कञ्चनरुप नगरपालिका, प्रदेश नं. २ को पहिलो बालमैत्री नगर घोषणा

11 सेप्टेम्बर 2019
child friendly local governance declaration
UNICEF Nepal/2019

काठमाण्डौ, २० भाद्र २०७६ – माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कञ्चनरुप नगरपालिकालाई संघीयता पछिको प्रदेश नं. २ को पहिलो तथा नेपालको तेश्रो बालमैत्री नगरपालिका घोषणा गर्नुभएको छ । 

बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धीमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ, जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ । बालमैत्री नगरपालिका निर्माणको यात्रामा कञ्चनरुप नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको छ । जसका कारण बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिएको छ । 

कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार भन्नुहुन्छ  “हामीले नगरपालिकालाई बालमैत्री घोषणा गयौं, यो संगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ भन्ने थप जिम्मेवारी हामीले महसुस गरेका छौ । हामीले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नेछौं । हामीले बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गरेउ, जसको निरन्तरता सदैव हुनेछ । ”

बालमैत्री नगर निर्माणका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । सोही अनुरुप कञ्चनरुप नगरपालिकाले सन् २०१५ देखि नै बालबालिकाको क्षेत्रमा पुजिगत बजेटको १५ प्रतिशत बजेट विनियोजन गर्दै आएको छ । जसले गर्दा सत प्रतिशत बालबलिका विद्यालय भर्ना हुन सहयोग मिलेको छ , सबै विद्यालयमा छात्र छात्रामैत्री शौचालय रहेको छ, सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ, सबै घरमा शौचालय बनेको छ , बालबालिकाहरुको जन्मदर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्युनीकरणको काम तिब्र रुपमा गरिरहेको छ र वालविवाह रोकथाम, न्युनीकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ३९ ओटा सूचक पूरा गर्नुपर्ने भएपनि कञ्चनरुप नगरपालिकाले दुइ सुचक थप गरी ४१ ओटा सूचकमा काम गरिहेको छ । जसमध्ये ३१ सूचकमा सत प्रतिशत र बाँकी सूचकहरुमा ९० प्रतिशत भन्दा बढि नतिजा प्राप्त गरेको छ ।

युनिसेफ नेपालका राष्ट्रिय प्रतिनिधि एलके विस भन्नुहुन्छ,“कञ्चनरुप नगरपालिकाका सम्पूर्ण बालबालिका, युवा र समग्र नगरबासीलाई युनिसेफले बधाई दिन चाहान्छ , जसले बालमैत्री स्थानीय शासनको महा अभियानलाई सफल बनाउन योगदान गर्नुभयो । वहा थप्नुहुन्छ: बालबालिकाको उज्वल र थप शान्तीपूर्ण भविश्यको लागि बालबालिकामा गरिएको लगानीको प्रतिफल स्वरुप बालमैत्री नगरपालिका घोषणा भएकोले, राष्ट्रको प्रगतिको लागि आज एउटा कोशेढुङ्गा बनेको छ  । बालअधिकार महासन्धी पारीत भएको ३० वर्षको उत्सव मनाउने पूर्व सन्ध्यामा नगरपालिका बालमैत्री घोषणा हुनु भनेको बालअधिकारको अनुभुतीको उत्कृष्ट उदाहरण हो ।”

कञ्चनरुप नगरपालिकाले बालमैत्री नगरको यात्रा विगत सन् ९० को दशक देखि नै शुरु गरिसकेको थियो, जुन समयमा युनिसेफ नेपालले नर्वेजियन सरकार संगै अन्य साझेदारको सहयोगमा महिला तथा बालबालिकाका लागि विकेन्द्रिकरण कार्यक्रम मार्फत अत्यन्त आधारभूत तहमा काम गरिरहेको थियो । जसको अभ्यासले बालमैत्री स्थानीय शासनको प्रारुप तयार गर्न सहयोग गयो, जुन नेपाल सरकारले सन् २०११ देखि अवलम्बन गरेको छ । बालमैत्री नेपाल निर्माणको उद्धेश्य प्राप्तीका लागि युनिसेफले सरोकारवाला र कञ्चनरुप नगरपालिका जस्ता विभिन्न स्थानीय तहसंग निरन्तर समन्वय गरी कार्य गरिरहनेछ । 

कञ्चनरुप नगरपालिकाका बाल संजाल अध्यक्ष राहुल अलि (१६) का अनुसार “नगरपालिकाका सम्पूर्ण बालबालिकाको सपना अन्नत पूरा भएको छ । बालमैत्री घोषणा गर्ने क्रम संगै बालमैत्री नगरको रुपमा हामीले सबै बालबालिकाको अधिकार सुनिश्चित गरेका छौ ।” बालबालिकाले सुरक्षित वातवारणको महसुस गर्न पाएका छन् र बालमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाएका छन् । हाम्रो आवाज सुनिदै छ , हामी योजना तर्जुमा प्रक्रियामा पनि निरन्तर सहभागी हुने अवसर पाएका छौ । राहुलका अनुसार “आफु बालक्लबमा बसेर नगरपालिका संग नजिकमा रहेर काम गर्ने अवसर पाएका कारण, विभिन्न तालिमहरुमा सहभागी भएका कारण यति राम्रो क्षमता विकास भएको छ की आज म हजारौं मानिसहरुको अगाडि यो मञ्चमा उभिएर बोल्न सक्षम भएको छु , म जस्तै क्षमता विकासको अवसर देशका प्रत्येक बालबालिकाले पनि पाउनुपर्छ ।” 

मिडिया सम्पर्कहरू

राजेश यादव
कञ्चनरुप नगरपालिका
सम्पर्क: ‌‌९७७ ९८६५१२३७५०
तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org

About UNICEF

UNICEF promotes the rights and wellbeing of every child, in everything we do. Together with our partners, we work in 190 countries and territories to translate that commitment into practical action, focusing special effort on reaching the most vulnerable and excluded children, to the benefit of all children, everywhere.

For more information about UNICEF and its work for children, visit www.unicef.org 

Follow UNICEF Nepal on Twitter , Facebook and Instagram