एल्के विस युनिसेफ नेपालको नयाँ प्रतिनिधी

09 मे 2019
Elke Wisch is the new UNICEF Representative  for Nepal
UNICEF Nepal/2019/LNgakhusi

काठमाडौं, २४ बैशाख, २०७६ – युनिसेफले नेपालका लागि युनिसेफको नयाँ प्रतिनिधीको रुपमा एल्के विसलाई स्वागत गरेको छ । विस बालबालिका र महिलाको अधिकारको क्षेत्रमा लामो अनुभव भएकी जर्मन नागरिक हुनुुहन्छ । 

‘म लामो समयदेखि नेपाल आउन चाहन्थे’,  विसले भन्नुभयो । ‘म यो सुन्दर देशमा आउन र नेपालका बालबालिका र महिलाको सेवा गर्ने अवसर पाउँदा निकै खुसी छु ।’

विगत २३ वर्षमा  विसले विभिन्न खालका विकासकालीन, संक्रमणकालीन र आपतकालीन परिवेशमा बालबालिका, महिला र उनीहरुको समुदायको जीवन सुधार्नका लागि काम गर्नुभएको छ ।  विस सन् १९९६ मा रुवाण्डामा बाल संरक्षण अधिकृतको रुपमा युनिसेफमा प्रवेश गर्नुभएको थियो र त्यसपछि लाइबेरियामा बाल संरक्षण प्रमुखको रुपमा काम गर्नुभएको थियो । सन् १९९९ र २००१ को बीचमा उहाँले कोसोभोको आपतकालीन अवस्थामा कार्यक्रम संयोजक र एफवाइआर म्यासेडोनियाको नायव प्रतिनिधीको रुपमा बाल्कन क्षेत्रमा काम गर्नुभएको थियो । सन् २००३ देखि २००७ मा म्यानमारमा युनिसेफको नायव प्रतिनिधीको रुपमा काम गर्नुअघि  विसले सन् २००१ देखि २००३ सम्म अफगानिस्तानको आपतकालीन कार्यसञ्चालनको समयमा आपतकालीन संयोजन र बाल संरक्षणका क्षेत्रमा वरिष्ठ पदहरु सम्हाल्नुभएको थियो । 

सन् २००८ मा,  विसले उत्तरी युगाण्डामा संयुक्त राष्ट्रसंघीय देशीय टोलीका लागि वरिष्ठ शान्ति स्थापना तथा पुनर्लाभ संयोजकको रुपमा काम गर्नुभयो भने सन् २००९ देखि २०१४ सम्म पूर्वी तथा दक्षिणी अफ्रिका क्षेत्रका लागि युनिसेफको नायव क्षेत्रीय निर्देशकको रुपमा काम गर्नुभयो । सन् २०१४ मा उहाँ मेडागास्करका लागि युनिसेफको प्रतिनिधीको रुपमा नियुक्त हुनुभयो (उहाँले चार वर्षसम्म यो पदमा काम गर्नुभयो) । नेपालका लागि प्रतिनिधीको पदमा काम शुरु गर्नुअघि अगस्त २०१८ देखि  विसले युनिसेफको दक्षिण एसियाली क्षेत्रीय कार्यालयमा कायममुकायम नायव क्षेत्रीय निर्देशकको रुपमा काम गर्नुभयो । 
 

मिडिया सम्पर्कहरू

तानिया धाख्वा

प्रमुख, सञ्चार शाखा

युनिसेफ नेपाल

सम्पर्क: 977-9801244524

युनिसेफ को बारेमा 

युनिसेफले आफ्ना सम्पूर्ण गतिविधि बालबालिकाको अधिकार सुनिश्चित गर्न र कल्याणकारी सेवा उपलव्ध गराउन केन्द्रित गर्दछ । यसले आफ्ना साझेदारसँग मिलेर १९० वटा देश र स्थानमा प्रतिवद्धतालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छ । सर्वाधिक जोखिममा रहेका र पिछडिएका बालबालिकामा पहुँच बनाउन विशेष प्रयास गर्दै यसले सबै क्षेत्रका बालबालिकाका निम्ति काम गर्दछ ।

थप जानकारीको लागी:  www.unicef.org

युनिसेफ नेपाललाई फेसबुकट्वीटरमाइंन्‍स्‍टाग्राम फलो गर्नुहोस् ।