10/23/2018
हाम्रो बारे
https://www.unicef.org/nepal/ne/हाम्रो-बारे
नेपालमा युनिसेफ: पाँच दशकको साझेदारी, नयाँ दिल्लीस्थित कार्यालयमार्फत सन् १९६४ देखि नेपालमा काम गर्न शुरू गरेको युनिसेफले सन् १९६८ मा काठमाडौंमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो।, विगतका वर्षहरुमा, विगतका पाँच दशकको साझेदारीमा देशले लिएका कैयौं विकासका कदमहरुमा युनिसेफले सहयोग गरेको छ। देशका बालबालिका, किशोरकिशोरी र महिलाका परिवर्तन हुँदै गएका आवश्यकताहरू अनुसार नेपालमा युनिसेफका कार्यक्रमहरुमा निरन्तर परिवर्तन भएका छन्। , सन् १९६० र ७० को दशक: , सवारी साधनहरु र निर्माण कार्यमा सहयोग; पुस्तकहरूको प्रकाशन र वितरण; खोप, आयोडिन, भिटामिन ए र आइरन चक्कीहरूको वितरणमा सहयोग, तथा स्तनपान र पुनर्जलीय उपचारको प्रवर्धनजस्ता भौतिक सहयोगका कार्यक्रमहरूमा केन्द्रित।, सन् १९८० को दशक:, प्रारम्भिक बाल हेरचाह र विकास, बालिकाहरूलाई शिक्षामा समान पहुँच, बाल सुरक्षा, बाल र मातृ स्वास्थ्य, सामुदायिक खानेपानी र सरसफाईका साथै दुर्गम क्षेत्रका बालबालिकालाई विद्यालयबाहिरको शिक्षाजस्ता कार्यक्रमहरूमा सहयोग।, सन १९९० को दशक:, विशेषगरी महिला केन्द्रित कार्यक्रम र समुदायको सशक्तिकरण, र आनीबानी (व्यवहार) परिवर्तनको प्रवर्धनका लागि मीना कार्यक्रम।, सन् २००० को दशक: , द्वन्द्वको समयमा सुरक्षा, अनौपचारिक कानुनी समितिहरू, एचआईभी तथा जीवनोपयोगी सीपहरू सम्बन्धी कार्यक्रमहरू।, सन् २०१३ – सन् २०१७:, नीतिगत तथा कानुनी सुधार, बालबालिकासम्बन्धी संयन्त्र र प्रकृयाहरूको सुदृढिकरण, सामाजिक विकृतिहरूसंग सम्बन्धित चलन र व्यवहारहरूको सम्बोधन, किशोर-किशोरीहरूको विकास र सहभागिता, जलवायु परिवर्तन तथा दैविप्रकोप जोखिमहरूको न्युनिकरण। सन् २०१५ पछिका भुकम्पहरू पश्चात आपतकालिन सहयोग र पुनर्स्थापना।, सन् २०१८ – २०२२:, नेपालको युवा जनसंख्याको क्षमता अभिवृद्धि गर्नका केन्द्रीय, संघीय, र स्थानीय गरी सबै तहमा बालबालिकामा लगानी गर्नुपर्ने अत्यन्तै महत्वपूर्ण आवश्यकताको लागि युनिसेफले निरन्तर वकालत गर्नेछ । यसका साथै दिगो विकासका लक्ष्यहरू (SDGs) हासिल गर्नका लागि नेपालले गरेको प्रतिवद्धतालाई युनिसेफले सघाउँनेछ। युनिसेफका सन् २०१८ देखि २०२२ का कार्यक्रमहरु स्वास्थ्य…, युनिसेफ नेपाल, का, बारे, मा केहि तथ्यहरू, :, एक संयुक्त राष्ट्रसंघीय नियोग हो जसले आफ्ना पञ्चवर्षीय कार्यक्रमहरूका लागि सरकारसँग सहमति गर्दछ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था होईन। सरकारी र गैरसरकारी साझेदार संस्थाहरु मार्फत काम गर्दछ तर आफैले भने कार्यक्रमहरूको कार्यान्वयन गर्दैन। मुख्यतया पैरवी, नीतिगत छलफल तथा तालिमहरू मार्फत सरकारका विद्यमान संयन्त्रको सुदृढिकरणमा सहयोग गर्छ।