बाल अधिकार सम्बन्धी महासन्धीले के भन्छ?

प्रत्येक बालबालिकाको हरेक अधिकारको लागि गरिएको हाम्रो वचनलाई पालना गर्दै

युनिसेफ नेपाल
Girl smiling
UNICEF Nepal

26 अगस्ट 2019

तीस वर्ष अघि, विश्वभरिका देशहरूले संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धी महासन्धीलाई समर्थन गरि प्रत्येक बालबालिकालाई उनीहरूको अधिकारको रक्षा गर्ने र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यो महासन्धी इतिहासको सबैभन्दा ब्यापक मानव अधिकार सन्धी बन्न गयो जसलाई सबैले स्वीकार गरे । विभिन्न देशको सरकारले धेरै भन्दा धेरै बालबालिका बाँच्न, विकास गर्न र उनीहरूको हितका बारे निर्णय लिने कार्यहरू गरेको छ। पहिलेको तुलनामा थोरैले भेदभाव भोग्न बाध्य छन् र उनीहरु समाजमा अझै बढी घुलमिल हुँदैछन् । 

तर अझै पनि बालबालिकाको अधिकारका मुद्धाहरु दिनहुँ खतरामा परिरहेका छन्। अझै पनि धेरै बालबालिकामा हाम्रो पहुँच पुग्न सकिरहेको छैन ।

लाखौं बालबालिका अझै पनि आफ्नो अधिकारबाट वञ्चित भएका छन् ।

Boy looks at camera
UNICEF Nepal

अझै पनि उनीहरूले उचित स्वास्थ्य सेवा, पोषण, शिक्षा र हिंसाबाट सुरक्षा पाउन सकेका छैनन् ।

जसरी अहिलेको बाल अधिकारको चुनौती भिन्न छन्, त्यसैगरी उनीहरूसँग आफ्नो अधिकारहरूको बारेमा सुसुचित हुने र आफ्नो आवाज अरु समक्ष पुर्याउने नयाँ अवसरहरुको पनि बिकास भएको छ । हामीले बाल्यावस्थाको भविष्य कस्तो हुने भन्ने कुरामा चिन्तन गर्न जरुरि छ । र यस धर्तीमा जन्म लिएका र भविष्यमा जन्मिने सम्पूर्ण बालबालिकाको अधिकारहरूको लागि पनि हामि वचनबद्ध हुनैपर्छ।

Group of children
UNICEF Nepal

जब प्रत्येक सरकार र प्रत्येक नागरिकले बाल अधिकार सम्बन्धित आफ्नो सम्पूर्ण कर्तव्यको पालना गर्दछ र प्रत्येक बालबालिकाले ती अधिकारहरू दावी गर्न सक्दछ तब मात्र बालअधिकारले पूर्ण रूपमा सुनिश्चित हुनेछन ।