03/19/2020
कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी रहेको साबुन पानीले हात धुने सुविधा अझै अर्बौंको पहुँच बाहिर - युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोरोनाभाइरस-विरुद्धको-लडाईंमा-अत्यन्तै-प्रभावकारी-रहेको-साबुन-पानीले-हात-धुने
न्युयोर्क, ३० फागुन २०७६, – सहि तरिकाले साबुन पानीले हात धुनुलाई कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी मानिएको छ तर युनिसेफले दिएको जानकारीअनुसार, करोडौं मानिस यो आधारभूत सुविधाबाट बञ्चित रहेका छन् । सबैभन्दा पछिल्लो तथ्यांकका अनुसार संसारभर हरेक ५ जना मध्ये ३ जनासँग मात्र हात धुने सुविधा उपलब्ध छ । नेपालमा कुल जनसंख्याको आधा भन्दा धेरैको पहुँचमा…, थप संक्रमण फैलिन नदिन पनि हात धुनु अत्यन्तै महत्वपूर्ण छ । कोरोना भाइरस प्रभावित देशहरूका स्वास्थ्य सेवा प्रणालीमा यसको असर बढ्दै गइरहेको बेला श्वासप्रश्वास तथा झाडापखालाका सामान्य रोगहरूबाट जोगिन पनि साबुन पानीले हात धुनु एकदमै महत्वपूर्ण मानिएको छ । संसारभरका बालबालिका तथा तिनका अभिभावकहरूसम्म हात धुने उपयुक्त व्यवस्था सुनिश्चित गर्न युनिसेफ…, थप जानकारी, साबुन पानीले हात धुने सम्बन्धी नेपाली भाषामा जानकारी यहाँ उपलब्ध छ । कोभिड-१९ बारेमा जानकारी र थप सामग्री यहाँ उपलब्ध छ । This image shows a child washing hands with soap and smiling UNICEF Nepal
02/05/2020
जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डर युनिसेफको कार्यक्रम भ्रमणका लागि नेपालमा
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/जर्मनीकी-प्रथम-महिला-एल्के-बुडेनबेन्डर-युनिसेफको-कार्यक्रम-भ्रमणका-लागि-नेपालमा
युनिसेफ जर्मनीकी संरक्षक तथा संघय गणतन्त्र जर्मनीको राष्ट्रपति फ्र्यांक, -, वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डर, ले, सन्, २०२०, को,  , फेब्रुअरी ३ देखि ७ तारिख सम्म, नेपालमा, युनिसेफका विभिन्न कार्यक्रम, को, भ्रमण, गर्नुहुने, भएको छ । स्वास्थ्य सेवा र शिक्षाको पहुँच, ,, उच्च गरिबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौतीहरूको बाबजुद,  , नेपालले,  , बाल अधिकार तथा दिगो विकास लक्ष्य प्राप्ति त, र्फ, उल्लेख, नी, य प्रगति गरेको छ, ।, युनिसेफका लागि जर्मन राष्ट्रिय समितिका अध्यक्ष जर्ज ग्राफ वाल्डर्सी पनि एल्के बुडेनबेन्डरसँगै भ्रमणमा, सामेल, हुनेहुनेछ ।,  , "युनिसेफसँगै नेपालका बालबालिकाको जीवनस्तर सुधार तथा उनीहरूको अधिकार सुनिश्चितता किन महत्वपूर्ण छ भनी ध्यानाकर्षण गराउनको लागि म नेपाल आएको हुँ । बाल अधिकारको सुनिश्चित नगरी जर्मनी साथसाथै अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्ध रहेको दिगो विकासको लक्ष्य हासिल गर्न सकिदैंन ।" एल्के बुडेनबेन्डरले आफ्नो भ्रमणको सुरुवातमा भन्नुभयो ।  युनिसेफ जर्मनीकी…,  , नेपाल दिगो विकास लक्ष्य हासिल गर्ने सम्बन्धी राष्ट्रिय प्रतिवेदन पहिले दिने राष्ट्रहरु मध्ये एक हुन सफल भएको थियो । युनिसेफका अनुसार, विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्नका लागि बाल अधिकार सम्बन्धि ठोस कदम चाल्नु अत्यन्त  आवश्यक रहेको छ। उल्लेखनीय प्रगति भए पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा …
01/01/2020
नयाँ वर्षका शिशुहरुः अंग्रेजी नयाँ वर्षको दिनमा नेपालमा १,५०० भन्दा धेरै शिशुहरु जन्मिने — युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नयाँ-वर्षका-शिशुहरुः-अंग्रेजी-नयाँ-वर्षको-दिनमा-नेपालमा-१५००-भन्दा-धेरै-शिशुहरु
काठमाडौं, नेपाल, १६ पुस २०७६ —, अंग्रेजी नयाँ वर्षको दिनमा नेपालभर १,५६७ शिशुहरु जन्मिने अनुमान गरिएको युनिसेफले जनाएको छ । नेपाली शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिे ३९२,०७८ शिशुको ०.४ प्रतिशत हुनेछ ।  “नयाँ वर्ष र नयाँ दशकको शुरुवात हाम्रो आफ्नो भविष्यका लागि हाम्रा आशा र आकांक्षाहरुबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर हो”,…
11/08/2019
बालबालिकाका लागि दक्षिण एसियाको वायु सफा गर्न तत्काल कदम चाल्न आवश्यक
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/बालबालिकाका-लागि-दक्षिण-एसियाको-वायु-सफा-गर्न-तत्काल-कदम-चाल्न-आवश्यक
न्यूयोर्क, २१ कार्तिक २०७६ —, “म हालै मात्र दक्षिण एसियामा थिएँ जहाँ मैले त्यहाँका बालबालिका वायु प्रदूषणको डरलाग्दो अवस्थाबाट कसरी प्रभावित भइरहेका छन् भन्ने कुरा प्रत्यक्ष देख्न पाएँ । “वायुको गुणस्तर संकटको अवस्थामा थियो । एयर फिल्ट्रेसन मास्क प्रयोग गर्दा पनि हानिकारक कुहिरोको गन्ध सुघ्न सकिन्थ्यो । हरेक बस्तीबाट प्रदूषणले भवन, रुख र मानिसहरुलाई ढाकेको देखिन्थ्यो ।…
10/15/2019
कमसल खानाले संसारभरका बालबालिकाको स्वास्थ्य विग्रिदैं, युनिसेफको चेतावनी
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कमसल-खानाले-संसारभरका-बालबालिकाको-स्वास्थ्य-विग्रिदैं-युनिसेफको-चेतावनी
न्यूयोर्क/काठमाडौं, २८ असोज २०७६, — विश्वका करोडौं बालबालिका कमसल खानाबाट प्रभावित हुनु चिन्ताजनक भएको चेतावनी युनिसेफले बालबालिका, खाना र पोषणको बारेमा आज जारी गरेको नयाँ प्रतिवेदनमा दिएको छ ।  विश्वका बालबालिकाको अवस्था २०१९ः बालबालिका, खाना र पोषण (द स्टेट अफ द वल्र्डज चिल्ड्रेन २०१९ः चिल्ड्रेन, फुड एण्ड न्युट्रेसन) ले पाँच वर्षमुनिका तीनमध्ये कम्तीमा एक बालबालिका — वा २०…
06/07/2019
बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू मध्ये नेपाल विश्वकै शीर्ष दशमा: युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/बालकहरूको-बालविवाह-धेरै-हुने-मुलुकहरू-मध्ये-नेपाल-विश्वकै-शीर्ष-दशमा-युनिसेफ
काठमाण्डौं, ,, २४ जेठ २०७६ –, युनिसेफले गरेको एक गहन बिश्लेषणले बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू मध्ये नेपाल विश्व कै शीर्ष दशमा पर्ने जनाएको छ। सो बिश्लेषणका अनुसार नेपालका २० देखि २४ वर्षका १० पुरुषहरूमध्ये एकको बाल्यावस्थामै विवाह भएको थियो। विश्वका ८२ मुलुकहरूको तथ्याङ्कको आधारमा युनिसेफले गरेको अध्ययनका अनुसार बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू अफ्रिकाको उप-सहारा…, सम्पादकलाई अनुरोधः, मल्टिमिडिया सामग्री डाउनलोड गर्न कृपया यहाँ जानुहोस्। बालकहरूमा हुने बालविवाहको विश्वव्यापी र क्षेत्रीय तथ्याङ्क ८२ मुलुकहरूको राष्ट्रिय तथ्याङ्कबाट गणना गरिएको हो। बालविवाह सम्बन्धी राष्ट्रिय तथ्याङ्कहरू युनिसेफको सहयोगमा सञ्चालन गरिने बहुसूचक सर्वेक्षण (MICS ) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालन गरिने जनसांख्यिकीय…
04/25/2019
गत आठ वर्षमा वर्षेनी २ करोडभन्दा धेरै बालबालिका दादुराको खोपबाट बञ्चित, अहिलेको विश्वव्यापी महामारीका लागि त्यो जिम्मेवार – युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/गत-आठ-वर्षमा-वर्षेनी-२-करोडभन्दा-धेरै-बालबालिका-दादुराको-खोपबाट-बञ्चित-अहिलेको
काठमाडौं, १२ बैशाख २०७६– सन् २०१० देखि २०१७ सम्ममा संसारका करीव १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन् जुन औसतमा वर्सेनी २ करोडभन्दै धेरै भएको युनिसेफले जनाएको छ । खोप नलगाएका बालबालिका रहेका क्षेत्रहरू बढ्दै जाँदा अहिले संसारका कैयन् देशमा दादुराको महामारी फैलिएको छ । नेपालका केही क्षेत्रमा पनि दादुरा संक्रमणका घटनाहरू बढेका…, सम्पादकहरूका लागि जानकारी, सम्वन्धित फोटो र बीरोल यहाँ डाउनलोड गर्न सकिन्छ  , विश्लेषणको बारेमा, यो विश्लेषण युनिसेफ र विश्व स्वास्थ्य संगठनले सन् २०१७ का लागि १९४ वटा देशहरूको राष्ट्रिय खोपले समेटेको अनुमानको आधारमा गरिएको हो । अन्तरिम दादुरा र रुबेलाको तथ्यांक अप्रिल २०१९ मा विश्व स्वास्थ्य संगठन जेनेभामा पठाइएको मासिक तथ्यांकमा आधारित छ । उच्च आय भएका देशका लागि, विश्व बैंकले आयका आधारमा जुलाई २०१८ मा गरेको देशको बर्गीकरण हेर्नुहोस् ।, विश्व खोप सप्ताहको बारेमा, अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताह ले रोगका विरुद्ध सबै उमेरका मानिसलाई जोगाउन खोपको प्रयोग प्रवर्धन गर्ने लक्ष्य राख्दछ । सप्ताहमा युनिसेफको प्रयास बारेमा थप जानकारीका लागि, यहाँ क्लिक गर्नुहोस् ।, मिजल्स एण्ड रुबेला इनिसियटिभको बारेमा, युनिसेफ मिजल्स एण्ड रुबेला इनिसियटिभ को सदस्य हो जुन विश्व स्वास्थ्य संगठन, सीडीसी, युनाइटेड नेसन्स फाउन्डेसन र अमेरिकन रेडक्रससहितका संस्थाहरूको निजी सार्वजनिक साझेदारी हो । यसले संसारभर दादुरा र रुबेला नियन्त्रण र उन्मुलनका लागि काम गर्छ ।    A girl getting vaccinated UNICEF Nepal/2015/KPanday On 9 September 2015, children receives immunization…
04/09/2019
नेपालमा पूर्व प्राथमिक शिक्षामा धेरै उपलब्‍धि हासिल, अझ धेरै गर्न बाँकीः युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालमा-पूर्व-प्राथमिक-शिक्षामा-धेरै-उपलब्‍धि-हासिल-अझ-धेरै-गर्न-बाँकीः-युनिसेफ
काठमाडौं,, चैत्र २६,, २०७५, -, नेपालको पूर्व प्राथमिक शिक्षाको भर्ना दर २०५७ सालबाट २०७४ सालसम्म आइपुग्दा १२ प्रतिशत बाट ८६ प्रतिशतमा पुगेको छ । पूर्व प्राथमिक शिक्षाको पहुँचमा नेपालको यो फड्कोका लागि युनिसेफले प्रकाशित गरेको नयाँ विश्वब्यापी प्रतिवेदनमा सराहना गरेको छ । युनिसेफको पहिलो पूर्व प्राथमिक शिक्षा माथिको विश्वब्यापी प्रतिवेदन ‘सिकाइका निम्ति तयार विश्वः प्रारम्भिक…, सम्पादकलाई अनुरोधः, मल्टीमिडिया सामग्री डाउनलोड गर्न कृपया यहाँ जानुहोस् प्रतिवेदन डाउनलोड गर्नका निम्ति कृपया यहाँ थिच्नुहोस्   A child learning in early childhood classes UNICEF Nepal/2012/CSKarki