07/11/2020
नेपालका बालबालिका तथा युवाहरूको आवाजलाई सशक्त बनाउन राकुटेन भाइबर र युनिसेफ नेपालको सहकार्य
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालका-बालबालिका-तथा-युवाहरूको-आवाजलाई-सशक्त-बनाउन-राकुटेन-भाइबर-र-युनिसेफ-नेपालको
काठमाडौँ, ,, आषाढ २६, ,, २०७७, :,   नि:शुल्क एवं सुरक्षित रूपमा सन्देश आदानप्रदान गर्न सकिने विश्वमै लोकप्रिय  एप्लिकेसन राकुटेन भाइबर र नेपालमा बाल अधिकारको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को सहकार्यमा भाइबरमा  U-Report Nepal, नामक नयाँ च्याटबटको सुरुवात गरिएको छ।    U-Report Nepal  समुदायसँग जोडिनको लागि एउटा उपयुक्त माध्यम हो, जसको प्रयोग  मार्फत युवाहरूले आफ्नो समुदायमा सकारात्मक परिवर्तनको वकालत गर्न सक्छन् ।   साथै,   ‘ कोभिडको कुरा / Covidko Kura ’ नामक निशुल्क भाइबर स्टिकर प्याकको पनि शुरुवात गरिएको छ ।   भाइबरमा च्याटबटको रूपमा रहेको U-Report Nepal मार्फत…
07/08/2020
नेपाल वहुसूचक सर्वेक्षण २०७५/७६ को मुख्य सूचकहरूको नतिजा सार्वजनिक
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपाल-वहुसूचक-सर्वेक्षण-२०७५७६-को-मुख्य-सूचकहरूको-नतिजा-सार्वजनिक
आज २०७७ साल आषाढ २४ गते बुधबार, केन्द्रीय तथ्याङ्क विभागद्वारा सञ्चालित नेपाल वहुसूचक सर्वेक्षण, २०७५/७६ (Nepal Multiple Indicator Cluster Survey-NMICS 2019) को मुख्य सूचकहरूको नतिजा सार्वजनिक गरिएको छ ।  नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरु…, मुख्य नतिजाहरु, :,  , बाल मृत्यु, बि.सं. २०७१ सालमा प्रति १००० जीवित जन्मेका शिशुहरुमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियो भन्ने हालको सर्वेक्षण (२०७६) अनुसार सो घटेर २५ जनामा झरेको छ।सोही अवधिमा ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति १००० जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको छ।त्यसै गरी प्रति १००० जीवित…, विद्युत तथा टेलिफोनमा पहुँच, ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९८.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (४४.६ प्रतिशत) रहेको छ। नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोवाइल फोन) सुविधाको पहुँच रहेको छ भने प्रदेशगत आधार अनुसार सबैभन्दा धेरै बागमती प्रदेश (९८.० प्रतिशत) र  सबैभन्दा…, आमसञ्चार र सूचना सञ्चार प्रविधिमा पहुँच, १५-४९ वर्ष उमेर समूहका महिलाहरुले हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चार पत्रपत्रिका पढ्ने, रेडिया सुन्ने र टेलिभिजन हेर्ने गरेको ११.० प्रतिशतले पाइयो भने सोही उमेर समूहका १२.९ प्रतिशत पुरुषले गर्ने गरेको देखिन्छ। प्रत्येक दुई जनामध्ये एक जना (५१.१ प्रतिशत) घरपरिवारसँग इन्टरनेटको पहुँचमा कुनै उपकरणको माध्यमद्वारा प्रयोग गरेको पाइयो। १५-४९…, सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन, नेपालमा ६.१ प्रतिशत तथा ४५.२ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरु तथा पुरुषहरुले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो। ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक पूरा चुरोट सेवन गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाहरुले कम्तीमा एक पटक एक महिनाको कुनै दिनमा…, प्रजजन् तथा मातृत्व स्वास्थ्य, कूल प्रजजन दर प्रति महिला (१५-४९) वर्ष उमेर समूहले २.० जीवित बच्चा जन्माएका पाइयो। १५-१९ वर्ष उमेर समूहको किशोरीको प्रजजन् दर प्रति १००० किशोरीहरुले ६३ जीवित बच्चा जन्माएका पाइयो भने ६ जना महिलामध्ये १ जना (१३.८ प्रतिशत), २०-२४ वर्ष उमेर समूहका महिलाहरुले १८ वर्षअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका हालै विवाहित…, बाल स्वास्थ्य, ,, पोषण तथा विकास, सर्वेक्षणको पाँच वर्ष अवधिमा ५ वर्षमुनिका बालबालिकाहरुको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरु (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरु (पुड्को) बि.सं.२०७१ मा क्रमशः ३०.१ प्रतिशत र ३७.५ प्रतिशतबाट घटेर बि.सं.२०७६ मा क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशत भएको पाइएको छ। त्यसै गरी उचाई अनुसार…, शिक्षा, प्राथमिक विद्यालय (१-५ कक्षा) मा ५.६ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६-८ कक्षा) मा ४.३ प्रतिशत र माध्यमिक विद्यालय (९-१२) मा १५.१ प्रतिशत विद्यालय बाहिर रहेको बालबालिका देखिन्छ। प्राथमिक विद्यालय (१-५ कक्षा) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरु ३९.८ प्रतिशत रहेको पाइयो। प्राथमिक विद्यालय (१-५ कक्षा) मा ८१.८ प्रतिशत, निम्न माध्यमिक…, हिंसा तथा शोषणको सुरक्षा, ५ वर्षमुनिका बालबालिकाका आमा/स्याहारसुसार गर्ने व्यक्तिहरुमध्ये ८०.० प्रतिशतले नेपालमा जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइयो। त्यसैगरी, ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता ७७.२ प्रतिशत रहेको पाइयो। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी (८९.१ प्रतिशत) ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता सुदूरपश्चिम प्रदेशमा रहेको थियो भने सबैभन्दा कम (७०.८…, खानेपानी तथा सरसफा, इ, नेपालको कूल जनसंख्याको ९७.१ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानी स्रोत प्रयोग गरेको देखिन्छ। पानीको गुणस्तर परिक्षण गर्दा ८५.१ प्रतिशत घरपरिवार सदस्यहरुले पिउने पानीमा E-coli को जीवाणु ->=1cfu/100ml_ पाइयो। नेपालको कूल जनसंख्याको ९३.८ प्रतिशतले सुधारिएको चर्पीहरुको प्रयोग गरेको र ७९.२ प्रतिशतले सुधारिएको चर्पीहरु परिवारका सदस्यहरु वाहेक…, स्वास्थ्य, बी, मा, १५-१९ वर्ष उमेर समूहका महिला (५.८ प्रतिशत) तथा पुरुष (५.२ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो। त्यसै गरी ५-१७ वर्ष उमेर समूहका बालबालिका (४.४ प्रतिशत) तथा ५ वर्षमुनि बालबालिका (३.७ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो।  , जीवन सन्तुष्टि, १५-४९ वर्ष उमेर समूहका महिलाहरु (६२.४ प्रतिशत) तथा सोही उमेर समूहका पुरुषहरु (६४.७ प्रतिश)ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरेका पाइयो। त्यसै गरी १५-२४ वर्ष उमेर समूहका युवतीहरु (६८.० प्रतिशत) तथा सोही उमेर समूहका युवाहरु (६९.६ प्रतिश) ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरिएको पाइयो। १५-४९ वर्ष उमेर समूहका महिला (४५.४ प्रतिशत) तथा…, बहुसूचक सर्वेक्षण महिला , बालबालिका तथा घरपरिवार सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने विभिन्न स्रोतहरुमध्ये एक बृहत् तथ्याङ्कीय स्रोत हो । यो सर्वेक्षण संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) बाट विकसित गरिएको अन्तर्राष्ट्रियस्तरको घरपरिवार सर्वेक्षण (Multiple Indicator Cluster Survey - MICS) विधि अपनाइ सञ्चालन गरिएको हो ।,   This image shows MICS enumerator Mahesh Bikram Bohara conducting a survey with girl child Mamita Pari in Bajura District in Nepal’s far-west UNICEF Nepal/2019/MNepal MICS enumerator Mahesh Bikram Bohara (left) conducting a survey with local student Mamita Pari (right) in Bajura District in Nepal’s far-west.
07/03/2020
कोभिड-१९ को संकटका बेला बालबालिकामा हुन सक्ने कुपोषण रोकथामको लागि युरोपियन युनियन र युनिसेफको सहकार्य
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-संकटका-बेला-बालबालिकामा-हुन-सक्ने-कुपोषण-रोकथामको-लागि-युरोपियन-युनियन
काठमाडौँ, , , १८,  , आषाढ २०७७, - हाल फैलिरहेको कोभिड-१९ संकटले पार्ने आर्थिक सामाजिक प्रभावले गर्दा बालबालिकामा हुन सक्ने कुपोषण रोकथामको लागि युरोपियन युनियन र युनिसेफले पोषण क्षेत्रमा जारी आफ्नो सहकार्यमा  बृद्धि गरेका छन् ।   कोभिड-१९ संकटको सामाजिक आर्थिक प्रभावले जोखिममा रहेका नेपाल भरिका थुप्रै  परिवारहरूलाई थप गरिबी तर्फ धकेल्दै अझ धेरै बालबालिकालाई कुपोषण प्रभावित…
06/23/2020
कोभिड-१९ को जोखिममा रहेका ६० करोड दक्षिण एसियाली बालबालिकाको भविष्य सुरक्षित बनाउनको लागि तत्काल कदम चाल्नु आवश्यक : युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-जोखिममा-रहेका-६०-करोड-दक्षिण-एसियाली-बालबालिकाको-भविष्य-सुरक्षित
जेनेभा/काठमाडौँ/न्युयोर्क, ,, २०७७ आषाढ ९, - कोभिड -१९ महामारीले दक्षिण एसियाका बालबालिकाको स्वास्थ्य, शिक्षा  र अन्य पक्षहरूमा दशकौं देखि भएका सुधारहरूलाई अवरुद्ध पारेकोले लाखौँ परिवारहरूलाई गरिबीमा धकेलिनुबाट बचाउनको लागि सरकारहरूले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने कुरा युनिसेफद्वारा आज प्रकाशित एउटा नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वको एक चौथाई जनसंख्या रहेको यस क्षेत्रमा महामारी…, अति प्रभावित जीवनहरू,    , शीर्षकमा प्रकाशित प्रतिवेदनले भाइरसको असर  तथा त्यसलाई नियन्त्रण गर्नको लागि चालिएका कदमहरूले ६० करोड बालबालिका तथा उनीहरूलाई आवश्यक पर्ने सेवाहरूमा पारेका गम्भीर तात्कालिन र दीर्घकालीन असरहरूको  बारेमा  व्याख्या गरेको छ।   "दक्षिण एसियामा महामारीको आगमनसंगै त्यसलाई नियन्त्रण गर्न चालिएका  कदमहरू जस्तै बन्दाबन्दी बालबालिकाका लागि थुप्रै प्रकारले…
06/23/2020
संयुक्त प्रेस वक्तव्य : दोषारोपण र भेदभाव अन्त्य गरौं, माया फैलाऔं
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/संयुक्त-प्रेस-वक्तव्य-दोषारोपण-र-भेदभाव-अन्त्य-गरौं-माया-फैलाऔं
९, असार, २०७७ः, कोभिड-१९को सन्दर्भमा फैलिरहेको दोषारोपण र भेदभावको अन्त्यको आव्हान गर्दै नेपाल स्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायहरू र देशमा रहेका ३० भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरूले आज, #, मायाफैलाऔं, #SpreadLove, अभियान सुरु गरेका छन् । आज नेपालमा पहिलो व्यक्तिमा कोभिड-१९ देखिएको समाचार आएको पाँच महिना भयो । त्यसबेलादेखि कोभिड-१९ मुक्त व्यक्तिहरु र उनिहरुका परिवार, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू, र जोखिममा रहेका व्यक्तिहरू जस्तै फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरू विरुद्ध बढीरहेको  भेदभावका कैयौं सूचनाहरू आइरहेका छन् ।…, थप सामाग्रीः  #मायाफैलाऔं, This image shows a quotagram UNICEF Nepal
06/17/2020
नेपालमा कोभिड-१९ विरुद्ध स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन एसियाली विकास बैंक र युनिसेफको सहकार्य
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालमा-कोभिड-१९-विरुद्ध-स्वास्थ्य-सुरक्षा-सामाग्री-उपलब्ध-गराउन-एसियाली-विकास-बैंक
काठमाडौ, ,, २०७७ आषाढ ३:,  कोभिड-१९ महामारी विरुद्ध कार्यरत स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्नको लागि युनिसेफले आज  नेपालमा स्वास्थ्य सुरक्षा उपकरण र सामाग्रीहरू उपलब्ध गराएको छ । उक्त सहयोग एसियाली विकास बैंक (एडिबी)को अनुदान मार्फत सम्भव भएको हो । एसियाली विकास बैंकले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) लाई प्रदान गरेको ३ लाख डलर बराबरको अनुदानबाट नोभेल कोरोना भाइरस…
06/01/2020
कोभिड –१९: गरीबीमा बाँचिरहेका बालबालिकाको संख्या यस वर्षको अन्त्य सम्ममा ८ करोड ६० लाख सम्मले वृद्धि हुने
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-गरीबीमा-बाँचिरहेका-बालबालिकाको-संख्या-यस-वर्षको-अन्त्य-सम्ममा-८-करोड-६०
काठमाडौ, २०७७ जेठ १९: , सेभ द चिल्ड्रेन र युनिसेफद्वारा आज सार्वजनिक गरिएको एउटा नयाँ विश्लेषण अनुसार कोभिड–१९ को विश्व्यापी महामारीले निम्त्याएको आर्थिक संकटले सन २०२० को अन्त्य सम्ममा  थप ८ करोड ६० लाख बालबालिकालाई पारिवारिक गरीबीमा धकेल्न सक्छ । यो संख्या हाल गरीबीमा बाँचिरहेका कुल बालबालिकाको १५ प्रतिशत हो ।   विश्वव्यापी महामारीले सृजना गरेको आर्थिक समस्याबाट…
05/19/2020
सुरक्षित तवरले विद्यालय पुन:सञ्चालनका लागि नयाँ मार्गनिर्देशनहरू
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/सुरक्षित-तवरले-विद्यालय-पुनसञ्चालनका-लागि-नयाँ-मार्गनिर्देशनहरू
काठमाडौं, ,, ५ जेठ २०७७, – एक अर्ब तीस करोड विद्यार्थी प्रभावित हुने गरि संसारभर नै विद्यालय बन्द भएको हालको अवस्थाका बीच सुरक्षित तवरले विद्यालय पुन: सञ्चालन गर्नकालागि युनेस्को, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व बैंकले संयुक्त रूपमा मार्गनिर्देशनहरू जारी गरेका छन्। मार्गनिर्देशनहरू यहाँ र यहाँ डाउनलोड गर्न सकिन्छ। कोभिड-१९ को रोकथाम तथा सामना गर्नकालागि व्यापक…, नीति परिमार्जन:, यस मार्गनिर्देशनमा, स्वास्थ्य सम्बन्धी आपतकालीन परिस्थितिमा विद्यालय बन्द गर्ने र पुन:सुचारू गर्ने नीति, सीमान्तकृत तथा विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई समान पहुँच बढाउन आवश्यक सुधार, र दुर-शिक्षाको अभ्यासलाई सुदृढिकरण तथा स्तरिकरण गर्ने लगायत नीतिगत व्यवस्था समावेश गरिएको छ।, वित्तिय आवश्यकता:, शिक्षामा कोभिड-१९ले पारेको प्रभावको सम्बोधन गर्ने र पुनरुत्थान तथा उत्थानशीलताका लागि शिक्षा क्षेत्रमा लगानीलाई सुदृढिकरण गर्ने।, सुरक्षित तवरले सञ्चालन:, रोगको संक्रमण न्युनिकरण गर्ने, अत्याश्यक सेवा सुविधाहरूको उपलब्धता, र स्वस्थ आनीबानी प्रवर्धन गर्ने अवस्था सुनिश्चित गर्ने। यस अन्तर्गत, साबुन र सफा पानी सहितको हात धुने व्यवस्था, कर्मचारी तथा विद्यार्थीले अस्वस्थ महसुस गरेमा के गर्ने बारे जानकारी, सामाजिक दुरी कायम गर्ने र सरसफाईका अभ्यास लगायतका जानकारी सम्मिलित गरिएको छ।, छुटेको सिकाईलाई पुरक व्यवस्था:, समय गुमेका कारण छुटेको शिक्षणका सत्रहरू पुन:प्राप्त गर्नकालागि विशेष अभ्यासहरू, सिकाईका विधिको सुदृढिकरण र दुरशिक्षा जस्ता विधिको प्रयोग द्वारा मिश्रित शिक्षा प्रणालीको विकास गर्न विशेष ध्यान दिने। यस अन्तर्गत रोग संक्रमण तथा रोकथामका बारेमा जानकारी समावेश गर्नुपर्नेछ।, समग्र हित र संरक्षण:, विद्यार्थीको समग्र हितमा ध्यान दिनुपर्नेछ र स्तरिकृत सिफारिस प्रणाली र स्वास्थ्य तथा विद्यालयमा पोषण सेवा जस्ता अत्यावश्यक सेवाहरू मार्फत बाल संरक्षणलाई सुदृढिकरण गर्नुपर्नेछ।, सीमान्तकृत समुदायसम्म पहुँच:, विद्यालय सुचारू गर्दा विगतमा विद्यालय बाहिर रहेका, विस्थापित तथा प्रवासी बालबालिका लगायत अल्पसंख्यक समुहलाई समेत समेटिने गरी सुचारू गर्ने नीति तथा अभ्यासलाई परिमार्जन र विस्तार गर्ने। अत्यावश्यक सुचना संप्रेषण गर्दा स्थानीय भाषा र सहजै बुझिने ढाँचामा गर्ने। “विद्यालयहरू पुन:सुचारू हुदै गर्दा सिकाईका ठुला अवसर गुमाएकाहरूलाई विशेष ध्यान दिई…
04/20/2020
बालबालिकालाई कोभिड-१९ महामारीको अदृष्य शिकार हुन नदिऔं - युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/बालबालिकालाई-कोभिड-१९-महामारीको-अदृष्य-शिकार-हुन-नदिऔं-युनिसेफ
काठमाडौं, ,  ७, बैशाख, २०७, ७, – एक अदृष्य शत्रुको सामना गर्नका लागि हाल सारा संसार एकवद्ध भएको छ। कोभिड-१९ बाट जोगिन तथा यसको उपचार गर्नमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भइरहँदा यो महामारी उप्रान्तपनि यसले उब्जाउन सक्ने अदृष्य प्रभावहरूका बारेमा भने हामी प्रत्यक्ष जानकार छैनौं। यो अवस्थामा परिवर्तन आउनै पर्दछ। बालबालिका र युवा कोभिड-१९ बाट संक्रमित मात्र भइरहेका छैनन् उनीहरू…, स्वास्थ्यको, सन्दर्भमा, कोभिड-१९ ले निम्न तथा मध्यम आय भएका देशमा रहेका अत्यन्तै कमजोर स्वास्थ्य प्रणाली माथि ठूलो चाप सिर्जना गर्नुका साथै विगतका कैयौं दशकको प्रयासबाट प्राप्त बालबालिकाको जीवन सुरक्षा, स्वास्थ्य, पोषण तथा अन्य विकासका क्षेत्रमा प्राप्त उपलब्धिलाई समेत प्रभावित पार्ने देखिएको छ। तर राष्ट्रिय स्तरका कैयौ स्वास्थ्य प्रणालीहरू पहिल्यै नै…, सरसफाईको असल अभ्यास, अवलम्बन गरि आफु र अन्यलाई सुरक्षित राख्नु अत्यन्तै महत्वपूर्ण सावित भएको छ। तर धेरै बालबालिकाको लागि पानी, सरसफाई तथा स्वच्छता सम्बन्धी आधारभूत सुविधा पहुँचबाट बाहिर छ। विश्वभर ४० प्रतिशत जनसंख्या अर्थात ३० करोड मानिसका घरमा साबुन र पानी सहितको हातधुने सुविधा उपलब्ध छैन। यो संख्या अति कम विकसित राष्ट्रहरू मध्ये तीन चौथाई जनसंख्या बराबर हो। त्यसैले…, शिक्षाको क्षेत्रमा, , एउटा पुरै पुस्ताले आफ्नो शिक्षामा अवरोध आएको अनुभव गरेका छन्। राष्ट्रिय स्तरमा विद्यालयहरू बन्द गरिनाले संसारभरका १५ करोड ७० लाख, अर्थात, लगभग ९१ प्रतिशत विद्यार्थीको पढाईमा अवरोध आएको छ। हामीले यस अघि भएका यस प्रकारका बन्दको अनुभवमा देखेका छौ: लामो समयसम्म विद्यालय बन्द हुँदा उल्लेखनीय संख्यामा विद्यार्थीहरू, विशेषगरी बालिकाहरू विद्यालय फर्कने…, सामाजिक तथा आर्थिक असर, संसारका सबैभन्दा जोखिममा रहेका बालबालिकामा पर्नेछ। ती मध्ये अधिकांश पहिले नै गरिबीमा बाँचिरहेका थिए भने कोभिड-१९ को नियन्त्रणका लागि अवलम्बन गरिएका कदमहरूले उनीहरूलाई झनै कठिनाईमा पार्ने जोखिम बढेको छ। करोडौं अभिभावकहरूले आफ्नो दैनिकी र जिविकोपार्जनलाई निरन्तरता दिन संघर्षरत रहँदा सरकारले पनि सुरक्षा सञ्जाल सुविधा दिएर, नगद हस्तान्तरण गरेर,…, मानवीय संकटबाट, गुज्रिरहेका बालबालिकालाई पनि बिर्सनु हुँदैन। सन् २०२० मा संसारभर नै मानवीय सहयोग आवश्यक पर्ने जनसंख्या उच्च रहने प्रक्षेपण गरिएको थियो र त्यस्ता संकटग्रस्त देशहरूमा बालबालिकामाथिको जोखिम झनै लम्बिने सम्भावना रहने र हालको महामारीका कारण यस्ता जोखिम झनै दोब्बर हुन जाने देखिन्छ। संयुक्त राष्ट्रसंघका महासचिवले कोभिड-१९ का लागि विश्वव्यापी मानवीय…, सम्पादकहरूलाई जानकारीः, कोभिड-१९ को तयारी तथा राहत सहयोगका लागि युनिसेफले नेपाल सरकार तथा अन्य विभिन्न संस्थाहरू सँगको सहकार्यमा तदारुकताका साथ लागिपरेको छ। महामारीको सामना गर्ने एक महत्वपूर्ण माध्यमका रूपमा युनिसेफले जोखिम सम्बन्धी संचारका साथै समुदायको सहभागितामा जोड दिएको छ। सामुदायिक रेडियो, टेलिभिजन कार्यक्रम, सामाजिक सञ्जाल आदिको माध्यमबाट कोभिड-१९ सम्बन्धी…
04/01/2020
कोभिड-१९ को प्रकोप बढ्दै गइरहेको अवस्थामा कामकाजी परिवारलाई थप सहयोगको खाँचो – युनिसेफ, अंतरराष्ट्रीय श्रम संगठन तथा युएन वुमन
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-प्रकोप-बढ्दै-गइरहेको-अवस्थामा-कामकाजी-परिवारलाई-थप-सहयोगको-खाँचो
कोभिड-१९को सन्दर्भमा युनिसेफ, अंतरराष्ट्रीय श्रम संगठन तथा युएन वुमन द्वारा विकसित परिवारमैत्री नीति तथा असल कार्यकक्षका अभ्यासहरू सम्बन्धी प्राविधिक नोट यहाँ प्राप्त गर्नुहोस्।, न्युयोर्क, / काठमाडौं, , १ अप्रिल २०२०, - हालै युनिसेफ, अंतरराष्ट्रीय श्रम संगठन तथा युएन वुमनद्वारा जारी सुझाव-पत्रमा कोभिड-१९ को तीव्र गतिमा विस्तार भइरहँदा बालबालिकामा पर्न सक्ने नकारात्मक असर न्युनीकरण गर्नका लागि कामकाजी परिवारहरूलाई सघाउनुपर्ने आवश्यकता औंल्याइएको छ। रोजगार गुम्नु, विद्यालय बन्द हुनु तथा बालबालिकाको हेरचाह गर्ने सुविधा उपलब्ध नहुनुका कारण विशेषगरी न्युन-आय भएका…