11/03/2020
चोटपटकबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने?
https://www.unicef.org/nepal/ne/कथा/चोटपटकबाट-बालबालिकालाई-कसरी-सुरक्षित-राख्ने
बालबालिकालाई हुनसक्ने चोटपटक वा इन्जरीमा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन् । यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक–बाटोहरू निर्माण गर्नेतर्फ विचार पुर्याउनु अति नै आवश्यक छ । बालबालिकामा हुने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको महत्वको विषयमा छलफल गर्ने गरेमा घाइतेको…, एक वर्ष मुनिका शिशुहरू, यद्यपी हामी धेरै साना छौं त, रः, हामी निरन्तर बढीरहेका हुन्छौं । हामीलाई गल्तीले पनि चोट नलागोस् भनेर तपाईको रेखदेखको धेरै खाँचो छ । हामी प्रायः सुत्ने, खाने र रुने मात्र गर्छौं, तर पनि तपाईहरूले हामीलाई कसरी सुरक्षित राख्ने हो जान्नै पर्छ । हामीले ढल्किन, पल्टिन र बस्न सिकेको पनि धेरै भएको छैन, त्यसैले पनि तपाईले हाम्रो सुरक्षाबारे सोच्नै पर्छ । हामीहरूलाई घरबाहिर त चोटपटक/…, याद राख्नुहोस्, तपाईंहरू हाम्रो लागि दुःख कष्ट गर्नुहुन्छ, तर कुनै आपत आइपरेमा हामी आफ्नो स्याहार आफैं गर्न पनि सक्दैनौ। This image shows an illustration of a young child on the edge of the bed UNICEF Nepal/2020/BTulachan , चाडपर्वमा पनि हामीलाई दुर्घटनाबाट जोगाउनुहोस्, धेरै साना भएकाले हामी लड्यौं भने नराम्ररी घाइते हुनसक्छौं । हामी बामे सर्न वा राम्ररी हिंड्न सक्दैनौं, त्यसैले तपाईले हामीलाई यताउता लैजाँदा बोक्नुहोस् । तर हामी बढ्दै जाँदा हामी हाम्रा हात र खुट्टा प्रयोग गर्ने भएकाले हामी गुल्टिन सक्छौं । तपाईले मलाई समातेर हिंड्दा, कुनै वस्तुमा चिप्लेर वा अल्झेर लड्न सक्नुहुन्छ । तपाईसँगै मलाई पनि चोट लाग्न…, हामीलाई पोलिनबाट जोगाउनुहोस्, दुर्घटनावस घरमा आगो लाग्यो भने मलाई पोल्न सक्छ । म धुँवाले निसास्सिन वा मर्न पनि सक्छु । हाम्रो घरमा आगो लाग्दैन भन्ने निश्चित गर्नुहोस् । मेरो छाला कमलो र पातलो भएकोले छिटै पोल्छ । जाडो याममा तातो पानीले नुहाउन मलाई पनि मन पर्छ । तर, पानी कति तातो छ जाँचेर मात्र मलाई नुहाइदिनुहोस् । घरभित्र वा सुत्ने ठाउँमा वा म सुतेको ठाउँमा चुरोट नपिउनुहोस् ।…, हामीलाई निसास्सिनबाट जोगाउनुहोस् ।, मेरो फोक्सो धेरै सानो भएको र श्वासप्रश्वास प्रणाली कमजोर भएकोले म सजिलै निसास्सिन सक्छु । मलाई यी अवस्थाबाट जोगाउनुहोस्; घरभित्रको धुँवाबाट, बिंडी/चुरोटको धुँवाबाट, ओढ्नेले नाक–मुख छोप्नबाट, मकलबाट निस्कने धुँवाबाट, सुतेको बेला कोल्टो पर्नबाट, सुतेको बेला च्यापिनबाट । , हामीलाई पानीमा डुब्नबाट पनि जोगाउनुहोस् ।, मेरो वरपर खुला भाँडोमा पानी भरिएको छ भने तपाईंहरूले त्यसलाई संधै छोपेर राख्नुहोस् । म जस्ता कति बच्चाहरू त्यस्ता भाँडोमा डुबेर मरेका छन् । , अब हामी बामे सर्ने र भरखरै हिंड्न शुरु गर्छौं, खाना पकाउने बेला मलाई चुलो नजिक आउन बाट रोक्नुहोस् । मैले हात चलाउँदा पोखेर मलाई अनि तपाईलाई पोल्न सक्छ । म अझै सानै भएपनि मलाई नयाँ नयाँ कुरा गर्न र खोज्न मन पर्छ । याद राख्नुहोस्, यसो गर्दा म ठुलो दुर्घटनामा पनि पर्न सक्छु । बामे सर्दै म बाहिर बारीतिर पनि पुग्न सक्छु । ख्याल गर्नुहोस्, त्यहाँ सर्प, बिच्छी पनि हुन सक्छन् । मलाई मेच, टेबुल खाटमा…, एक वर्षदेखि, पाँ, चवर्ष सम्म, म एक वर्ष पुगेपछि तपाईहरू कत्ति खुशी हुनु भएको छ । तर म अलि ठुलो भए पनि आफ्नो स्याहार गर्न र खतरा चिन्न सक्दिन । अझै पनि घरभित्र वा घर वरपरकै धेरै कुराहरूले मलाई घाइते बनाउने खतरा छ । मलाई कुनै नौलो चिज साना, ठुला, जेसुकै देखेपछि त्यसैसँग खेल्न मन लागिहाल्छ । मलाई एक्लै खेल्न पनि जान नदिनुहोस् । म हातले समात्न सक्ने जुनसुकै वस्तु पनि मुखमा हाल्छु…, हेर्नुहोस् त म त ठुलो, हुँ, दैछु, नि !, अब मलाई माथि माथि पुग्न र त्यहाँबाट हेर्न रहर लाग्छ । त्यसैले म पिर्का, डोको वा भाँडाकुँडाको सहायताले झ्यालमा चढेर बाहिरतिर हेर्ने पनि गर्दछु । मलाई रुखमा चढ्न पनि धेरै मन पर्छ । एक्लै वा साथीसँग रुखमा चढेर खेल्दा म त्यहाँबाट लडेर घाइते हुने र हाड भाँचिने पनि हुनसक्छ । मलाई टेबुल वा अग्लो ठाउँमा राखेको कुरा भेट्न र त्यसलाई समात्न मन लाग्छ । यसो…, चर्पी, मलाई एक्लै छाड्नु भयो भने तपाईलाई पछ्याउँदै काम गरेका ठाउँमा पनि आइपुग्छु । एक्लै घरमा बसे पनि चोटपटक लगाउन सक्छु । मलाई तपाईहरूको रेखदेखको धेरै खाँचो पर्दछ । मैले तपाईहरू वा हजुरबा–आमाको औषधि भेटें भने पनि खाइदिन्छु । त्यसरी औषधि खाएँ भने मलाई विषालु असर पनि हुनसक्छ । घरको भुँइतिर शिशीमा केही किटनाशक, केमिकल वा रसायनिक पदार्थ भेटेँ भने पनि म…, स्कुल जाने उमेरका, बालबालिका, मलाई यो उमेरमा घर भित्रभन्दा घर बाहिर खेल्न मनपर्छ । स्कुल जाँदाखेरी मलाई बाटोमै पनि चोटपटक लाग्ने धेरै कुराहरू हुन्छन् । एक्लै स्कुल पठाउनु भयो भने मलाई चोट लाग्ने खतरा धेरै बढी हुन्छ । This image shows an illustration of two children climbing up walls UNICEF Nepal/2020/BTulachan म स्कुलबाट फर्के पछि सकभर मेरो शरीरमा कतै चोट पो लागेको छ कि भनेर…, दश वर्ष पुगेका, बालबालिका, हामी बालबालिका १० वर्ष पुगेपछि हाम्रो शरीरमा केटा र केटी हो भनेर स्पष्ट छुट्टिने गरी शारीरिक परिवर्तन आउँछ । हामीहरू आफै पनि यही बेला केटा र केटीको भिन्नता थाहा पाउँछौं । हामी यसै उमेरमा साथी बनाउने गर्दछौं । नेपालमा १० वर्ष पुगे पछि हामीजस्ता बालबालिकाले घरको काममा सघाउनु पर्ने जिम्मेवारी पनि थपिन्छ । जस्तै भाई–बहिनीको हेरचाह, भान्सा, गोठ र…, किशोरावस्थाका केटाकेटीहरू, This image shows an illustration of two young boys on a scooter UNICEF Nepal/2020/BTulachan, किशोरावस्था हामीहरूले निम्न अनुसारका कृयाकलापहरू गर्दछौ, ; आफ्नो शरीरको बनावट र अनुहारमा ध्यान दिने सजिलैसँग भावुक हुने घनिष्ट साथी बनाउने केटाले केटीलाई र केटीले केटालाई साथी बनाउने बाहिर जान रमाउने कहिलेकाँही समयमा घर नआउने, विभिन्न खालका कल्पना गर्ने कौतुहलताको निराकरण गर्न खोज्ने, किशोरावस्थामा हामीहरू प्रायः, जोखिमयुक्त व्यवहार प्रदर्शन गर्दछौं । अरुको देखासिकी गर्ने चलन पनि बढि नै हुन्छ । यसबाट हामीहरूलाई चोटपटक लाग्ने अत्याधिक सम्भावना हुन्छ । त्यसैगरी यस उमेरमा हामी झै–झगडा गर्ने, कुलतमा लाग्ने र हिंसात्मक व्यवहार पनि देखाउँछौं । तर हामीहरूले समूहमा मिलेर राम्रा–राम्रा कामहरू पनि गर्न सक्छौं । चोटपटक (इन्जरी) रोकथाममा पनि सहयोग गर्न सक्छौं । , चोटपटकका समस्याहरूलाई रोकथाम गर्न, अभिभावकले गर्नु पर्ने आधारभूत कामः, घर वरपर रहेका जोखिम वा खतराका वस्तुहरू पत्ता लगाउने र हटाउने । बच्चाको राम्रो रेखदेख गर्ने । बच्चालाई खतरापुर्ण ठाउँमा जानबाट रोक्न छेकबार लगाउने । बच्चालाई चुलोमा आउन बाट रोक्ने । परिवार र समुदायका सबैले आफु सुरक्षित हुने र बालबालिकालाई पनि सिकाउने । साना–साना कुरामा होशियारी गर्नाले ठुल्ठुला समस्याबाट बच्न सकिन्छ । Childhood injury, बालबालिकालाई हुने चोटपटकका विविध पक्षहरूबारे डा. पुष्पराज पन्तद्वारा तयार पारिएको सचित्र पुस्तिका हेर्न क्लिक गर्नुहोस्,