विश्वका सम्पूर्ण बालबालिकाका लागि खुला पत्र

नयाँ पुस्ताप्रति म चिन्तित तथा आशावादी हुनुका ८ कारणहरू

Executive Director Henrietta H. Fore
युनिसेफ

हाइलाईटहरू

तीस बर्ष अघि, विश्वव्यापी परिवर्तनको संघारमा, बर्लिनको पर्खाल भत्किँदै गर्दा, रंगभेद न्युन हुँदै गर्दा, र इन्टरनेटको विश्वव्यापी संजाल जन्मदै गर्दा बालबालिका र बाल्यपनको समर्थनमा सारा संसार एकजुट भएको थियो। तानाशाही शासन र असफल सरकार भोगेका त्यसबेलाका अभिभावकहरूले आफ्ना बालबालिकाका लागि राम्रा अवसरहरू र अधिकार सहितको सुनौलो भविष्यको आशा राखे। त्यसकारण, जब सन् १९८९ मा संसारभरका नेतृत्वगणले एक अभूतपूर्व एकताको प्रदर्शन गर्दै सम्पूर्ण बालबालिकाको संरक्षण गर्न तथा उनीहरूको अधिकार सुनिश्चित गर्न ऐतिहासिक प्रतिवद्धता व्यक्त गरे, तब आउँदो पिढीको लागि वास्तवमै आशाको संचार भयो।

बाल अधिकार सम्बन्धी महासन्धिको ३० औं बार्षिकोत्सवका अवसरमायुनिसेफकी कार्यकारी निर्देशक हेनरिएटा एच. फोरद्वारा जारी गरिएको विश्वका बालबालिकाका लागि खुलापत्र।

Executive Director Henrietta H. Fore
लेखक
युनिसेफ
प्रकाशन मिति
भाषा
अंग्रेजी, नेपाली

प्रतिवेदन डाउनलोड गर्नुहोस्