै अपनाउन सके कोभिड-१९ ले निम्त्याएको मानवीय संकटबाट पार पाएर उत्थानशील एवं दिगो विकास नमुनामा रूपान्तरित हुनको लागि दक्षिण एसियालाई मद्दत पुग्ने छ, जसमा बालबालिकाको सुस्वास्थ्य, अर्थतन्त्र र सामाजिक एकता जस्ता दीर्घकालीन फाईदाहरू पनि पर्दछन," गोफले भन्नुभयो।  

प्रतिवेदनले कोभिड-१९ ले निम्त्याएका बालबालिकासंग सम्बन्धित संवेदनशील समस्याहरूसंग जुध्नको लागि निम्न उल्लेखित समेतका उपायहरूको बारेमा प्रकाश पारेको छ : 

  • समुदायमा कार्यरत स्वास्थ्यकर्मीहरू तथा अन्य सामाजिक सेवाकर्मीहरूले सुरक्षित रुपमा काम गर्न सक्ने बनाउनको लागि उहाँहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को व्यवस्था गर्ने 
  • छात्राहरू, दुर्गम क्षेत्र र शहरी सुकुम्बासी क्षेत्रहरूमा  बसोबास गर्ने तथा अपाङ्गता भएका बालबालिका लगायत जोखिममा रहेका  समुहका लागि  प्रविधिको कम प्रयोगबाट नै  घरमै बसेर   सिकाई हासिल गर्न सहयोग पुग्ने  कागजी सामग्री एवं मोबाइल फोनमा आधारित सामाग्रीहरूको प्रयोग बढाउने  
  • विद्यालय र स्वास्थ्य सेवा केन्द्रहरूमा रहेको पानी, शौचालय र सरसफाईको व्यापक आवश्यकतालाई सम्बोधन गर्ने 
  • कोभिड-१९ महामारीले पैदा गरेका भ्रम तथा हेलाका बोलीहरूलाई सम्बोधन गर्नको लागि धार्मिक नेताहरू र अन्य साझेदारहरूसँग सहकार्य गर्ने 

कोभिड-१९ विरुद्ध यस क्षेत्रमा जारी युनिसेफको प्रतिकार्य अन्तर्गत जुन महिनाको शुरुवात सम्ममा युनिसेफ, सरकारहरू तथा अन्य साझेदारको सहकार्यमा निम्न कार्यहरू भएका छन् :

  • बालबालिकासमेत कुल ३५६,८२० मानिसहरूलाई समुदायमा आधारित मानसिक स्वास्थ्य तथा मनोवैज्ञानिक सहायता प्रदान
  • कोभिड-१९को जोखिम सम्बन्धी सञ्चार र समुदायको सहभागिता मार्फत त्यस संग सम्बन्धित समस्याहरुको बारेमा अनुमानित १० करोड मानिसहरू सम्म जानकारी प्रवाह
  • पानी, सरसफाई तथा स्वच्छता सम्बन्धी सेवा तथा आपुर्तिलाई संक्रमण नियन्त्रण रोकथामको एउटा हिस्साको रुपमा लिंदै १ करोड ६ लाख मानिसहरूसम्म पहुँच 
  • बालबालिका साथै गर्भवती र स्तनपान गराईरहेका महिलाहरूमा कोभिड-१९ परीक्षण, रिफर तथा व्यवस्थापन गर्नको लागि १४ लाख स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम प्रदान
  • युनिसेफको सहायता प्राप्त स्वास्थ्य केन्द्रहरूबाट प्रदान गरिने खोप, सुत्केरी हुनु अघि र पछिको सेवा, एचआइभी सम्बन्धी सेवा र लैंगिक हिंसा प्रभावितको लागि सेवा मार्फत ७३ लाख महिला तथा बालबालिकासम्म पहुँच 

मिडिया सम्पर्कहरू

एन सोफी बोनेफेल्ड
युनिसेफको दक्षिण एसिया कार्यालय, नेपाल
सम्पर्क: +९७७ ९८०१० ३००७६
इमेल: abonefeld@unicef.org
मरिक्जि मेर्कादो
युनिसेफ जेनेभा
सम्पर्क: +४१७९५५९७१७२
इमेल: mmercado@unicef.org

 युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा बंचितिकरणमा परेका बालबालिकाहरसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ  १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि  www.unicef.org मा जानुहोस्।  

कोभिड-१९ को बारेमा थप जानकारी तथा बालबालिका तथा परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने सम्बन्धमा मार्गनिर्देशन प्राप्त गर्नको लागि यो वेभसाइट जानुहोस् । www.unicef.org/coronavirus

Twitter and Facebook  मा हामीलाई पाउनुहोस् । 

युनिसेफको  दक्षिण एसिया कार्यक्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल,  पाकिस्तान र श्रीलंका पर्दछन । 

युनिसेफ दक्षिण एसिया क्षेत्रीय कार्यालय (रोजा) ले सबै ८ वटा देशमा रहेका युनिसेफ देशीय कार्यालयहरूसँगको सहकार्यमा बालबालिकाको जीवन बचाउन, उनीहरूको अधिकार रक्षा गर्न, र उनीहरूमा रहेका  क्षमतालाई मुर्त रूप दिनको लागि सहयोग गर्दछ ।