युनिसेफ नेपाल छोटो फिल्म प्रतियोगिता २०७६
किशोर-किशोरी फिल्म निर्माताहरुलाई आह्वान !

तीस वर्ष अघि संसारका प्रमुख नेताहरूले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीलाई स्वीकारेर विश्वका सम्पूर्ण बालबालिकाका लागि एउटा ऐतिहासिक प्रतिबद्धता गरेका थिए। तर अझै पनि धेरै बालबालिकाहरू आफ्नो बालापनमा रमाउने अवसरबाट बञ्चित छन् । बाल्यकालमै उनीहरू विभिन्न जिम्मेवारीको बोझ बोक्न बाध्य छन्।
चलचित्रलाई समाज परिवर्तन गर्ने सशक्त माध्यमको रूपमा लिइन्छ जसमा अभिव्यक्ति, रचनात्मकता तथा सार्वजनिक बहसको विषयलाई प्रस्फुटन गर्ने सम्मको शक्ति हुन्छ । तसर्थ, युनिसेफ नेपालले सम्पूर्ण किशोर-किशोरी फिल्म निर्माताहरूलाई छोटो फिल्म प्रतियोगिता २०१९ मा भाग लिन आह्वान गर्दछ ।
फिल्म निर्माणमा आफ्नो भविष्य देख्ने वा रूचि राख्ने १४ देखि १८ वर्ष उमेरसमूहका किशोर-किशोरीलाई "मेरो बाल्यकाल" भन्ने विषयको लागि छोटो फिल्महरू प्रस्तुत गर्न आमन्त्रित गर्दछौं । यी चलचित्रहरूले विभिन्न दृष्टीकोण समावेश गर्नेछ जसले किशोर-किशोरी तथा दर्शकको सोच्ने तरिका तथा जीवनशैलीमा एउटा नयाँ आयाम थपिदिनेछ। साथसाथै, यो फिल्म निर्माणको दौरान प्रतियोगी स्वयंले पनि आफ्नो सुरक्षित तथा खुसि हुन पाउने अधिकारको बारेमा संवेदनशील हुने अवसर प्राप्त गर्नेछ भन्ने अपेक्षा गरिएको छ ।
छानिएका फिल्महरू युनिसेफ नेपालको वेबसाइट र समाजिक सञ्जालमा प्रसारण हुनेछन्। ति मध्य सर्वश्रेष्ठ भिडियोहरू यस बर्षको विश्व बाल दिवसको अवसरमा गरिने सार्वजनिक कार्यक्रमहरूमा पनि प्रदर्शन गरिनेछ।
निर्देशन:
- फिल्म निर्माताहरूको उमेर १४ देखि १८ बर्ष बीचको हुनपर्नेछ ।
- फिल्मको सम्पूर्ण परिकल्पना र निर्माण किशोर-किशोरी आफैले गरेको हुनुपर्नेछ । वयस्कहरुले फिल्म निर्माणमा सघाउन सक्नेछन् तर उनीहरुको संलघ्नता सकेसम्म कम हुनपर्नेछ।
- कृपया यो आवेदन फारम भर्नुहोस् ।
- फिल्म १ देखि ५ मिनेट लामो हुनपर्नेछ। नेपाली, अंग्रेजी वा कुनै पनि स्थानीय भाषालाई मान्यता दिइनेछ । यदि स्थानीय भाषा प्रयोग गरिएमा नेपाली / अंग्रेजीमा सबटाइटलको सूची बुझाउनुपर्नेछ ।
- भिडियोहरू पठाउने ठेगाना unicefnepal@gmail.com रहेको छ ।
- भिडियो बुझाउँदा आफ्नो उमेर प्रमाणित गर्ने कागजातहरु जस्तै जन्म दर्ताको प्रमाणपत्र वा कुनै पनि राष्ट्रीय परिचय पत्रको प्रतिलिपि साथ मै स्क्यान गरेर हामीलाई पठाउनुहोस् ।
- सहमतिको प्रमाण - कृपया यो सहमति फारम भरेर आधिकारिक अभिभावक द्वारा हस्ताक्षर गरी स्क्यान गरेर हामीलाई पठाउनुहोस् ।
- सबै फिल्महरू १७ अक्टुबर २०१९ (असोज ३० २०७६) मध्यरात सम्ममा पठाईसक्नु पर्नेछ ।