11/03/2020
चोटपटकबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने?
https://www.unicef.org/nepal/ne/कथा/चोटपटकबाट-बालबालिकालाई-कसरी-सुरक्षित-राख्ने
बालबालिकालाई हुनसक्ने चोटपटक वा इन्जरीमा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन् । यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक–बाटोहरू निर्माण गर्नेतर्फ विचार पुर्याउनु अति नै आवश्यक छ । बालबालिकामा हुने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको महत्वको विषयमा छलफल गर्ने गरेमा घाइतेको…, एक वर्ष मुनिका शिशुहरू, यद्यपी हामी धेरै साना छौं त, रः, हामी निरन्तर बढीरहेका हुन्छौं । हामीलाई गल्तीले पनि चोट नलागोस् भनेर तपाईको रेखदेखको धेरै खाँचो छ । हामी प्रायः सुत्ने, खाने र रुने मात्र गर्छौं, तर पनि तपाईहरूले हामीलाई कसरी सुरक्षित राख्ने हो जान्नै पर्छ । हामीले ढल्किन, पल्टिन र बस्न सिकेको पनि धेरै भएको छैन, त्यसैले पनि तपाईले हाम्रो सुरक्षाबारे सोच्नै पर्छ । हामीहरूलाई घरबाहिर त चोटपटक/…, याद राख्नुहोस्, तपाईंहरू हाम्रो लागि दुःख कष्ट गर्नुहुन्छ, तर कुनै आपत आइपरेमा हामी आफ्नो स्याहार आफैं गर्न पनि सक्दैनौ।   This image shows an illustration of a young child on the edge of the bed UNICEF Nepal/2020/BTulachan  , चाडपर्वमा पनि हामीलाई दुर्घटनाबाट जोगाउनुहोस्, धेरै साना भएकाले हामी लड्यौं भने नराम्ररी घाइते हुनसक्छौं । हामी बामे सर्न वा राम्ररी हिंड्न सक्दैनौं, त्यसैले तपाईले हामीलाई यताउता लैजाँदा बोक्नुहोस् । तर हामी बढ्दै जाँदा हामी हाम्रा हात र खुट्टा प्रयोग गर्ने भएकाले हामी गुल्टिन सक्छौं । तपाईले मलाई समातेर हिंड्दा, कुनै वस्तुमा चिप्लेर वा अल्झेर लड्न सक्नुहुन्छ । तपाईसँगै मलाई पनि चोट लाग्न…, हामीलाई पोलिनबाट जोगाउनुहोस्, दुर्घटनावस घरमा आगो लाग्यो भने मलाई पोल्न सक्छ । म धुँवाले निसास्सिन वा मर्न पनि सक्छु । हाम्रो घरमा आगो लाग्दैन भन्ने निश्चित गर्नुहोस् । मेरो छाला कमलो र पातलो भएकोले छिटै पोल्छ । जाडो याममा तातो पानीले नुहाउन मलाई पनि मन पर्छ । तर, पानी कति तातो छ जाँचेर मात्र मलाई नुहाइदिनुहोस् ।  घरभित्र वा सुत्ने ठाउँमा वा म सुतेको ठाउँमा चुरोट नपिउनुहोस् ।…, हामीलाई निसास्सिनबाट जोगाउनुहोस् ।, मेरो फोक्सो धेरै सानो भएको र श्वासप्रश्वास प्रणाली कमजोर भएकोले म सजिलै निसास्सिन सक्छु । मलाई यी अवस्थाबाट जोगाउनुहोस्; घरभित्रको धुँवाबाट, बिंडी/चुरोटको धुँवाबाट, ओढ्नेले नाक–मुख छोप्नबाट, मकलबाट निस्कने धुँवाबाट, सुतेको बेला कोल्टो पर्नबाट, सुतेको बेला च्यापिनबाट ।  , हामीलाई पानीमा डुब्नबाट पनि जोगाउनुहोस् ।, मेरो वरपर खुला भाँडोमा पानी भरिएको छ भने तपाईंहरूले त्यसलाई संधै छोपेर राख्नुहोस् । म जस्ता कति बच्चाहरू त्यस्ता भाँडोमा डुबेर मरेका छन् ।  , अब हामी बामे सर्ने र भरखरै हिंड्न शुरु गर्छौं, खाना पकाउने बेला मलाई चुलो नजिक आउन बाट रोक्नुहोस् । मैले हात चलाउँदा पोखेर मलाई अनि तपाईलाई पोल्न सक्छ । म अझै सानै भएपनि मलाई नयाँ नयाँ कुरा गर्न र खोज्न मन पर्छ । याद राख्नुहोस्, यसो गर्दा म ठुलो दुर्घटनामा पनि पर्न सक्छु । बामे सर्दै म बाहिर बारीतिर पनि पुग्न सक्छु । ख्याल गर्नुहोस्,  त्यहाँ सर्प, बिच्छी पनि हुन सक्छन् । मलाई मेच, टेबुल खाटमा…, एक वर्षदेखि, पाँ, चवर्ष सम्म, म एक वर्ष पुगेपछि तपाईहरू कत्ति खुशी हुनु भएको छ । तर म अलि ठुलो भए पनि आफ्नो स्याहार गर्न र खतरा चिन्न सक्दिन । अझै पनि घरभित्र वा घर वरपरकै धेरै कुराहरूले मलाई घाइते बनाउने खतरा छ । मलाई कुनै नौलो चिज साना, ठुला, जेसुकै देखेपछि त्यसैसँग खेल्न मन लागिहाल्छ । मलाई एक्लै खेल्न पनि जान नदिनुहोस् । म हातले समात्न सक्ने जुनसुकै वस्तु पनि मुखमा हाल्छु…, हेर्नुहोस् त म त ठुलो, हुँ, दैछु, नि !, अब मलाई माथि माथि पुग्न र त्यहाँबाट हेर्न रहर लाग्छ । त्यसैले म पिर्का, डोको वा भाँडाकुँडाको सहायताले झ्यालमा चढेर बाहिरतिर हेर्ने पनि गर्दछु । मलाई रुखमा चढ्न पनि धेरै मन पर्छ । एक्लै वा साथीसँग रुखमा चढेर खेल्दा म त्यहाँबाट लडेर घाइते हुने र हाड भाँचिने पनि हुनसक्छ । मलाई टेबुल वा अग्लो ठाउँमा राखेको कुरा भेट्न र त्यसलाई समात्न मन लाग्छ । यसो…, चर्पी, मलाई एक्लै छाड्नु भयो भने तपाईलाई पछ्याउँदै काम गरेका ठाउँमा पनि आइपुग्छु । एक्लै घरमा बसे पनि चोटपटक लगाउन सक्छु । मलाई तपाईहरूको रेखदेखको धेरै खाँचो पर्दछ । मैले तपाईहरू वा हजुरबा–आमाको औषधि भेटें भने पनि खाइदिन्छु । त्यसरी औषधि खाएँ भने मलाई विषालु असर पनि हुनसक्छ । घरको भुँइतिर शिशीमा केही किटनाशक, केमिकल वा रसायनिक पदार्थ भेटेँ भने पनि म…, स्कुल जाने उमेरका, बालबालिका, मलाई यो उमेरमा घर भित्रभन्दा घर बाहिर खेल्न मनपर्छ । स्कुल जाँदाखेरी मलाई बाटोमै पनि चोटपटक लाग्ने धेरै कुराहरू हुन्छन् । एक्लै स्कुल पठाउनु भयो भने मलाई चोट लाग्ने खतरा धेरै बढी हुन्छ । This image shows an illustration of two children climbing up walls UNICEF Nepal/2020/BTulachan म स्कुलबाट फर्के पछि सकभर मेरो शरीरमा कतै चोट पो लागेको छ कि भनेर…, दश वर्ष पुगेका, बालबालिका, हामी बालबालिका १० वर्ष पुगेपछि हाम्रो शरीरमा केटा र केटी हो भनेर स्पष्ट छुट्टिने गरी शारीरिक परिवर्तन आउँछ । हामीहरू आफै पनि यही बेला केटा र केटीको भिन्नता थाहा पाउँछौं । हामी यसै उमेरमा साथी बनाउने गर्दछौं । नेपालमा १० वर्ष पुगे पछि हामीजस्ता बालबालिकाले घरको काममा सघाउनु पर्ने जिम्मेवारी पनि थपिन्छ । जस्तै भाई–बहिनीको हेरचाह, भान्सा, गोठ र…, किशोरावस्थाका केटाकेटीहरू, This image shows an illustration of two young boys on a scooter UNICEF Nepal/2020/BTulachan, किशोरावस्था हामीहरूले निम्न अनुसारका कृयाकलापहरू गर्दछौ, ; आफ्नो शरीरको बनावट र अनुहारमा ध्यान दिने सजिलैसँग भावुक हुने घनिष्ट साथी बनाउने केटाले केटीलाई र केटीले केटालाई साथी बनाउने बाहिर जान रमाउने कहिलेकाँही समयमा घर नआउने, विभिन्न खालका कल्पना गर्ने कौतुहलताको निराकरण गर्न खोज्ने, किशोरावस्थामा हामीहरू प्रायः, जोखिमयुक्त व्यवहार प्रदर्शन गर्दछौं । अरुको देखासिकी गर्ने चलन पनि बढि नै हुन्छ । यसबाट हामीहरूलाई चोटपटक लाग्ने अत्याधिक सम्भावना हुन्छ । त्यसैगरी यस उमेरमा हामी झै–झगडा गर्ने, कुलतमा लाग्ने र हिंसात्मक व्यवहार पनि देखाउँछौं । तर हामीहरूले समूहमा मिलेर राम्रा–राम्रा कामहरू पनि गर्न सक्छौं । चोटपटक (इन्जरी) रोकथाममा पनि सहयोग गर्न सक्छौं ।    , चोटपटकका समस्याहरूलाई रोकथाम गर्न, अभिभावकले गर्नु पर्ने आधारभूत कामः, घर वरपर रहेका जोखिम वा खतराका वस्तुहरू पत्ता लगाउने र हटाउने । बच्चाको राम्रो रेखदेख गर्ने । बच्चालाई खतरापुर्ण ठाउँमा जानबाट रोक्न छेकबार लगाउने । बच्चालाई चुलोमा आउन बाट रोक्ने । परिवार र समुदायका सबैले आफु सुरक्षित हुने र बालबालिकालाई पनि सिकाउने ।   साना–साना कुरामा होशियारी गर्नाले ठुल्ठुला समस्याबाट बच्न सकिन्छ ।   Childhood injury, बालबालिकालाई हुने चोटपटकका विविध पक्षहरूबारे डा. पुष्पराज पन्तद्वारा तयार पारिएको सचित्र पुस्तिका हेर्न क्लिक गर्नुहोस्,    
07/06/2020
पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?
https://www.unicef.org/nepal/ne/पूर्व-प्राथमिक-कक्षाका-बालबालिकालाई-के-सिकाउने
कोरोना भाइरस (कोभिड –१९)को महामारीका कारण दिनभरी घरमा बस्न बाध्य बालबालिकालाई विद्यालयमा सिकाइने कुरा अहिले अभिभावकले घरमै सिकाउनु पर्ने अवस्था आइपरेको छ । कक्षा एक भन्दा माथिका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक भएका हुनाले के सिकाउने प्रष्ट छ । तर पूर्व प्राथमिक कक्षाका बालबालिकाका लागि पाठ्यपुस्तक आवश्यक नपर्ने हुँदा यी बालबालिकाले के सिक्नुपर्छ…, के हो पूर्व प्राथमिक कक्षा, ?, २०५८ सालको शिक्षा ऐनको सातौ संशोधन अनुसार एक वर्षे पूर्व प्राथमिक शिक्षालाई नेपाल सरकारले मान्यता दिएको देखिन्छ । २०७५ सालको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी बनेको विधेयकमा चार वर्ष (४८ महिना) पूरा गरेका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको शिक्षालाई पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकास तथा शिक्षा…, पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने, ?, प्रारम्भिक बालविकास दिग्दर्शनमा बालबालिकालाई कक्षाकोठामा के र कसरी सिकाउने बारे लेखिएको हुनाले, बालबालिका घरमा नै रहेको हालको अवस्थामा, प्रारम्भिक बाल सिकाइ तथा विकास मापदण्ड (२०६८), सहयोगी हुन्छ । यस मापदण्डको एउटा प्रमुख उद्देश्य, कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावकहरू, प्रारम्भिक बाल विकास सम्बन्धी विज्ञहरू तथा सबै समुदायका सदस्यहरूको बीचमा यी बालबालिकाबाट के कस्ता जायज अपेक्षा गर्न सकिन्छ र ती कसरी पूरा गर्न सकिन्छ भन्ने बारे साझा छलफलका लागि एउटा साधन बनाउनु पनि हो । मापदण्ड  निर्माणका लागि…, (, १) शारीरिक विकास, यस क्षेत्रले बालबालिकाको शारीरिक स्वास्थ्य तथा दैनिक क्रियाकलापमा संलग्न हुने क्षमतालाई समेट्दछ । शारीरिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः शरीरका स्थूल अंगहरूको तन्दुरूस्ती तथा समन्वयको प्रदर्शन गर्दछन् । शुक्ष्म मांसपेशीय अंगहरूको समन्वय र संचालन गर्न सक्षम छन् । आँखा र औंलाको समन्वय गरी देखाउन सक्षम छन । विविध सामग्री / वस्तुहरूको ठीक…, (२) सामाजिक तथा सम्वेगात्मक विकास, यस क्षेत्रले बालबालिकाहरूको सौहार्दपूर्ण तथा सकारात्मक सम्बन्ध बनाउने क्षमता जसले गर्दा उनीहरू घरपरिवार, विद्यालय र समुदायमा राम्ररी घुलमिल हुन सक्ने हुन्छन् । साथै यस क्षेत्रले बालबालिकाहरूको सम्वेगात्मक सन्तुलन कायम गरी सिकाई तथा ज्ञान हासिल गर्ने कार्यमा संलग्न हुने क्षमतालाई पनि समेट्दछ ।  This image shows an illustration of a family cleaning…, (३) बौद्धिक विकास, यस क्षेत्रले भौतिक तथा सामाजिक परिवेशबारे ज्ञान हासिल गर्ने तथा सो बारे विचार गर्न सक्ने क्षमतालाई समेट्दछ । विशेषतः यस क्षेत्रले बालबालिकाहरूको वरिपरीको वातावरणमा उपलब्ध सामानहरू, संस्था र रङ आदिबारेको ज्ञानलाई समेट्दछ । This image shows an illustration of children doing different activities बौद्धिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः खोज तथा…,  , (४) भाषिक विकास, यस क्षेत्रले बालबालिकाहरूको भाषिक ज्ञान, भाषाको बुझाई तथा प्रयोग गर्ने क्षमता जस्तो कि पढाइ र लेखाइ सीपका साथै प्रभावकारी रूपमा आफ्नो भनाइ ब्यक्त गर्ने क्षमतालाई समेट्दछ । भाषिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः अरूले बोलेको कुरा सुन्न र ठीकसँग जवाफ दिन सक्छन् ।  सजिला वाक्यहरूको प्रयोग गर्दै बोल्न सक्छन् ।  बालबालिकाहरूले एक अर्का तथा…, (५) साँस्कृतिक विकास, माथि उल्लेखित विविध साँस्कृतिक राष्ट्रिय मूल्य मान्यतालाई सम्बोधन गर्न तथा राष्ट्रको साँस्कृतिक सम्पदाको जगेर्नाका लागि यो क्षेत्र समावेश गरिएको छ । साँस्कृतिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः विभिन्न व्यक्तिहरूको आ–आफ्नै आवश्यकता तथा फरक–फरक संस्कृति हुन्छन् भन्ने बुझ्ने छन् र तिनीहरूको आदर गर्ने छन् ।  बालबालिकाहरूले हामी नपाली हौं भन्ने…
04/28/2020
बालबालिकाको उत्त्प्रेरणाको लागि घरमै खेल्न सकिने खेलहरू
https://www.unicef.org/nepal/ne/कथा/बालबालिकाको-उत्त्प्रेरणाको-लागि-घरमै-खेल्न-सकिने-खेलहरू
साना बालबालिका एक आपसमा सँगसँगै मिलेर खेल्न रुचाउँछन् । तर कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलिएको बेला साथीहरूसँग भेटघाट गर्नु र ठूलो समूहमा खेल्नु सुरक्षित छैन। शारीरिक दुरी कायम गरेर हामी आफू र अरूहरूलाई त सूरक्षित राख्न सक्छौँ, तर खेलका माध्यमबाट आफ्नो वरिपरिको परिवेश थाहा पाउने र साथीहरूसँग जोडिन सिक्ने साना बालबालिकाका लागि भने शारीरिक…, ०-९ महिनासम्मका शिशुहरूका लागि,   This image shows an illustration of a mother on the floor with her child pointing at their pet cat, देखियो-देखियो-देखिएन!, यो खेल खेलाउनको लागि तपाईंलाई आफ्नो हात र मधुर बोलीको प्रयोग गर्नु पर्नेछ। तपाईं आफ्नो शिशु लिएर कुनै एक स्थानमा बस्नुहोस्। अब तपाईंले आफ्नो हात वा सफा कपडाको टुक्राले आफ्नो अनुहार छोप्नुहोस्, त्यसपछि लगत्तै अनुहारबाट हात वा कपडा हटाउँदै "देखियो-देखियो-देखिएन!" भन्नुहोस् । तपाईंको शिशुले रमाउँदै तपाईंको अनुहार एकैछिनमा हराएको र फेरि एकैछिनमा…, हेर र भन, घर वरिपरिका फरक-फरक वस्तुहरूलाई देखाउनुहोस् । तिनको नाम बताउँदै तिनीहरूको बारेमा भन्नुहोस्। जस्तो कि कुनै एउटा बिरालो देखाउँदै भन्नुहोस्, “उ हेर बिरालो देख्यौ? त्यो खैरो बिरालो हो।“ यस्तो गर्नाले तपाईंका नानीबाबुहरूको भाषिक विकास हुनुको साथै तपाईंहरू बीचको सम्बन्ध प्रगाड बन्नेछ।, बाजा बनाऔ, आफ्ना नानीबाबुहरूसँग मिलेर गीत गाउनुहोस्। साथसाथै बाजा बनाउन एउटा सुरक्षित खाली प्लास्टिकको बोतल लिनुहोस् । त्यसभित्र टाँक वा मालाका दानाहरू हालेर बिर्को बन्द गरी हल्लाएर बजाउन मिल्ने बाजा बनाउनुहोस्। संगीतले बालबालिकाको संवेदनात्मक बिकास गर्दछ भने सो बाजा समाउने कृयाकलापले सुक्ष्म तथा स्थुल अङ्गको बिकास गर्दछ। सबैभन्दा महत्त्वपूर्ण कुरा रचनात्मक…, शरीरको खेल, आफ्ना नानीबाबुहरूलाई उनीहरूको शरीरको अङ्गहरूको नाम बताउनुहोस् । ती अङ्गहरू देखाउँदै उनीहरूलाई अङ्गका नामहरू सिक्न सहयोग गर्नुहोस्। जस्तैः "नानीको नाक कहाँ छ? यी, यहाँ छ।" तपाईंले बालबालिकालाई आफ्नो र अरूको अङ्ग बिचको समानता थाहा दिन आफ्नो पनि सोहि अङ्ग देखाउनुहोस् र भन्नुहोस् "आमाको नाक कहाँ छ? यी यहाँ छ।"      , १-२ वर्ष उमेरका बालबलिकाका लागि,  , बाकसको गाडी, यो कृयाकलाप गर्नको लागि सबै भन्दा पहिले एउटा खाली बाकस वा कार्टुन लिनुहोस्। त्यसमा सुरक्षाको लागि सफा एवम् नरम बाक्लो कपडा वा ब्ल्याङ्केट मिलाएर आरामदायी तरिकाले बिछ्याउनुहोस्। अब आफ्ना नानीबाबुहरूलाई त्यसमा राख्नुहोस्। त्यस पछि, तपाईं कुनै मोटर कारको ध्वनिलाई नक्कल गर्दै होसियारी पूर्वक वरिपरि धकेल्ने वा तान्ने गर्नुहोस्। यस्तो कृयाकलापबाट…, किचेन ड्रमर, यसको लागि सबै भन्दा पहिला भान्साबाट केही नफुट्ने वा नटूक्रिने किसिमका कचौरा, भाँडा र प्यानहरू ल्याउनुहोस् । तिनीहरूलाई मिलाएर ड्रम सेटको शैलिमा राख्नुहोस्। ड्रम बजाउनको लागि ड्रम स्टिकको रूपमा प्रयोग गर्न केही काठबाट बनेका पन्यूहरू ल्याउनुहोस्। अब तपाईंका नानीबाबुहरू आफैंले रमाउँदै सो काठका पन्यू र भाँडाहरू बजाएर नयाँ-नयाँ ध्वनिहरू निकाल्नेछन्।…, स्वतन्त्र चित्रण, आफ्ना नानीबाबुहरूलाई मैनका रंगहरू र एउटा खालि कागज दिनुहोस्। अब उनीहरूलाई इच्छा अनुरूपको चित्रहरू बनाउन लगाउनुहोस्। यसले तपाईंका नानीबाबुहरूको सृजनात्मक कला उजागर गर्नको साथै आफै रमाउन सिकाउँदछ। जब उनीहरूले चित्र कोरेर सक्छन्, उनीहरूले चित्र बनाउँदा प्रयोग गरेका विभिन्न रंगहरूको बारे उनीहरूसँग कुरा गर्नुहोस्।, भकुन्डो पास, एउटा नरम प्रकारको भकुन्डो ल्याउनुहोस्। अब तपाईं र तपाईंका नानीबाबुहरू केहि छोटो दुरीको फरकमा आमने सामने गरि बस्नुहोस्। त्यसपछि सो बललाई पालै-पालो एक अर्को तर्फ पास गरेर खेल्नुहोस्। यसले तपाईंका नानीबाबुहरूको आत्मविश्वास बढाउनका साथै हरेक कृयाको जवाफ वा प्रतिकृया दिन सिकाउँदछ। यसलाई अझै रमाइलो बनाउन अर्को भकुन्डो थप्नुहोस् र उनीहरूले कुनै एउटा छनोट…, ३-४ वर्ष उमेरका बालबालिकाका लागि,   This image shows a father and a young child playing dress up with a funny shawl and paper boat hat, विभिन्न वेशभूषा र पहिरन, केहि फरक-फरक किसिमका कपडाहरू लिनुहोस् ।आफ्ना नानीबाबुहरूलाई ती कपडाहरूबाट विभिन्न वेशभूषा र पहिरन बनाउन लगाउनुहोस् । त्यसपछि उनीहरूले छानेको पहिरनको आधारमा सँगै खेल्नुहोस् ।पक्कै पनि तपाईंहरू सबैले अपुर्व अनुभव गर्न सक्नुहुनेछ ।, म तिमीलाई समात्छु, घरभित्र वा वरिपरि खाली ठाउँमा नानीबाबुहरूलाई दौडन लगाउनुहोस् र आफूले उनीहरूलाई समात्ने प्रयास गर्नुहोस् । यो खेलले तपाईंका नानीबाबुहरूलाई धेरै थकाउनेछ । त्यसैले खेल खेलिसके पछि उनीहरूलाई छोटो समयको लागि सुताउन पनि सक्नुहुनेछ।, आवाज पत्ता लगाऊ, आफ्नो शिशुलाई फरक-फरक जनावरहरूको आवाजको नक्कल गरेर सुनाउनुहोस् । उसलाई त्यो आवाज कुन जनावरको हो भनेर चिन्न लगाउनुहोस्। अब त्यसरी नै उसलाई पनि जनावरहरूको आवाजको नक्कल गर्न प्रोत्साहित गर्नुहोस् र आफूले सो जनावरको नाम बताउनुहोस्। यसले आवाज नक्कल गर्दा छनोट गर्नु भएका जनावरहरूकोबारे नानीबाबुहरूलाई अझ धेरै जानकारी दिने अवसर प्रदान गर्नेछ।, बाल चुनौती, बालबालिका आफ्नो शारीरिक परिपक्वतासँगै चुनौतीहरू सामना गर्न मन पराउँछन्। त्यसैले आफ्ना नानीबाबुहरूलाई आफ्ना पाखुरा उठाउने, हातले गोडाका औँलाहरू छुने जस्ता गाह्रा निर्देशनहरू दिनुहोस्। यसले तपाईंका बालबालिकालाई शरीरका अङ्गहरूको नाम थाहा पाउन र उनीहरूको शारीरिक क्षमताहरूको पहिचान गर्न सहयोग पुर्याउँदछ।    , ५-८ वर्ष उमेरका बालबालिका,  , अवरोधपूर्ण दौड, नरम र सूरक्षित किसिमका फर्निचर, सिरानी र खेलौनाहरूको प्रयोग गरेर ठाउँ ठाउँमा अवरोधहरू बनाउनुहोस्। शुरूमा कसरी यी अवरोधहरूबाट बँचेर दुरी पार गर्न सकिन्छ भनेर आफ्ना नानीबाबुहरूलाई देखाउनुहोस्। त्यसपछि उनीहरूलाई जति सक्दो चाँडो सो दुरी पूरा गर्न प्रोत्साहन गर्नुहोस्। यसको लागि घडि हेरेर दौडिन लगाउनुहोस्। हरेक पटक उनीहरूलाई आफूले अघिल्लो पटक पार गरेको…, खेलौनाको  सरसफाइ, एउटा बाल्टिनमा पानी भर्नुहोस्। त्यसमा आफ्ना नानीबाबुहरूको खेलौनाहरू डुबाएर पानीसँग खेल्दै नरम कपडाले खेलौनाको सरसफाइ गर्न लगाउनुहोस्।, कथा बनाउन लगाउनुहोस्, आफ्ना बालबालिकालाई नेत्रित्व गर्न दिनुहोस् र उनीहरूलाई कुनै काल्पनिक कथा बनाउन लगाउनुहोस् ।उनीहरूको कुरा राम्ररी सुन्नुहोस् । उनीहरूले बनाएका काल्पनिक दुनियाँहरूको बारेमा प्रश्न सोध्नुहोस्।, सँगै खाजा बनाउनुहोस्, तपाईंले आफ्नो परिवारको लागि खाजा तयार गर्दा आफ्ना नानीबाबुहरूलाई पनि सहयोग गर्न अभिप्रेरित गर्नुहोस्। सकेसम्म धेरै रंगका खानेकुराहरू प्रयोग गर्ने चुनौती दिनुहोस्। खाजा तयार भएपछि पनि उनीहरूको क्षमता र इच्छा अनुसार प्लेटमा खाजा सजाउन दिनुहोस्। आफ्ना स्वादिलो शृजनासँग उनीहरू पक्कै खुसी र गौरवान्भित हुनेछ। This image shows a father and daughter…, युनिसेफकी म्यान्डी रिचद्वारा लिखित, चित्रः प्रोमिना श्रेष्ठ, This image shows a mother pulling her child in a box that has been made to look like a car This image shows a mother holding her child UNICEF Nepal  , कोरोना भाइरस : अभिभावकका लागि श्रोत‍-सामग्री, अभिभावक भएर कोभिड-१९ बारेमा जान्नु पर्ने कुरा  
04/20/2020
टाढाबाट पनि बालबालिकालाई सकारात्मक उत्प्रेरणा दिन सकिन्छ
https://www.unicef.org/nepal/ne/कथा/टाढाबाट-पनि-बालबालिकालाई-सकारात्मक-उत्प्रेरणा-दिन-सकिन्छ
बालबालिकाको सर्वाङ्गिण (शारिरीक, बौद्धिक, सामाजिक, भाषिक तथा संवेगात्मक) विकासमा राम्रो स्वास्थ्य, पर्याप्त पोषण, प्रारम्भिक सिकाईको अवसर, सकारात्मक उत्प्रेरणा र सुरक्षा तथा संरक्षणको महत्व हुन्छ । यी सबै पक्षहरूको संयोजन र सुनिस्चितता गर्ने प्रमुख दायित्व हामी अभिभावकहरूको  हो । अहिलेको सामाजिक तथा आर्थिक परिवेशमा हामी धेरै आमाबाबुहरू दुवै घरबाट…, कोरोना भाइरस : अभिभावकका लागि श्रोत‍-सामग्री, अभिभावक भएर कोभिड-१९ बारेमा जान्नु पर्ने कुरा  
04/02/2020
आज हामी कुन कथा पढ्ने?
https://www.unicef.org/nepal/ne/आज-हामी-कुन-कथा-पढ्ने
This image shows an illustration of a book विश्वभर फैलिएको कोरोना भाइरसको (कोभिड –१९) संक्रमणका कारण बालबालिका अहिले घरमै बस्न बाध्य छन् । त्यसैले आमाबुबाहरूले घरमै आफ्ना नानीहरूको प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित गर्नु जरुरी छ । यसका लागि एउटा सजिलो उपाय भनेको उनीहरूसँग कथा पढ्नु हो । कथा पढ्दा आवाज निकालेर पढ्नु पर्छ र उनीहरूलाई पनि…, बालबालिकासँग कथा पढ्नुका अरु फाइदा पनि छन् ।,  जो बालबालिकाले राम्रोसँग कथा पढ्छन्, उनीहरूको शैक्षिक नतिजा पनि राम्रो हुन्छ । उनीहरूको मस्तिष्कको विकास द्रुत गतिमा हुन्छ ।  साथसाथै ध्यानकेन्द्रित गर्ने क्षमताको विकास हुन्छ । कथाले वरपरको संसार चिनाउँछ । शब्दभण्डार वृद्धि हुनुका साथै भाषाको विकास उच्च हुन्छ । बालबालिकामा कल्पना शक्तिको विकास हुन्छ । अनुभूति सीपको विकासमा मद्दत पुग्छ । शान्ति र…, सानै उमेरदेखि बारम्बार पढेर सुनाउनुहोस्, शिशु ४ महिनाको हुँदा देखि नै उसले सुन्ने गरि पढेर सुनाउने गरेमा, उ ठुलो हुँदै जाँदा पनि पढेर सुनाउन सकिने सम्भावना बढ्छ ।  बालबालिकाले बोल्न शुरु गर्नु अघि नै उनीहरूको मस्तिष्कमा भाषाको आधार बन्ने हुँदा उनीहरू सानै हुँदा देखि नै पढेर सुनाउनु महत्वपुर्ण हुन्छ । हुर्कदै गर्दा जति धेरै शब्द बालबालिकाले सुन्दछन्, त्यति नै धेरै शब्दहरू सिक्दछन् । शिशु…, भिडियो, राजन र लोमश, पूजा र रशेश, UNICEF Nepal, प्रकाश र आयुषी, सुशिला र अनुस्का, यशु श्रेष्ठ: 'कसको कपाल?', यशु श्रेष्ठ: 'हटहट घोडा', अनुराधा: ‘सबै ठिक हुन्छ’, शाश्वत पराजुली: 'गोडामा प्लाष्टर', लिसा राई, अविनाशी र मनास्लु, गंगा र आरना, गीतांजलि, शाम्भवी, आहाना र सान्भी, UNICEF Nepal, लक्ष्मी र रोचिस, वेदान्शी, भिम र सौभाग्य,   तिमी मेरो हिरो हौ, रेइना र रेहान,    सबिता र वेदान्श, कृपा, सुरेश, सबिना र सुयोग, तपाईंहरू पनि आफ्ना नानीहरूसंग कथा पढ्नुहोस् र त्यसको भिडियो हामीसँग ईमेल ( unicefnepal@gmail.com ) वा युनिसेफ नेपालको फेसबुक मेसेन्जर मार्फत शेयर गर्नुहोस् ।, थप श्रोत-सामग्री, This image shows the storyweaver logo This image shows the logo of Let's Read Asia This image shows an illustration of a little girl with a book This image shows a group of little girls laughing This image shows a young girl reading a book This image shows a young boy studying in school This image shows a mother holding her child, कोरोना भाइरस : अभिभावकका लागि श्रोत‍-सामग्री, अभिभावक भएर कोभिड-१९ बारेमा जान्नु पर्ने कुरा
03/29/2020
घरमै प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित कसरी गर्ने?
https://www.unicef.org/nepal/ne/घरमै-प्रारम्भिक-बालविकास-तथा-सिकाइ-सुनिश्चित-कसरी-गर्ने
विश्वभर फैलिएको कोरोना भाइरसको (कोभिड –१९) संक्रमणका कारण बालबालिका अहिले घरमै बस्न बाध्य छन् ।  विगतका यी समयमा बालबालिका शैक्षिक सत्रको अन्तिम परीक्षा सकाएर लामो विदामा हुन्थे । घर बाहिर गएर खेल्न, घुम्न र सिक्न पाउँथे । तर, त्यो अवस्था अहिले छैन । साना बालबालिका, विशेष गरी ८ वर्षमुनिका बालबालिकालाई कसरी घरमै राखी उनीहरुको प्रारम्भिक बालविकास…, किन ८ वर्ष मुनिका बालबालिका, ला, ई विशेष ध्यान चाहिन्छ, ?, गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर बालबालिकाको शारिरीक, सामाजिक, संबेगात्मक तथा बौद्धिक बिकासको आधारशिला हो । यो अवधिलाई प्रारम्भिक बाल्यावस्था भनिन्छ । गर्भावस्थादेखि ५ वर्षको अवधिमा मस्तिष्कको ९० प्रतिशत विकास भइसक्छ । ८ वर्षसम्ममा बालबालिकाको सिकाइ क्षमता विकास भइसकेको हुन्छ । विभिन्न अनुसन्धानका अनुसार ८ वर्षसम्ममा सामान्य लेखपढ तथा गणितीय सीप…, कसरी घरमै प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित गर्ने?, कोभिड-१९ ले गर्दा वयस्क तथा बालबालिकाको दैनिकीमा परिवर्तन आएको छ । सबभन्दा पहिले त घरमै दिनभर बालबालिकाले के गर्ने भन्ने दैनिकी बनाउने कुराबाट शुरु गर्नुहोस् । दैनिकी लचिलो तर निरन्तर पुरा गर्ने किसिमले बालबालिका आफैलाई बनाउन लगाउनुहोस् । दैनिकी बनाउँदा निम्न चार विकासात्मक पक्ष समेटेर बनाउन लगाउनुहोस् । स्वतन्त्र समय पनि राख्न लगाउनुहोस् । This…, शारीरिक विकास, सदाझै पोषिलो खाना खाने, समयमै सुत्ने र समयमै उठ्ने, व्यायाम, नाँच तथा योग जस्ता क्रियाकलापहरु गर्ने, औंला प्रयोग हुने सिर्जनात्मक क्रियाकलापहरु जस्तैः चित्र बनाउने, रङ भर्ने, आदि गर्ने, व्यक्तिगत सरसफाइ गर्ने, विशेषगरि साबुन पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने । This image shows children with their grandmother listening to stories and…, सामाजिक विकास, घरमा रहेका परिवारसँग विभिन्न विषयमा कुराकानी गर्ने, ठूलाबडाबाट कथा तथा पहिलेका घटनाहरु सुन्ने, घरमै खेलिने खेलहरु (चेस, लुडो, बाघचाल आदि) खेल्ने,  साथीहरुसँग सञ्चार माध्यम (टेलिफोन तथा इन्टरनेट भएमा) प्रयोग गरेर कुराकानी गर्ने । This image shows children with their mother, playing with toys, संवेगात्मक विकास, पपेट अथवा पुतलीसँग खेल्दै आफूले खुसी, दुख, रिस कस्तो महसूस गर्दैछ बताउने, अभिभावकले पनि विभिन्न कुरामा आफूले महशुस गरिरहेको कुरा बताउने, घरका कामकाजमा बालबालिकालाई सघाउने, कसरी गर्ने सिक्ने, सुत्ने बेलामा कथा सुन्ने वा चित्र कथा हेर्ने । This image shows an illustration of two children playing telephone using string and paper, बौद्धिक विकास, आवाज निकालेर कथाहरू पढ्ने, उनीहरू आफैं पढ्न सक्दैनन् भने अभिभावकले पढेर सुनाउने, गीत गाउने, घरमा भएका सामग्रीसँग खेल्ने, विभिन्न ध्वनि तथा वस्तुहरु चिन्ने, विभिन्न विषयमा प्रश्नोत्तर गर्ने, विभिन्न आकार (गोलो, चारकुने, त्रिकोण) तथा रङहरु भएका घरभित्रका सामानहरुको सुची बताउने वा सकेमा लेख्ने, खोजमूलक क्रियाकलाप गर्ने, पजलहरु बनाउने । यसका साथसाथै…, चित्रः बन्दना तुलाचन, This image shows a mother holding her child, कोरोना भाइरस : अभिभावकका लागि श्रोत‍-सामग्री, अभिभावक भएर कोभिड-१९ बारेमा जान्नु पर्ने कुरा  
07/12/2019
विपद्को बेला बालसुरक्षा
https://www.unicef.org/nepal/ne/कथा/विपद्को-बेला-बालसुरक्षा
विभिन्न प्रकारका प्राकृतिक विपद् कहिले आउँछन् भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । यस्तो स्थितिमा बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । त्यसैले विपद्को अवस्थामा गर्भवती महिला र बालबालिकाको विशेष स्याहार संरक्षण गर्नुपर्दछ । बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनिहरूको विशेष स्याहार संरक्षण गर्न केहि तरीका…, थप सुझाव, गर्भवती महिला र प्रारम्भिक उमेरका बालबालिकालाई कहिले पनि एक्लै छाड्नु हुँदैन । उनीहरूलाई भरपर्दो वयस्क स्याहारकर्ता संग वा बालस्याहार वा बालविकास केन्द्रमा राख्नु पर्दछ । त्यस भन्दा अगाडि आफ्नो र शिशुको नाम, ठेगाना र फोन नम्बर लेखिएको परिचय कार्ड बालबालिकाका नाडी वा गोलीगाँठामा बाँधी दिनुपर्दछ । बालबालिका कुरा गर्न थालेपछि आमाबाबुको र आफ्नो नाम,…
05/31/2019
अमृत समान आमाको दूध: शिशुको पहिलो खाना
https://www.unicef.org/nepal/ne/कथा/अमृत-समान-आमाको-दूध-शिशुको-पहिलो-खाना
शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ ले स्तनपानको संरक्षण र सम्वद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने…, स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:, स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनु पर्दछ । सफा र खुकुलो लुगा लगाउनु पर्दछ । आमाले स्तनलाई C (अंग्रेजी अक्षरको सी आकार) आकारमा समात्नु पर्दछ । बुढी औंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरु औंला स्तनको तलपट्टि हुनुपर्छ । शिशुलाई काखमा राख्ने र शिशुको टाउको अलिकति ढल्काइ दूध चुसाउनु पर्दछ । स्तनपान गराउँदा एकापट्टिको…, बालबालिकाको लागि स्तनपानको महत्व:, आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । यो सधैँ सफा र सुरक्षित हुन्छ । यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्वहरु हुन्छ । यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ । यो संधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।…, आमाको लागि स्तनपानको महत्व:, बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ । बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ । आमाको…
05/31/2019
अनुशासनको नाममा हुने दण्डसजायबाट बालबालिकाको संरक्षण
https://www.unicef.org/nepal/ne/कथा/अनुशासनको-नाममा-हुने-दण्डसजायबाट-बालबालिकाको-संरक्षण
बालबाlलकाको कुनै व्यवहार सुधार्ने वा सिकाउने नाममा उनीहरूलाई कुटपीट गर्ने, शारीरिक कष्ट दिने वा मानसकि आघात पर्ने गरी होच्याउने, तर्साउने, अपमान गर्ने वा गज्यिाउने जस्ता अनुशासनको नाममा हुने दण्डसजाय अन्तर्गत पर्दछन्।, अनुशासनको नाममा निम्न दण्डसजाय प्रचलनमा रहेको पाइन्छ:, शारीरिक दण्डसजाय, : साना बालबालिकालाई चुप लगाउन हल्लाउने, बालबालिकालाई हातमा, गालामा वा शरीरको अन्य भागमा हात वा लट्ठी, कोर्रा, पेटी, जुत्ता, डस्टर जस्ता वस्तुले पिट्ने, झटारो हान्ने, लात्तीले हिर्काउने, चिमोट्ने, उचालेर पछार्ने, समातेर झकझकाउने, तातो बस्तुले डाम्ने, आगोले पोल्ने, तातो पानी खन्याउने, कुखुरो बनाउने, कक्षा बाहिर उभ्याइदिने, साथीलाई पिट्न लगाउने, कान…, मानसिक दण्डसजाय:, आँखा तरेर हेर्ने, ठूलो स्वरले हप्काउने, अपमानित गर्ने, शौचालय वा एकान्तमा थुन्ने, गाली गर्ने, अरूसँग दाँजेर होच्याउने, गिज्याउने, कमजोर वा नजान्ने भनी हतोत्साहित गर्ने, आदि ।, बालबालिकालाई के कस्ता ठाउँमा अनुशासनको नाममा दण्डसजाय हुने गर्दछ ?, बालबालिकालाई घर, विद्यालय, दिवा स्याहार केन्द्र, बालगृहहरू, खेल्ने स्थान तथा सार्वजनिक स्थलहरूमा समेत अनुशासन कायम गर्ने नाममा शारीरिक तथा मानसिक दण्डसजाय हुने गर्दछ।, सामान्य दण्डसजायले बालबालिकालाई असर गर्छ र ?, दण्डसजायबाट बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असरहरू देखा पर्दछन्। आवेशमा आएको बेलामा आफू उपर उचित नियन्त्रण नहुने हुनाले थोरै बल प्रयोग गर्ने उद्देश्य भए पनि गम्भीर चोटपटक लाग्ने, बालबालिकाको अङ्गभङ्ग हुने र कतिपय अवस्थामा मृत्यु समेत हुने खतरा रहन्छ। साना बालबालिकालाई चुप लगाउन हल्लाउँदा…, दण्डसजाय नदिएमा बालबालिका अनुशासनहीन हुँदैनन् र ?, कतिपय मानिसहरूलाई बालबालिकालाई डर नदेखाई माया मात्र दिएर हुर्काएमा उनीहरूअनुशासनहीन हुन्छन् र भनेको टेर्दैनन् भन्ने लाग्दछ। वास्तवमा भन्नु पर्दा अनुशासन र दण्डसजायको कुनै सम्बन्ध छैन। वास्तविक अनुशासन बल प्रयोग गरेर हासिल हुँदैन। दण्डसजायको माध्यमबाट क्षणिक रूपमा बालबालिकालाई कुनै व्यवहार गर्न बाध्य पार्न सकिएला तर यसबाट उनीहरूको भित्री स्वभावमा…, हामी पनि दण्डसजाय भोगेर नै यहाँ सम्म पुग्न सफल भयौं त, होइन र?, कुनै पनि व्यक्तिको सफलताको सम्भाव्यता सजिलै मापन गर्न सकिँदैन। दण्डसजाय नभोगेको भए आजको सफलता हासिल गरिँदैनथ्यो भन्ने तर्क गरिन्छ भने दण्डसजाय नभोगेको भए अझ सफल भइन्थ्यो भनेर पन ितर्क गर्न सकिन्छ। विभिन्न अध्ययनले पुष्टि गरे अनुसार डर, त्रास र हिंसाको वातावरणले मानिसको आत्मविश्वास तथा मस्तिष्कको विकासमा नकारात्मक असर पार्ने हुनाले दण्डसजायको कारण…, यस विषयमा के कस्तो कानुनी व्यवस्था छ ?, कुनै वयस्क व्यक्तिले अर्को वयस्क व्यक्तिलाई कुटपिट वा गाली गरेमा गैरकानुनी कार्य ठहर्छ, तर बालबालिकालाई कुटपिट वा गाली गरेमा अनुशासनमा राखेको भनी छुट दिइनु न्यायसङ्गत हुन सक्दैन। बालबालिकालाई वयस्कको तुलनामा थप संरक्षण आवश्यक पर्दछ, तसर्थ कुटपिट तथा गाली बेइज्जती सम्बन्धी कानुनको संरक्षणबाट बालबालिका वञ्चित गरिनु हुँदैन। नेपालको संविधानको धारा ३९…, आफ्नो बालबालिकालाई जे जसरी हुन्छ अनुशासित गराउन पाउनु अभिभावकको अधिकार होइन र ?, मानवको रूपमा बालबालिकाको आफ्नै पहिचान हुने भएकोले उनीहरूलाई कसैको व्यक्तिगत सम्पत्तिको रूपमा व्यवहार गरिनु हुँदैन। बालबालिकाको सर्वोत्तम हित हुने गरी पालनपोषण गर्नु अभिभावकको दायित्व हो। सबै प्रकारका हिंसा, दुर्व्यवहार तथा उपेक्षाबाट संरक्षण पाउनु बालबालिकाको अधिकार भएकोले अभिभावकले बालबालिकाको सो अधिकार हनन हुने गरी व्यवहार गर्नु हुँदैन।…, बालबालिकालाई दण्डसजाय दएिर हुर्काउने त हाम्रो परम्परा नै हो, आफ्नो परम्परा अनुसार गर्न पनि नपाउनु ?, विगतमा बालमनोविज्ञान र बालविकासको ज्ञानको कमीको कारण दण्डसजायले अनुशासन कायम हुन्छ भन्ने गलत बुझाइ स्थापित भयो। हामीले विज्ञान र प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा धेरै परिवर्तन अवलम्बन गरिसकेका छौं। सोही विज्ञानको एउटा हाँगाले दण्डसजायले अनुशासन कायम हुँदैन र बालबालिकालाई झन् हानी गर्छ भन्ने सन्देश दिन्छ भने हामीले हाम्रो बुझाई र व्यवहारलाई…, बालबालिकालाई दण्डसजाय नदिईकन पनि अनुशासित गराउन सकिन्छ र ?, दण्डसजाय दिइनाले बालबालिका र अभिभावकको सम्बन्धमा नकारात्मक असर पर्दछ। हामीलाई थाहा भएकै कुरा हो, जुन व्यक्तिसँग हाम्रो राम्रो सम्बन्ध छ, हामीले ती व्यक्तिबाट सहयोग प्राप्त गर्दछौं। त्यसै गरी बालबालिकासँग पनि सकारात्मक सम्बन्ध कायम गर्न सकेमा बालबालिकाले अभिभावकको सुझाव तथा आग्रहलाई पालना गर्दछन् र अनुशासन कायम गर्न झन् मद्दत पुग्दछ। दण्दसजाय नदिई…, दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ त ?, वास्तविक अनुशासन (स्व: अनुशासन) हिंसा प्रयोग नगरी मात्र कायम गर्न सकिन्छ। बालबालिकाको उमेर र परिस्थिति अनुसार सकारात्मक अनुशासनका फरक फरक माध्यमहरू हुन्छन्। सामान्यतयास् सकारात्मक अनुशासन कायम राख्नको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ: तत्कालको लागि आफ्नो सजिलो नसोचेर बालबालिकाले के सिक्नु पर्दछ, उनीहरूको कस्तो व्यवहार हुन पर्दछ र के गर्दा…, दण्डसजायले झन् हानी गर्छ त भनियो, तर रिस उठेको बेला, थकाई लागेको बेला, हतार भएको बेला सकारात्मक अनुशासन कहाँ सम्भव छ र ?, यदि तपाइलाई समस्या परेको छ, रिस उठेको छ वा हतार भएको छ र बालबालिकालाई गाली गर्ने वा पिट्ने सोच आएको छ भने याद गर्नुहोस् त्यो बेला बालबालिकालाई महत्त्वपूर्ण सीप सिकाउने अवसर पन िहो। बालबालिकाले कुनै दिन त्यस्तै अवस्थाको सामना गर्नु परेमा उनीहरूले पनि हिंसा गरुन् भन्ने चाहनु हुन्छ वा संयमित भएर व्यवहार गरुन् भन्ने चाहनु हुन्छरु बालबालिकाले अभिभावकको…