01/02/2019
मिडिया सोधपुछ
https://www.unicef.org/nepal/ne/मिडिया-सोधपुछ
मिडिया सोधपुछ, तानिया धाख्वा, मुख्‍य, सञ्चार शाखा  युनिसेफ नेपाल मोबाईल-  ९७७-९०१२४४५२४ ईमेल-  tdhakhwa@unicef.org  , नेपालका बालबालिका र किशोर–किशोरीहरूका बारेमा समाचार संकलन,  पत्रकार तथा सञ्चार माध्यमका विद्यार्थीका लागि निर्देशिका   , १., परिचय , सञ्चार माध्यमले आम जनमानसको सोचमा प्रभाव पार्ने, पारदर्शिता सिर्जना गर्ने र सचेतना बढाउने तथा सामाजिक कुरीतिसँग लड्नसक्ने क्षमता राख्ने कुरामा कुनै विवाद हुनसक्दैन ।   यसका साथै सञ्चार माध्यमले बालबालिका तथा किशोर–किशोरीलाई उनीहरूका अधिकारबारे जानकारी दिलाउन, दूरदर्शिता बढाउन तथा उनीहरूलाई सार्वजनिक जीवनमा उतार्न पनि महत्वपूर्ण भूमिका निर्वाह…, २. बालबालिका तथा किशोर–किशोरीहरूको अधिकार , संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि (युएनसीआरसी) ले बालबालिका तथा किशोर–किशोरीको अधिकारका सम्बन्धमा आधारभूत दस्तावेज दिएको छ जसले सरकार एवम् जनतालाई बालबालिकाको मानव अधिकार सुरक्षित गराउन प्रेरित गर्दछ ।   संयुक्त राष्ट्रसंघको साधारण सभामा वि.सं. २०४६ मंसिर ५ गतेका दिन सर्वसम्मतिमा अपनाइएको दस्तावेजलाई वि.सं. २०४८ मा लागू गरिएको थियो । विश्वका…, धारा १, मा महासन्धिले बालबालिकाको परिभाषा यसरी गरेको छः कानुनले १८ वषको उमेर नपुगेकालाई, कानुनले यसभन्दा पूर्व उमेरलाइ नै बालबालिका भनेर तोकिएको अवस्थामा बाहेक, बालबालिका भनिन्छ ।   बालबालिका र किशोर–किशोरीहरूका सम्बन्धमा ध्यान दिनुपर्ने कुरा के भने, कोही व्यक्ति १८ वर्ष पुग्यो भन्दैमा वयस्कताको सीमा सकियो भन्ने चाहिं होइन । कुनै पनि व्यक्ति कुन अवस्थामा…, नेपालमा बालबालिकासम्बन्धी ऐन, , २०४९ अनुसार बालबालिकाको उमेरको हद १६ वर्ष पूरा नभएसम्म भनेर तोकिएको छ । बालअधिकारका लागि कार्यरत संस्थाहरूले सरकारको उच्च तहमा यस हदलाई परिवर्तन गरी १८ वर्ष गराउन वकालत गरिरहेका छन् ।   हाल बालबालिकासम्बन्धी ऐनको संशोधनका लागि तयार पारिएको विधेयकमा बालबालिकाको उमेरको हदलाई १८ वर्षसम्म बढाएर महासन्धिको व्याख्यासँग मेल गराउने प्रस्ताव गरिएको छ ।…, विचार बनाउने र प्रस्तुत, गर्ने, अधिकार धारा १२ मा समेटिएको छ जसले सरकारले युवा जमातको आवाजलाई सुन्ने र उचित सञ्चार माध्यमको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । बालबालिकाले आफ्ना विषयमा विचार बनाउने र त्यसलाई प्रस्तुत गर्न पाउनुपर्ने कुरा पनि समावेश गरिएको छ ।  , प्रस्तुतीकरणको स्वतन्त्रता र सञ्चारमा पहुँच, लाई धारा १३ ले समेटेको छ । यसअनुसार अरुको अधिकार हनन नहुने गरी बालबालिकालाई उपलब्ध भएका जानकारीबाट विचार बनाउन पाउने र प्रस्तुत गर्नपाउने अधिकार छ ।   सरकारले यस अधिकारमाथि त्यस बेला मात्र नियन्त्रण गर्नसक्छ जुन बेला अरुको अधिकार र प्रतिष्ठा हनन हुने गरी अथवा राष्ट्रिय सुरक्षा, शान्ति सुरक्षा, सार्वजनिक स्वास्थ्य र नैतिकतामा आँच आउने गरी यसको…, गोपनीयताको हक, धारा १६ मा समावेश गरिएको छ, जुन महत्वपूर्ण अधिकारमध्ये एक हो । यसले बालबालिकालाई एक आत्मनिर्भर व्यक्तिको रूपमा सम्मान पाउने हक सुनिश्चित गर्दछ ।   यसमा प्रष्ट उल्लेख गरिएको छः कुनै पनि बालबालिकालाई उसको व्यक्तिगत, पारिवारिक, घरेलु वा पत्राचार, वा यस्तै अन्य विषयमा गैरकानुनी वा मनपरी तरिकाले हस्तक्षेप गर्न पाइँदैन, साथै उनीहरूको सम्मानमा चोट पु¥…, उचित सूचनामा पहुँच, धारा १७ मा समेटिएको छ । विशेष गरी प्रस्तुत धारा सञ्चारको सकारात्मक भूमिका दर्शाउने विषयसँग सम्बन्धित छ । यसले सरकारलाई देहायका कार्य गर्न निर्देशन दिन्छः   सञ्चार माध्यमलाई बालबालिकाको हितका निम्ति सामाजिक र सांस्कृतिक सामग्री र सूचना प्रवाह गर्न प्रेरित गर्ने   बालबालिकासम्बन्धी विभिन्न स्रोत, स्थानीय र अन्तर्राष्ट्रिय सामग्री र सूचना उत्पादन,…, ३. नेपाली किशोर–किशोरी — यिनीहरू को हुन् ?,   जनगणना २०६८ अनुसार करिब १ करोड २० लाख नागरिक १८ वर्षभन्दा कम उमेरका छन् जसमा ५४ लाख नागरिक १० वर्षदेखि १९ वर्षसम्मका छन् । उनीहरूको उपस्थिति हरेक चार नागरिकमा एक रहेपनि राष्ट्रिय नीति तथा कार्यक्रममा बालबालिका तथा किशोर–किशोरीहरू उपेक्षित छन् ।   किशोर–किशोरीको उमेरको अवस्था सबैभन्दा बढी परिवर्तन हुने किसिमको हुन्छ । जब एक बालक वा बालिका शारीरिक…, किशोर–किशोरीको आवश्यकतामा विविधता , नेपाली किशोर–किशोरीहरू समान विशेषता बोकेका समूह होइनन् । उनीहरूको उमेर, लिङ्ग, धर्म, जात, विकासको क्रम, जीवनको अवस्था र सामाजिक तथा आर्थिक स्थितिअनुसार आवश्यकता फरक पर्दछ । प्रौढ किशोर–किशोरीहरू (१५ देखि १९)को आवश्यकता कम उमेर समूह (१० देखि १४)का भन्दा फरक हुन्छ । यसरी नै ग्रामीण क्षेत्रको र शहरी क्षेत्रको किशोर–किशोरीहरूको आवश्यकतामा पनि फरक…, अनेक खतराको सामना गर्दै किशोर–किशोरी , बालबालिका तथा किशोर–किशोरीहरूको अधिकार सुरक्षित गर्ने मूल जिम्मेवारी वयस्कहरू—अभिभावक, परिवार, समुदाय र मुलुकको हो । उनीहरू खतरामा रहनुको मूल कारण वयस्क समूहको असमर्थता मानिन्छ ।   बालबालिकाको अधिकारका बारेमा समाचार सम्प्रेषण गर्नका लागि एक पत्रकारले उनीहरूको समुदाय र परिवार, उनीहरूलाई दिइएको मान्यताका बारेमा पनि बुझ्नु आवश्यक छ । उनीहरू अधिकारबाट…, ४. नेपालमा सञ्चार, नेपालमा राजनीतिले समाजका अन्य कुराभन्दा प्राथमिकता पाउँदछ, सञ्चार पनि यसबाट भिन्न छैन । नेपाली सञ्चार माध्यमले जानाजान वा अञ्जानमा राजनीति र नेताहरूलाई प्राथमिकता दिएका छन् र दिनदिनै राजनीतिक पार्टीहरूका बीच शक्तिका निम्ति संघर्ष हुने गरेका समाचारमा अलमलिने गरेका छन् ।  बालबालिका र किशोर–किशोरीहरूले कहिलेकाहिँ मात्र मूलधारका सञ्चारमाध्यममा स्थान…, नेपाली सञ्चार माध्यममा बालबालिका तथा किशोर–किशोरीहरूको अधिकार, निजी क्षेत्रले सञ्चार क्षेत्रसँग सम्बन्धित कैयौं उदाहरणमा बालबालिकाको अधिकार समावेश गरेको छ । तरपनि नेपाल सरकारले बालबालिकाको अधिकारमा निर्दिष्ट भई कार्य गर्ने सञ्चार कानुन वा परामर्श– टिपोट निर्माण गरेको छैन ।   नेपाल सरकारले २०४७ साल भाद्र २९ मा बालअधिकार महासन्धिको अनुमोदन गरेको थियो, स्वभावतः नेपाल पक्ष राष्ट्र बनेको थियो । धारा १२, १३ र १७ ले…,  नेपाली सञ्चार माध्यममा बालबालिका तथा किशोर–किशोरीको चित्रण, तालिम प्राप्त नगरेका रिपोर्टरहरू बाल–शोषण (यौन, आर्थिक, बेचविखन वा जबरजस्ती श्रम) का विषयलाई अतिरञ्जित ढंगबाट प्रस्तुत गर्दछन्, जबकि सञ्चार माध्यमको धर्म बालबालिकासम्बन्धी सत्य– तथ्य प्रकाशमा ल्याएर उनीहरूमा आत्मसम्मानको विकास गर्नु हो ।   अल्पसंख्यक र पिछडिएका समुदायका बालबालिकाका विषयमा भएका रिपोर्टहरूमा प्रायः उनीहरूलाई दयाको सामग्रीझैं…, ५. पत्रकारलाई किन निर्देशिका आवश्यक पर्दछ ?,   मानव अधिकार र प्रजातन्त्र प्रवद्र्धन गर्ने कार्यमा पत्रकार एवम् सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । उनीहरू जनताको आँखा, कान र आवाज भई प्रायः ठूला चुनौतीहरूको सामना गर्दै शक्तिशाली समूह र शोषकविरुद्ध कलम चलाउँछन्, मानव अधिकारको पक्षमा पहरेदारी गर्दछन् ।   पत्रकारकारहरूले आफ्ना कामबाट सरकार तथा नागरिक समाजलाई जनताको जीवनस्तरमा…, धमिलो दृश्यमा सत्यताको खोजी , पत्रकारलाई प्रायः धमिलो दृश्यबाट सत्यताको खोजी गर्ने चुनौती आइलाग्छ । पत्रकारलाई प्राप्त भएको सूचनाको उदाहरणः एक उच्च सरकारी अधिकारीले घरेलु काममा लगाइएकी एक १४ वर्षीया बालिकालाई यौन शोषण गर्दैआएको छ । हाल ती केटी प्रहरीको सुरक्षामा रहेकी छन् । उनलाई बाल पुनःस्थापना केन्द्रमा सुम्पिन्न लागिएको छ । पत्रकारले बाहिरी स्रोतबाट ती केटी गर्भवती रहेको…, निर्देशिका बालअधिकार महासन्धिमा आधारित हुनुको कारण ? , अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि विश्वव्यापी मान्यताप्राप्त दस्तावेज हो । विश्वका बालबालिकाका निम्ति कानुनको दस्तावेजका रूपमा यसलाई नै लिनसकिन्छ ।   बालअधिकार महासन्धि र पत्रकारहरूको अन्तर्राष्ट्रिय संघ (आईएफजे)ले विकल्पका रूपमा केही आचार संहिता वा निर्देशिका तयार पारेको भएतापनि त्यसलाई कानुन नै भन्न चाहिँ सकिन्न । सही विकल्पका निम्ति कुनै सूत्र…,  ६. कथा वा तस्बीरमा बालबालिका एवम् किशोर–किशोरीको पहिचान,   पत्रकारितामा पहिचान सबैभन्दा केन्द्रको विषय रहँदै आएको छ । पत्रकारिताको धर्म नै सत्य तथ्य समाचार दिनु हो त्यसैले कथासँग सम्बन्धित सबैको व्यक्तिगत पहिचान खुलाउनुपर्छ । पत्रकारले सूचना प्रवाह नगर्ने निर्णय धेरै सोचविचार गरेर मात्र गर्नुपर्ने हुन्छ, बालबालिकाको अधिकारको सम्मानका लागि उनीहरूको अधिकतम हितको सिद्धान्त अपनाउनुपर्दछ ।   विवादास्पद विषय…, नाम दिने वा दिन नहुने,   सञ्चारको पहिलो दायित्व बालबालिका तथा किशोर–किशोरीहरूमा थप हानी नोक्सानी हुन नदिनु हो । सार्वजनिक पहिचान भएका कारण थप नोक्सानी हुनसक्छ र सर्वसाधरणको ध्यानमा उनीहरू आउनसक्छन्—यस्तो अवस्था धेरै ठाउँमा देखिएको पनि छ ।   यसैगरी सञ्चार माध्यमले पनि ध्यानपूर्वक जनहित र बालबालिकाको गोपनीयताको अधिकारलाई विचार पु¥याउनुपर्छ । एक बालकले आफ्नो नाम र…, युनिसेफद्वारा तयार पारिएको बालबालिकाका बारेमा समाचार संकलनबारे निर्देशिका,    कुनै पनि बालकमाथि चोट नपु¥याउनेः वर्गीकरण वा विभेद गर्दै बालबालिकालाई नकारात्मक रूपमा उभ्याउने कार्य नगर्ने, शारीरिक वा मानसिक हानीका साथै, जीवनभर शोषणमा पर्ने, विभेद वा स्थानीय समुदायबाट परित्याग हुने अवस्थाको सिर्जना नगर्ने ।    बालबालिकाको कथा वा चित्रणका निम्ति सधैं उचित सन्दर्भ प्रदान गर्ने     यी घटनामा बालबालिकाको नाम र मुखाकृति हटाउने…, ७. बालबालिका र किशोर–किशोरीहरूको अन्तर्वार्ता , बालबालिका तथा किशोर–किशोरीहरूका विषयमा समाचार संकलन गर्दा विशेष चुनौतीहरूको सामना गर्नुपर्छ जसलाई हरेक पत्रकार वा सञ्चारकर्मीले ध्यानपूर्वक पन्छाउनु पर्छ । कैयौं पटक बालबालिका तथा किशोर–किशोरीका विषयमा समाचार प्रस्तुत गर्दा अतिरञ्जित र उत्तेजक बनाउने काम हुन्छ, तर यसले सम्बन्धित पत्रकारकै महत्व घटाउन पनि सक्छ ।   धेरै घटनामा समाचार प्रवाह गर्नाले…, ध्यान दिनुपर्ने केही कुराहरू,   बालअधिकार महासन्धि र आइएफजेको निर्देशिकाअनुसार बालबालिका तथा किशोर–किशोरीहरूसँग अन्तर्वार्ता लिनेक्रममा यी कुराहरूमा ध्यान पु¥याउनु आवश्यक हुन्छः   निश्चित अवस्थाबाहेक बालबालिकासँगको अन्तर्वार्ता सधैं एक अभिभावक, परिवार, गुरु, समुदाय सदस्य आदिको उपस्थितिमा हुनुपर्दछ जसले बालकको हितका निम्ति कार्य गर्दछन् । वयस्क किशोर–किशोरीसँगको अन्तर्वार्ता…, बालबालिकासँगको अन्तर्वार्ताका लागि युनिसेफको निर्देशिका,   १. कुनै बालबालिकालाई हानी नपु¥याउनु होस्ः निर्णायक, सांस्कृतिक मान्यताप्रति असंवेदनशील, बालकलाई जोखिममा पार्ने वा लज्जास्पद अवस्थामा पार्ने, घाउ बल्झाउने वा पीडा सम्झाउने किसिमका प्रश्नहरू राख्नु हुँदैन ।   २. लिङ्ग, वर्ण, उमेर, धर्म, अवस्था, शिक्षा वा शारीरिक अवस्थाका आधारमा अन्तर्वार्ताका निम्ति बालबालिकामा विभेद गर्नुहुँदैन ।  ३. नाटकीय…, ८. तस्वीर (फिल्म) को प्रयोग,   तस्वीर एवम् भिडियो निकै प्रभावकारी हुन्छन् । चलनचल्तीको उखान नै रहेको छ—एक तस्वीरले हजार शब्द बोल्नसक्छ । कैयौं मानिसहरूले केबल सम्बन्धित तस्बीर हेरेकै भरमा ज्ञान प्राप्त गर्छन् । तसर्थ जिम्मेवार तरिकाले तस्बीर र फिल्मको प्रयोग गर्नु महत्वपूर्ण हुन्छ ।  आईएफजे निर्देशिकाले सबै सञ्चारकर्मीलाई यसो गर्न निर्देशन दिन्छः जनहितको उद्देश्यबाहेक अन्य…, १. आवश्यक परेमा बालकको पहिचान , यी अवस्थामा सञ्चारकर्मी वा पत्रकारले एक बालकको नाम, ठेगाना वा अन्य विवरण प्रकाशन गर्नुहुँदैनः   यौन दुव्र्यवहार वा शोषणबाट पीडित   शारीरिक वा यौन शोषणको अपराधी   एचआईभी संक्रमित, एड्स पीडित व्यक्तिको समाचार परिवार वा अभिभावकको पूर्व स्वीकृति वेगर प्रकाशित–प्रसारित नगर्ने   अपराधको दोषी वा अपराधी यी विषयमा पहिचान भएको बालबालिका जोखिममा पर्ने…, २. बालकको आत्मसम्मानको कदर,   आत्मसम्मान बढो रोचक विषय हो । आत्मसम्मानका साथ आफूलाई विश्वसामु उभ्याउनु भनेको आदरको पात्र बन्नु हो । यो सार्वजनिक रूप हो जसलाई हामी विश्वसामु राख्ने चाहना गर्दछौं ।   एक पत्रकार वा सञ्चारकर्मीले ज्यादै व्यक्तिगत मानिएका गतिविधि देखाएर एक बालक वा किशोर– किशोरीको आत्मसम्मान सजिलै खोसिदिन सक्छ । यसमा शारीरिक अवस्था, पीडा वा दुखजस्ता भावना पनि…, ३. बालकलाई सन्दर्भमा प्रस्तुत गर्ने,   सन्दर्भ ज्यादै महत्वपूर्ण हुन्छ, बालबालिका तथा किशोर–किशोरीहरूका तस्बीर वा फिल्म प्रस्तुत गरिंदा कुन सन्दर्भमा लिइएको हो भनेर उल्लेख गर्न छुटाउनु हुन्न । यदि फोटोग्राफरले शैक्षिक हडतालले शिक्षामा पार्ने असरको विषयमा एक विद्यालय पोषाकको विद्यार्थीको तस्बीर प्रयोग गर्छ भने त्यो सान्दर्भिक हुन्छ ।   यदि सोही तस्बीर बालबालिका तथा किशोर–किशोरीहरू…, ४. बालबालिकालाई यौन आकर्षणका लागि प्रस्तुत नगर्ने,   आईएफजे निर्देशिकाले विशिष्टरूपमा पत्रकार तथा सञ्चारकर्मीसँग देहायका विषयमा अपिल गर्दछः  बालबालिकाहरूको यौन आकर्षक तस्बीरको प्रयोग नगर्ने ।  यसो भन्नाले हामीले बालबालिका तथा किशोर–किशोरीहरूलाई यौनमा रुचि राख्ने वा यौन आकर्षण बढाउने ढंगबाट प्रस्तुत नगर्ने भन्ने बुझ्नु पर्दछ ।   नेपालमा विशेषरूपमा यस सन्दर्भमा चनाखो हुनु आवश्यक छ जहाँ सुन्दरी…, ५. परम्परागत गलत प्रयोग हटाउने , अंग्रेजीमा ‘स्टेरियोटाइप’ अभिव्यक्ति भनिने पदावली जो आपत्तिजनक छन्, त्यसको प्रयोगबाट पत्रकारले मुक्त हुनु आवश्यक छ । पुरातनरूपमा हाम्रो मनस्थितिमा रहिआएका विशेष प्रकार जस्तै ‘विचरा बालबालिका, चकचके केटो, मात्तेको केटा वा खराब केटी’ आदि ।   यस किसिमको अभिव्यक्तिले स्रोता वा पाठकलाई बालबालिका तथा किशोर–किशोरीलाई विशिष्ट व्यक्तित्व नभई अपमानजनक…, ६. अतिसयोक्ति वा अतिरञ्जित नगर्ने , आईएफजे निर्देशिकाले सबै पत्रकार र सञ्चारकर्मीमा यस प्रकारको माग राख्दछः  स्टेरियोटाइप र अतिरञ्जित प्रयोगबाट बालबालिकासम्बन्धी पत्रकारिताका सामग्रीलाई प्रोत्साहन गर्न हुँदैन । अतिसयोक्तिको प्रयोग गर्नाले स्रोताहरूमा विभिन्न भावनाको उत्पन्न गराउँछ । यी भावनामा दंग, रिस, त्रास वा घृणा पर्नसक्छन् । यी भावनालाई हिंसात्मक, अन्याय, खतरनाक अवस्था वा…,  ९. नीतिगत द्विविधा,   आजको छरितो कामको वातावरण र सञ्चार माध्यमका बीच स्रोताका निम्ति व्यावसायिक प्रतिस्पर्धाका कारण हरेक पत्रकार वा सञ्चारकर्मीले ठूलो महत्व भएको समाचार संकलन गर्नुपर्ने बाध्यता सृजना भएको छ । यसका लागि सञ्चारकर्मीहरू प्रोत्साहित छन् ।   पत्रकार तथा सञ्चारकर्मीहरू प्रोत्साहनको दबाबमा परेका छन् भन्नु उपयुक्त हुन्छ । किनकि साथीसंगीका बीच प्रतिस्पर्धा,…, १०. भविष्यको दृष्टि , प्रस्तुत निर्देशिकाको निर्माण के ठिक हो र के गलत हो भनी जनाउन गरिएको होइन । एक पत्रकार वा सञ्चारकर्मीको दायित्व र चुनौती भनेको आफ्नो काममा दक्ष हुनुको साथसाथै सधैं बालबालिका तथा किशोर–किशोरीहरूको हितमा सोच्नु नै हो । उनीहरूले नैतिक इमान्दारीका साथा पारदर्शी भई कार्य गर्नुपर्छ ।   अगाडि उल्लेख गरिएजस्तै धमिलो दृश्यबाट सत्य–तत्थ पहिचान गर्नु…
01/02/2019
बालबालिकामा लगानी किन ?
https://www.unicef.org/nepal/ne/बालबालिकामा-लगानी-किन
“, नेपालको लगभग ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन्।, ”, नेपालले सन् १९९० मा अनुमोदन गरेको बालअधिकारको महासन्धीले  बालबालिका तथा किशोरकिशोरीका आधारभूत आवश्यकताहरूलाई आर्थिक र सामाजिक मौलिक अधिकारको रुपमा अनुमोदन गरेको छ र राज्य तथा सरकारले यी अधिकारहरूलाई “श्रोत र साधन उपलब्ध भएसम्म” (धारा ४) सुनिश्चित गर्नुपर्ने भनि स्थापित गरेको छ। बालबालिकामा लगानी गर्नु भनेको मानव पुँजीमा लगानी गर्नु हो।…, बालबालिकाहरू, को मस्तिष्कको विकास शुरू, वाती वर्षहरुमा तीव्र गतिमा हुने तथ्य प्रमाणित छ। प्रारम्भिक बालविकासका गुणस्तरीय कार्यक्रमहरूमा लगानी गरिने हरेक १ अमेरिकी डलरले भविष्यमा ६ देखि १७ गुणासम्म प्रतिफल दिन्छ।, Mothers with their children छोटो समयमै घटेको बाल मृत्युदर र बढेको औसत आयुको फलस्वरूप विगतका केहि दशकहरुमा नेपालले तीव्र जनसांख्यिक परिवर्तनको अनुभव गरिरहेको छ। देश अबको क्रमश: ११ बर्ष र ३७ बर्षमा अर्थात सन् २०२८ मा “ढल्दो उमेरको समाज” र सन् २०५४ सम्ममा “वृद्ध” समाज बन्ने अनुमान गरिएको छ। नेपालसँग हाल एक सीमित समयावधि भएको “जनसांख्यिक अवसर” छ जब…, बालिकाको अतिरिक्त एक वर्षको शिक्षाले शिशु मृत्युदर ५ देखि १० प्रतिशतसम्म घटाउँछ।, Girls in ECD classes बालिकालाई ६ वर्ष वा त्यसभन्दा बढि शिक्षा दिनाले उनीहरुको गर्भावस्थाको स्याहार, प्रसुति अवस्थाको स्याहार र जन्म पश्चात शिशु जिवित रहने दरमा उल्लेखनीय र दिगो सुधार ल्याउँछ। आमाहरूलाई शिक्षा दिनाले पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रुपमा घट्न जान्छ। शिक्षित बालिकाहरुको मनोबल उच्च रहन्छ भने एचआईभीको संक्रमण, हिंसा…
10/23/2018
हाम्रा साझेदारहरू
https://www.unicef.org/nepal/ne/हाम्रा-साझेदारहरू
नेपाल सरकार, युनिसेफले नेपाल सरकारका विभिन्न मन्त्रालयहरू, विभागहरू र जिल्ला तथा स्थानीय सरकारमा रहेका विभिन्न विषयगत कार्यालयहरूसँग साझेदारीको काम गर्दछ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गृह मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय…, राष्ट्रिय समितिहरू (नेसनल कमिटी), अधिकांश विकशित देशहरू माझ युनिसेफका लागि गठन गरिएका राष्ट्रिय समितिहरू युनिसेफलाई सहयोग गर्ने गैरसरकारी संस्थाहरू हुन् जसले बालबालिकाको लागि सहयोग संकलन गर्ने र पैरवी गर्ने गर्दछन्। युनिसेफका लागि स्विडेनको समिति युनिसेफका लागि जर्मनीको समिति युनिसेफका लागि फिनल्याण्डको समिति युनिसेफका लागि डेनमार्कको समिति युनिसेफका लागि जापानी समिति युनिसेफका…, संयुक्त राष्ट्रसंघीय निकायहरू, युनिसेफको राष्ट्रिय कार्यक्रम संयुक्त राष्ट्रसंघीय विकास सहायता संरचना (उन्डाफ) २०१८-२०२२ संग समरेखीकरण गरिएको छ। संयुक्त राष्ट्रसंघका अन्य निकायहरूसंग मिलेर युनिसेफले उन्डाफका चार उपलब्धीहरूमध्ये निम्न तीन उपलब्धीहरूमा योगदान गर्दछ: १) सामाजिक विकास; २) विपद जोखिम न्युनिकरण, विपद् पुर्वतयारी र उत्थानशीलता, र ३) मानव अधिकार, विधीको शासन र शासन…, दातृ निकायहरू, नेपालका बालबालिका, किशोरकिशोरी तथा महिलालाई सहयोग पुर्याउन हामी विभिन्न दाताहरूको सहयोगमा निर्भर रहन्छौं। एशियाली बिकास बैंक (एडिबी) अष्ट्रेलियन सहयोग नियोग बिल तथा मेलिन्डा गेट्स फाउन्डेसन कोलम्बिया विश्वविद्यालय बेलायती सहयोग नियोग (डिफिड) युरोपियन कमिसन ह्युमानिटेरियन एड (ईको) युरोपियन युनियन फ्यामिली हेल्थ इन्टरनेसनल जर्मन सहयोग नियोग…