09/04/2020
तनावको समयमा आफ्नो ख्याल कसरी राख्ने
https://www.unicef.org/nepal/ne/तनावको-समयमा-आफ्नो-ख्याल-कसरी-राख्ने
कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वमै परिवर्तन आएको छ। पहिलेभन्दा परिवर्तन भएका यी कुराले तपाईं आत्तिनुभएको छ वा तनावमा हुनुहुन्छ होला । तर यसलाई सामान्य प्रतिक्रियाको रूपमा लिनुहोस्। तर तपाईंले आफ्नो मानसिक स्वास्थ्यको बारेमा भने ख्याल गर्नुपर्दछ ।  तपाईंले आफ्नो ख्याल कसरी राख्ने, परिवारका सदस्यहरुसँग घरमै धेरै समय बिताएर अप्ठ्यारो समयबाट कसरी…, आफ्नो ख्याल राख्नुहोस् , This image shows an illustration of a man breathing in, सुझाव १ : तपाईंको शरीर तथा दिमागको लागि जे उपयुक्त छ त्यहि गर्नुहोस् , एक अर्कासँग सम्बन्धित तपाईंको दिमाग र शरीरलाई स्वस्थ राख्नको लागि यी कार्यहरू गर्न सक्नुहुन्छ:  सक्रिय रहनुहोस्! शारीरिक सक्रियताले  तपाईंको शरीरको साथै दिमागलाई पनि स्वस्थ राख्दछ।  यदि तपाईं घर बाहिर जान सक्नुहुन्छ भने हिड्ने, दौडिने, साइकल चलाउने वा अन्य कुनै खेल खेल्ने कोशिस गर्नुहोस्।  यदि  सक्नुहुन्न भने नाच्ने, शारीरिक अभ्यास गर्ने , वा अन्य…,  सुझाव २ : प्रियजनहरूसँग सम्पर्कमा रहनुहोस् , जसरी हुन्छ, आफ्ना परिवार तथा साथीभाईहरूसँग सम्पर्कमै रहनुहोस् । त्यसको लागि सामाजिक सञ्जाल, इमेल, फोन कल गर्न वा चिट्ठी लेख्न पनि सक्नुहुन्छ। यदि सम्पर्क रहन सक्नुहुन्न भने उहाँहरूसँग बिताएका सुखद पलहरू याद गर्नुहोस्।  , सुझाव ३  : तपाईंलाई कस्तो महशुस भइरहेको छ  भन्ने कुरा थाहा पाउनुहोस् , तपाईंले आफुलाई कस्तो महशुस भइरहेको छ भन्ने कुरा थाहा पाउनु महत्वपुर्ण हुन्छ । त्यसलाई वेवास्ता नगर्नुहोस्। कहिलेकाहीं आफ्ना भावनाहरूलाई कागजमा उतारेर पनि व्यक्त गर्न सक्नुहुन्छ। हेर्दा सरल र सजिलो लागे पनि यसरी लेख्न कोशिस गर्न सक्नुहुन्छ - 'मलाई अहिले..........महशुस  भइरहेको छ।', सुझाव ४ : आफूप्रति सद्भाव राख्नुहोस , तपाईंलाई कस्तो महशुस भइरहेको छ भन्ने कुरा आफ्नो ठाउँमा ठीक छ।  सधैं 'खुसी हुनैपर्ने', 'सकारात्मक हुनै पर्ने' वा 'उर्जाशील हुनैपर्ने' जस्ता दबाबले तपाईंलाई झनै निराश बनाउँछ।  बरू, असहज महशुस गरिरहनुभएको छ भने आफैसँग यी कुराहरू गर्नुहोस् - "मलाई डर र चिन्ता लाग्छ, तर यसको अर्थ मैले सामना नै गर्न नसकेको भन्ने होइन' ' अहिले गाह्रो समय छ, त्यसैले निराश…, सुझाव ५ : आफ्नो शरीरको अवस्थालाई ध्यान दिनुहोस् , हामीले कस्तो महशुस गरिरहेका छौं, सो अनुरूप हाम्रो शरीरले प्रतिक्रिया जनाउँछ। तपाईंलाई बारम्बार टाउको दुख्ने, काँध, छाती वा पेटमा असहज महशुस हुने हुन्छ? त्यसो हो भने, आँखा बन्द गरेर आफ्नो सासलाई सुन्ने प्रयास गर्नुहोस्, र शिर देखि पैतालासम्म प्रत्येक अंगमा कस्तो महशुस भइरहेको छ, याद गर्नुहोस्। यदि तपाईंलाई शरीरमा अप्ठ्यारो, दुखाई वा तनाव महशुस…, सुझाव ६ : आफ्नो सासलाई प्रयोग गरि आफैलाई शान्त राख्ने प्रयास गर्नुहोस् , हामीलाई डर वा चिन्ता लागेको र रिस उठेको समयमा विस्तारै सास फेरेमा छिट्टै आफ्नो शरीरलाई शान्त पार्न सकिन्छ।  आँखा बन्द गर्नुहोस् र कुनै एउटा शान्त ठाउँको बारेमा सोच्नुहोस् अनि सोही ठाउँमा आफु आनन्द लिएर बसिरहेको कल्पना गर्नुहोस्।   • सास विस्तारै लिने कुरामा ध्यान केन्द्रित गर्नुहोस्।  • प्रत्येक पटक सास लिंदा र फाल्दा विस्तारै ३ सम्म गन्ती…, सुझाव ७ : तनावसँग जुध्नको लागि अस्वस्थकर उपायहरू नअपनाउनुहोस् ।, तपाईंलाई गाह्रो अनुभव भइरहेको समयमा आफ्नो ख्याल गर्नको लागि स्वस्थकर उपायहरूको प्रयोग गर्नु महत्वपुर्ण हुन्छ।   यो सजिलो त छैन, तर धेरै जसो अवस्थमा यो सन्तुलनको कुरा हो :  हामीले यहाँ उल्लेख गरेका स्वस्थकर सुझावहरूको प्रयोग गर्ने कोशिश गर्नुहोस् र छिट्टै रिसाउने, सामान्य भन्दा कम वा बढी खाना खाने, अस्वस्थकर खानेकुरा खाने, थोरै सुत्ने वा एकदमै धेरै…, सुझाव ८ : आफुले विश्वास गर्ने व्यक्तिसँग कुराकानी गर्नुहोस् ।, तनाव, चिन्ता वा निराशा महशुस भएमा त्यसलाई आफैंले व्यवस्थापन गर्न सजिलो नहुने हुँदा साथी, बुबा/आमा, शिक्षक, वा तपाईंले विश्वाश गर्ने कोहि वयस्क व्यक्तिलाई आफ्नो समस्याको बारेमा बताउनुहोस् र उहाँले सहयोग गर्न सक्नुहुन्छ कि भनि सोध्नुहोस्। कहिलेकाहीं अन्य व्यक्तिसँग कुराकानी गर्नाले पनि अलिक सजिलो महशुस गर्न सक्नुहुन्छ । यदि बढी नै सोच्नुपर्ने र…, सुझाव नं ९ : राम्रो कुराको लागि प्रयास राख्नुहोस् , प्रत्येक दिन आफैमा राम्रो हुन्छ भन्ने छैन तर सोहि दिनभित्र केहि राम्रो कुरा भने हुन सक्छ। हरेक रात  सुत्नुअघि दिनभरिका गतिविधिहरू मध्ये तपाईंलाई खुसी दिएको कुराको बारेमा सोच्नुहोस्।    तनावयुक्त समयमा आफ्ना परिवारका सदस्यहरूसँग बढी समय बिताउदा सम्बन्धमै चुनौती आउने अवस्था पनि हुन सक्छ ।, सम्बन्धहरुको, बारेमा, ख्याल, गर्नुहोस्,  , This image shows an illustration of a swinging clock तनावपूर्ण समयमा आफ्ना परिवारका सदस्यहरूसँग बढी समय बिताउदा सम्बन्धमै चुनौती आउने अवस्था पनि हुन सक्छ ।, सुझाव १ : ५ मिनेटको कुराकानी  , खुल्ला रूपमा कुराकानी गर्नुहोस् - तपाईंसँग बस्ने व्यक्तिहरूसँग ५ मिनेट मात्रै भए पनि कुराकानी गर्नुभयो भने सम्बन्धलाई प्रतिकुल असर पर्ने सम्भावना कम हुन्छ। खाना खाने समयमा कुराकानी गर्नु राम्रो हुन्छ जुनबेला हाँस्दै धैर्यताका साथ कुरा गर्न सजिलो हुन्छ।  , सुझाव २: आफुले कस्तो महशुस गरिरहेको छु भन्ने कुरा थाहा पाउनुहोस् , तपाईंलाई कुन कुराले रीस उठाउँछ, निराश वा चिन्तित बनाउँछ वा झर्को लाग्ने बनाउँछ भन्ने बारेमा सचेत रहनुहोस्।  यस्तो महशुस हुनुमा खराबी केहि पनि छैन र तपाईंले यसलाई कसरी झेल्नुहुन्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ  कुन कुराले तपाईंमा  यस किसिमका सोचाई जन्माउँछ भन्ने बारेमा सोच्ने कोशिश गर्नुहोस्।  जस्तै - "मेरी आमाले सधैं मेरो आलोचना मात्रै गर्नुहुन्छ…, सुझाव ३ : थाहा पाउनुहोस् तर प्रतिक्रिया नदिनुहोस् , झगडा परेको बेला आवेशमा आएर  प्रतिक्रिया व्यक्त गरिने सम्भावना रहन्छ।  त्यसैले, कुनै रचनात्मक तरीकाले प्रतिक्रिया जनाउनुहोस , जस्तै - कतै जाने वा नबोल्ने, या त् आफु शान्त नहुँदासम्म नबोल्ने।  विस्तारै सास लिनुहोस् र आफ्नो वरिपरि भएका चीजहरूमा ध्यान दिनुहोस् , जस्तै - मौसम, आवाजहरू वा आफनै सास।  आफुलाई कस्तो महशुस भइरहेको छ भन्ने कुरा बताउने कोशिश…, सुझाव ४ : तपाईंलाई सहयोग गर्ने व्यक्तिहरूसँग कुराकानी गर्नुहोस् , तपाईंको जीवनका ५ जना महत्वपुर्ण व्यक्तिहरूको बारेमा सोच्नुहोस्। उनीहरुले तपाईंलाई कस्तो महशुस गराउँछन्? उनीहरूको बारेमा तपाईं कस्तो सोच्नुहुन्छ? तपाईंले आफ्नो समय कसलाई दिनुहुन्छ, छान्नुहोस्।   उनीहरूलाई तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ भन्ने कुरा सोच्नुहोस् - जस्तै घरायसी काममा सहयोग गर्ने वा आवश्यक परेको बेला अन्य काममा सहयोग गर्ने। सामाजिक…, सुझाव ५ : धन्यवादले तपाईंका सम्बन्धहरूमा  सुधार ल्याउन मद्दत गर्छ , तपाईंको जीवनमा उज्यालो र शक्ति ल्याउने दुई जना व्यक्तिहरूलाई कुनै न कुनै तरिकाले 'धन्यवाद' दिनुहोस् - भेटेर, फोन गरेर , सन्देश तथा  चिट्ठी पठाएर वा अन्य माध्यमबाट।  यदि उनीहरूसँग भेट्ने वा कुराकानी गर्ने अनुकुल नमिलेमा संगै बिताएका राम्रा पलहरू सम्झेर तपाईंको जीवनमा उनीहरूले पुर्याएको सहयोगका लागि मनमनै धन्यवाद दिन सक्नुहुन्छ । This image shows an…, समस्या, सँग, जुध्ने,  , This image shows an illustration related to mental health जीवनमा उतारचढावहरू आउन सक्छन्। हामीले कुनै साना कुनै ठुला चुनौतीहरूको सामना गर्दछौं जसलाई हामीले जित्नुपर्ने हुन्छ।  त्यसैले हामीले  समस्याको समाधान निकाल्नु महत्वपुर्ण हुन्छ।  , सुझाव १ : आफ्नो दिमाग शान्त बनाउनुहोस् , तपाईंलाई रिस उठेको, चिन्ता लागेको वा निराशा भएको हुनसक्छ र त्यसो हुनु सामान्य कुरा हो। यसप्रकारका सोचाई आएको बेला आफ्नो दिमाग शान्त राख्नुभयो भने तपाईंलाई सहयोग पुग्छ । एउटा हात छातीमा र अर्को हात निधारमा राखी लामो सास विस्तारै लिनुहोस् र आफ्नो सासमा केन्द्रित हुनुहोस्।   तपाईंको दिमागमा यस प्रकारका भावना र सोचाई आउँछन् भने तिनलाई तपाईंको अगाडिबाट…, सुझाव २ : दोष नदिनुहोस् , केहि नराम्रो घटना भयो भने हाम्रो पहिलो ध्यान दोषारोपणतर्फ जान सक्छ । जस्तै - मैले सबै कुरा बिगारें, उनले मलाई यसो गर भनिन् , शुरूवात उसले गरेको हो, यसमा मैले केहि गर्न सकिन, उनीहरूले मेरो कुरै बुझ्दैनन् आदि।  तर दोष कसको थियो भन्ने कुरामा केन्द्रित भएर समस्याको समाधानमा सहयोग पुग्दैन, बरू झन् निराश बनाइदिन्छ।  बरू, तपाईंले के कुरामा नियन्त्रण गर्न…, सुझाव ३ : समस्याको बारेमा विस्तृत रूपमा सोच्नुहोस् ,   प्रश्न सोध्नाले समस्याको बारेमा अझ राम्ररी बुझ्न मद्दत पुग्छ।  यो समस्या कसरी आइपर्यो? यस्तो कसरी भयो? तपाईंको लागि यो किन धेरै महत्वपुर्ण छ? यसले कसलाई प्रभावित पार्छ? अब के हुन्छ जस्तो लाग्छ? तपाईंलाई के कुराले यस्तो निराश बनाएको छ? , सुझाव ४ : समाधानका उपायको सुची तयार पार्नुहोस् र समाधान निकाल्ने कोशिश गर्नुहोस् , तपाईंले सामना गर्नु परेको समस्याको बारेमा सोच्नुहोस्।  तपाईंलाई लेखेर सजिलो लाग्छ भने त्यसपछि समाधानका सम्भावित उपायहरूको सुची तयार पार्नुहोस्, जुन अरूबाट सिकेका वा व्यवहारिक हुन सक्छन्।  तपाईंले टिपोट गर्नु भएका प्रत्येक उपायले पार्न सक्ने सकारात्मक तथा नकारात्मक नतिजाको बारेमा सोच्नुहोस् र कुन चाहिं उपाय कोशिश गर्न सजिलो हुन्छ भन्ने बारेमा पनि…, सुझाव ५:सहयोगको लागि कहिले अनुरोध गर्ने भन्ने कुरा थाहा पाउनुहोस् , यदि तपाईंले समस्यामा फसेको वा बढी चिन्तित रहेको पाउनुभयो भने बुझ्नुहोस् कि यो तपाईंको विश्वासिलो व्यक्ति वा विज्ञ परामर्शदाताको सहयोगको लागि अनुरोध गर्ने शक्ति हो। निम्न अवस्थाहरू तपाईंको जीवनमा आयो भने सहयोगको लागि अनुरोध गर्नुपर्दछ :  तपाईं रातिमा सुत्न सक्नुहुन्न, वा निदाइहाले पनि धेरै बेर निदाउन सक्नुहुन्न । आफ्नो शरीरको तागत र/वा हौसला कम…
05/29/2020
#मायाफैलाऔं
https://www.unicef.org/nepal/ne/एउटै-संसार-एउटै-मानवता-एउटै-माया
कोभिड-१९ को महामारीसँग अग्रपंक्ति र घरमा रहेर लडिरहेका हिरोहरूका लागि, कठिनाईसँग जुझ्दै स्वदेश फर्केकाहरूका लागि, उच्च जोखिममा रहेकाहरूका लागि,  अनि, हाम्रा नयाँ पुस्ता - बालबालिका तथा युवाका लागि, सम्मान, सद्भाव, माया। संगीतकार दीपक बज्राचार्यले युनिसेफसँगको सहकार्यमा तयार पार्नुभएको एउटा सन्देशमूलक गीत सार्वजनिक गर्दै हुनुहुन्छ, जसमा कोभिड–१९…, कोरोनाभाइरस जितेर घर फर्केकी प्रसिद्धी श्रेष्ठ,   "एक एक जनाले आफूलाई कोभिड-१९ बाट जोगाउन गरेको प्रयासले अरूलाई पनि जोगाउँछ। दोषारोपण अन्त्य गरौं, सद्भाव फैलाऔं ।"   "कोरोनाभाइरसले हामी सबैको जीवनमा धेरै परिवर्तनहरू ल्याएको छ र यस्तो समयमा चिन्ता, भय र अत्यास लाग्नु सामान्य हो।", राष्ट्रिय तेक्वान्दो खेलाडी र स्वर्णपदक विजेता आयशा शाक्य, UNICEF Nepal, मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ,     "साइबर सुरक्षाको बारेमा बालबालिका र युवाहरूसँग कुरा गरौं, उनीहरूसँग समय बिताऔं” "महामारीविरुद्धको लडाई सबै एकजुट भए मात्र लड्न सकिनेछ", सज्जन राज वैद्य, संगीतकार, १४-वर्षीय संगीतकार लूजः बज्राचार्य,     “भेदभाव नगरौँ, सँगै बाँच्न सिकौं”     "अहिलेको समय हामी सबै एकजुट हुनुपर्ने समय हो" , राष्ट्रिय जिम्नास्टिक्स खेलाडी उज्वल तिवारी, This image shows a quotagram This image shows a quotagram This image shows a quotagram This image shows a quotagram This image shows a quotagram This image shows a quotagram This image shows a quotagram This image shows a quotagram
04/07/2020
कोरोना भाइरस महामारीको सन्दर्भमा निजी क्षेत्रको भूमिका
https://www.unicef.org/nepal/ne/कोरोना-भाइरस-महामारीको-सन्दर्भमा-निजी-क्षेत्रको-भूमिका
     , व्यवसायीहरूलाई मार्गनिर्देशनः, कोभिड-१९ को समयमा कर्मचारीहरू काममा फर्किंदाको तत्परता, This image shows a pair of hands under a tap This image shows a silhouette of people working in a factory  , कोभिड-१९ को बेला कार्यस्थलमा सुरक्षा, कामदारहरूको स्वास्थ्य बचाउन र कोभिड-१९ को थप प्रसारलाई रोक्नका लागि कार्यस्थलहरूमा पानी, सरसफाई तथा स्वच्छता सम्बन्धी के-कस्ता योजनाहरू बनाउन आवश्यक छ?, कोरोना भाइरसको महामारीका समयमा रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई कसरी सघाउन सक्छन्?, संसारभरका बालबालिकालाई आफ्ना अभिभावकको साथ आवश्यक छ। त्यसै गरि ती अभिभावकहरूलाई तिनका रोजगारदाताको साथको आवश्यकता छ। This image shows a mother holding her child This image shows a child being held by the mother, कोभिड-१९ को सन्दर्भमा रोजगारदाताहरूले आफ्नो व्यवसाय/संस्थालाई कसरी परिवार मैत्री बनाउन सक्छन्?, व्यवसाय/संस्थाले चाल्न सक्ने कदमहरू, बाल अधिकार तथा व्यवसायका सिद्धान्तहरू , यी दश सिद्धान्तहरूले बाल अधिकारको सम्मान र सम्वर्धन गर्न व्यवसायहरूले अवलम्बन गर्न सक्ने कदमहरू पहिचान गरेको छ। This image shows a group of children clapping their hands This image shows a healthworker holding a child, कोभिड-१९ को परिवेशमा व्यवसायहरूले अवलम्बन गर्न सकिने परिवार-मैत्री नीती तथा असल अभ्यासहरू, रोजगारदाताहरूले अपानाउन सक्ने केहि महत्त्वपूर्ण कदमहरू, कोभिड-१९ को सन्दर्भमा व्यापार प्रवर्धन तथा विज्ञापनमा सकारात्मक लैंगिक भुमिकाको प्रवर्धन, व्यवसायले मनन गर्न योग्य प्रमुख विषयहरू This image shows a young girl using a phone This image shows a family - a father, mother and three children in front o their home, कोभिड-१९ को प्रकोप बढ्दै गइरहेको अवस्थामा कामकाजी परिवारलाई थप सहयोगको खाँचो – युनिसेफ, अंतरराष्ट्रीय श्रम संगठन तथा युएन वुमन, व्यवसायीहरूलाई लक्षित गर्दै हालै जारी गरिएको सुझावले अहिलेको प्रकोपको अवस्थामा कामकाजी परिवारहरूलाई उपयुक्त सहयोग पुर्‍याउन रोजगारदाताहरूलाई सघाउने उद्देश्य राखेको छ        , कोरोना भाइरस रोग (कोभिड-१९), कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ? This image shows an illustration of a person with a thermometer in their mouth
03/17/2020
साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ
https://www.unicef.org/nepal/ne/साबुन-पानीले-हात-धोऔँ-रोगबाट-बचौँ
सहि तरिकाले साबुन पानीले हात धुनु कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ । कोरोनाभाइरसका साथै अन्य सरुवा रोगबाट आफु तथा अन्यलाई जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो । कोरोनाभाइरस (कोभिड-१९) जस्ता श्वासप्रश्वास सम्बन्धी भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटिको माध्यमबाट…, हात धुने उत्तम तरिका के हो?, 💧 भाइरसका सबै अवशेष नष्ट गर्न सामान्य धोई पखाली पर्याप्त हुँदैन । हात धुने विस्तृत तरिका निम्न छ : कदम १ 👉 बगिरहेको पानीमा हात भिजाउने, कदम २ 👉 भिजेको हातमा मनग्गे साबुन लगाउने, कदम ३ 👉 हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने, कदम ४ 👉 बगिरहेको पानीले राम्ररी हात पखाल्ने, कदम ५ 👉 सफा…, मैले कति समय सम्म हात धुनुपर्दछ?, 💧 तपाईंले कम्तिमा २० सेकेण्ड लगाएर हात धुनुपर्दछ । पर्याप्त समय हात धोएको सुनिश्चित गर्ने सजिलो उपाय: रेशम फिरिरि रेशम फिरिरि, उडेर जाउँ कि डाँडामा भन्ज्यांग रेशम फिरिरर दुईपटक गाउनु हो । स्यानिटाईजर प्रयोग गरेर हात सफा गर्दा पनि यहि तरिका अपनाउन सकिन्छ । कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमलाई कम्तिमा २० सेकेण्ड हातमा लगाएर…, मैले कहिले हात धुनुपर्दछ?, 💧 कोभिड-१९ बाट जोगिने सन्दर्भमा, तपाईंले निम्न अवस्थामा हात धुनुपर्दछ: नाक सफा गरेपछि, खोकेपछि वा हाच्छ्युँ गरेपछि सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलहरूजस्ता सार्वजनिक स्थानहरूमा गएर फर्केपछि नगद-पैसा लगायत घर बाहिरका अन्य वस्तु छोएपछि अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिला तथा गरिसकेपछि खाना खानुभन्दा अगाडी तथा खाईसकेपछि अन्य सामान्य…, मैले आफ्ना छोराछोरीको हात धुन कसरी सघाउन सक्छु?, 💧 स्टुल वा केहि अग्लो चिज हात धुने धारा र साबुन आफैंले पुग्ने ठाउँमा राखि हात धुन सजिलो व्यवस्था गरेर तपाईंले आफ्ना छोराछोरीको लागि हात धुन सघाउन सक्नुहुन्छ । उनीहरूको मनपर्ने गीत गाएर पनि हात धुने प्रक्रियालाई रमाईलो बनाउन सक्नुहुन्छ ।   💧, के हात धुनका लागि तातो पानी आवश्यक छ?, 💧 आवश्यक छैन। हात धुन तातो वा चिसो, जस्तो तापक्रमको पानी पनि प्रयोग गर्न सकिन्छ । जबसम्म तपाईं साबुनको प्रयोग गर्नुहुन्छ, जिवाणु तथा भाइरसलाई प्रभावकारी तवरले मार्नका लागि तातो वा चिसो कुनैपनि तापक्रमको पानी प्रयोग गर्न सकिन्छ ।   💧, के मैले तौलियाले हात पुछ्नुपर्छ?, 💧 जिवाणुहरू सुख्खा छाला भन्दा भिजेको छाला मार्फत सजिलोसँग सर्ने हुनाले हातलाई पूर्ण रूपले सुकाउनु अत्यन्तै जरूरी छ । कागजी रुमाल वा सफा कपडाले पुछ्नु नै जिवाणु एक सतहबाट अन्यमा फैलिनबाट रोक्ने प्रभावकारी उपाय हो ।   💧, हात धुनु र स्यानिटाईजर लगाउनुमा कुन बढि प्रभावकारी हुन्छ?, 💧 सहि तरिका अपनाउने हो भने किटाणु तथा रोगकारक जिवाणु नष्ट गर्न हात धुनु र स्यानिटाईजर लगाउनु दुबै उत्तिकै प्रभावकारी मानिन्छ । घरबाट बाहिर रहेका बेलामा स्यानिटाईजर एक सजिलो विकल्प हुन सक्छ तर आपतकालीन अवस्थामा यो महँगो हुनुका साथै सजिलै नपाईन पनि सक्छ। अल्कोहलमा आधारित हात स्यानिटाईजरले कोरोनाभाइरसलाई नष्ट गर्ने भएतापनि यसले सबै प्रकारका जिवाणु…, साबुन नभएको अवस्थामा के गर्ने?, 💧 यदि साबुन र पानी उपलब्ध छैन भने विकल्पका रुपमा क्लोरिनयुक्त पानी वा कम्तिमा ६० प्रतिशत अल्कोहल भएको स्यानिटाईजरले हात सफा गर्नु एक राम्रो बिकल्प हो ।  यि विकल्प उपलब्ध नभएमा साबुन पानीको झोल वा खरानीको प्रयोगलेपनि जिवाणु मार्न सघाउँछ तथापि यो त्यति प्रभावकारी हुँदैन । त्यसैले यी विकल्पहरूको प्रयोग गरिएको भएतापनि तपाईं हात धुने स्थानमा पुग्ने…, यसबाहेक मैले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन के गर्न सक्छु?, खोक्दा वा हाच्छ्युँ गर्दा सुरक्षित विधि अपनाउने: खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी रुमालले नाक र मुख छोप्ने, उक्त कागजी रुमाललाई तत्काल फोहोरदानीमा फाल्ने, र नियमित हात धुने, आफ्नो अनुहार (मुख, नाक, आँखा) नछुने, सामाजिक दुरी कायम गर्ने: हात नमिलाउने, अंकमाल वा चुम्बन नगर्ने, खाना तथा भाँडा वा कप र तौलिया नबाँड्ने, रुघा वा फ्लुको लक्षण…, थप जानकारी, This image shows an illustration of a person with a thermometer in their mouth this image shows a pair of hands washing this image shows an illustration of the coronavirus
03/09/2020
आऔं, मिलेर गलत सूचना विरुद्ध लडौं!
https://www.unicef.org/nepal/ne/आऔं-मिलेर-गलत-सूचना-विरुद्ध-लडौं
के तपाईंलाई थाहा छ की तपाईंसँग महाशक्ति छ? तपाईंसँग हामीलाई गलत सूचनासँग लड्न सघाउने शक्ति छ !, स्वास्थ्य संकट र महामारीको समयमा गलत सूचनाले डर र दोषापरोण फैलाउन सक्दछ । यसले धेरै मानिसको जीवन जोखिममा पार्न सक्छ ।   युनिसेफले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारसँगको कोरोना भाइरस (कोभिड-19) को बारेमा सही सूचना दिइ सर्वसाधारणलाई सुरक्षित राख्न सहकार्य गरिरहेको छ ।, तर हामी एक्लैबाट यो सम्भव छैन! त्यसैले तपाईंको महाशक्ति आजै निम्न रूपमा प्रयोग गर्नुहोस्ः, This image is an illustration of the number 1, तपाईंले तपाईंको सामाजिक सञ्जालमा कोरोना भाइरसको बारेमा देख्नुभएको शंकास्पद सूचना, हल्ला र गलत समाचारको बारेमा हामीलाई जानकारी दिनुहोस् । जानकारी दिनका लागि यहाँ क्लिक गर्नुहोस्  वा तल रहेको क्यु-आर कोडलाई स्क्यान गर्नुहोस्।, This image shows an illustration of the number 2, यदि तपाईंले तपाईंको सामाजिक सञ्जालमा वा च्याट ग्रुपहरूमा गलत सूचना फैलिरहेको देख्नुभएको छ भने कृपया कोरोना भाइरसको बारेमा सही सूचना भएको यो लिंक सेयर गर्नुहोस् ।, This image contains a QR code यसका लागि आफ्नो शक्ति प्रयोग गर्नेलाई हामीले विशेष रूपमा हाम्रो वेवसाइट वा सामाजिक सञ्जालमा प्रस्तुत गर्नेछौं ।, कोरोनाभाइरस रोग सम्बन्धी थप जानकारीका लागि स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरहरु ९८५१२५५८३९ ,९८५१२५५८३७ , ९८५१२५५८३४ मा बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म सम्पर्क गर्न सक्नुहुन्छ।
01/20/2020
दादुरा-रुबेला रोग पुर्ण रुपमा निवारण गरौं
https://www.unicef.org/nepal/ne/दादुरा-रुबेला-रोग-पुर्ण-रुपमा-निवारण-गरौं
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ…,  प्रमुख चिन्ह-लक्षणहरू:, ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु रुघा खोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता) रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ, दादुरा–रुबेला रोगको भएमा के के जटिलता हुन सक्छ?, दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), कम्पन रुवेलाबाट हुने जटिलता: हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (CRS– अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी), रगत…, दादुरा-रुबेला खोप अभियान २०७६/७७, नेपाल सरकारले आगामी फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान शुरु गर्दैछ । mr vaccine poster यो अभियान अन्तरगर्त देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई खोप दिइन लागिएको छ । यदि सबैै बालबालिका ९ र १५ महिना गरी दाुदरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ । दक्षिण…, रोग र खोप अभियान बारेमा थप जिज्ञासा र समाधान, mother and son walking to get vaccination, यो अभियानमा बालबालिकालाई दादुरा–रुबेला खोप कहाँ लगेर लगाउनु पर्दछ?, सबैलाई पायक पर्ने स्थान, स्वास्थ्य संस्थामा वा वडा भित्रका विभिन्न स्थानहरुमा तोकिएको मितिमा खोपकेन्द्र स्थापना गरीएको हुन्छ । अभियान संचालन हुने मितिमा आफुलाई पायक पर्ने नजिकैको खोप केन्द्रमा बालबालिकालाई लगी खोप लगाउनु पर्दछ । कुने कारणले उक्त दिन खोप लगाउन छुट भएमा अभियान भित्रमा नजिकैको जुनसुकै केन्द्रमा लगेर खोप लगाउनै पर्दछ ।    health…, अभियानमा खोप लगाए पछि नियमित खोपमा दादुरा–रुबेला खोप दिनु पर्छ?, पर्छ । यो अभियानमा दिईएको दादुरा–रुबेला खोपको पुरक (थप) मात्रा हो । यो अभियानमा खोप लगाएता पनि नियमित खोपमा उपलब्ध हुने दादुरा–रुबेला खोप लगाएत ११ वटा रोग विरुद्धको खोपहरु १५ महिना सम्म तालिका अनुसार अनिवार्य लगाउनै पर्दछ । केहि गरी नियमित खोप छुटी हाले पनि सके सम्म छिटो (२४ महिना भित्र) पुरा गर्ने पर्छ ।   Boy after getting mr vaccine, खोप लगाए पछि बालबालिकामा के कस्ता असरहरू देखापर्न सक्दछन् ?, यो खोप लगाए पछि अन्य खोपहरु जस्तै निम्न असरहरू देखा पर्न सक्छन्ः हल्का ज्वरो आउन सक्ने (२४ घण्टासम्म); सूई लगाएको ठाउँमा केहि दुख्ने र सुन्निन सक्ने; खोप लगाएको केहि बालबालिकामा १ हप्ता पछि दादुरा जस्तै विमिरा देखा पर्न सक्ने  यि सामान्य असरहरु हुन र आफै ठिक हुन्छन्।   , यी रोगहरू कसरी सर्दछन् ?, दादुरा-रुबेलाको भाईरस मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रही वृद्धि हुने र स्वाश नलि एवं अरु भित्रि अंगहरुमा संक्रमण गर्दछ । दादुरा–रुबेला दुवै रोग संक्रामक (रोग लागेको) व्यक्तिले खोक्दा, हाछिंञ्यु गर्दा निस्कने छिटा बाट एक व्यक्ति बाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।  , यो खोप कसैले घरमै आएर पनि दिन्छन् ?, दिदैनन् । यो खोप संवेदनशिल भएको र व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने (जस्तै खोले पछि यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्दैन) भएकोले तोकिएको केन्द्र र समयमा मात्र दिईन्छ । तसर्थ बालबालिकालाई दादुरा-रुबेला खोप लगाउन आफुलाई पायक पर्ने केन्द्र र तोकिएको समयमा लैजानु पर्दछ ।  , कुन कुन अवस्थामा यो खोप दिन हुदैन?, पहिला दादुरा खोप लगाउँदा गम्भिर प्रकारको असर देखा परेको भएमा; एड्सका लक्षणहरु देखा परेको भएमा; उच्च ज्वरो आएको वा सिकिस्त विरामी भएको बेलामा (तर विरामी ठीक भईसकेपछि यो खोप दिनु पर्दछ); प्रतिरोधात्मक शक्ति कम गराउने रोग वा उपचार र औषधीप्रयोग गरीरहेको अवस्था   , सामग्री, थप जानकारीका लागि  विश्व स्वास्थ्य संगठनको वेबसाइट   हेर्नुहोस् ।
09/25/2019
डेंगीः सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं
https://www.unicef.org/nepal/ne/डेंगीः-सुरक्षित-रहौं-रोकथाम-गरौं-नियन्त्रण-गरौं
डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ    dengue illustration UNICEF Nepal, डेंगीका मूख्य लक्षणहरू, उच्च ज्वरो आउन जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु  आँखाको गेडी दुख्नु बेस्सरी टाउको दुख्नु शरीरमा राता बिमिराहरू आउनु वाकवाकी लाग्नु वा वान्ता हुनु, डेंगीबाट बच्ने उपायहरू:, एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने । घरको…, डेंगीका लक्षणहरू देखिएमा के गर्ने ?, स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने । घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने । अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने । (चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने )  , सामग्री, dengue1 dengue 2 dengue3, भिडियो