11/26/2020
कोभ्याक्स फसिलिटिको तर्फबाट युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठनद्वारा कोभिड-१९ विरुद्वको खोप खरिदका लागि बोलपत्र प्रस्ताव आव्हान
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभ्याक्स-फसिलिटिको-तर्फबाट-युनिसेफ-र-पान-अमेरिकी-स्वास्थ्य-संगठनद्वारा-कोभिड-१९
न्यूयोर्क, /, वाशिंगटन, डिसी, ,, २०७७, मंसिर ११, : युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन (पिएएचओ)ले बोलपत्र आव्हान गर्दै, सन् २०२१ मा कोभिड-१९ विरुद्वको खोप आपुर्तिका लागि खोप विकासकर्ताहरूसँग प्रस्तावको माग गरेका छन् । ६ सातासम्म चल्ने बोलपत्र प्रक्रिया मार्फत गावीको व्यवस्थापनमा कोभ्याक्स फसिलिटि को तर्फबाट कम्तीमा २ अर्ब कोभिड-१९ विरुद्वको खोप आपुर्ति गर्ने लक्ष्य राखिएको छ। हाल उक्त सहकार्यमा आवद्व १८६ वटा देशलाई गुणस्तरीय खोप समान एवं तीव्र रूपमा प्रदान गर्नु…